• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशुमा पूर्णखोपबारे मनाङ्गमा अभिमुखीकरण

आरसी टाइम्स by आरसी टाइम्स
२३ फाल्गुन २०७९, मंगलवार १३:०४
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
पशुमा पूर्णखोपबारे मनाङ्गमा अभिमुखीकरण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स
मनाङ्ग, फागुन २३
पशुधनको स्वास्थ्य र दिगो उत्पादन सुरक्षाका लागि प्रादेशिक रुपमा पूर्णखोप अभियान चलाइरहेको गण्डकी प्रदेशको कृषि सरकारले पूर्णखोप अभियानलाई सघन बनाउन जिल्लाका पशुसेवा विज्ञ केन्द्रहरुलाई सक्रिय बनाएको छ  । हालै मनाङ्ग जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मनाङका विभिन्न गाउँपालिकाहरुमा पशुमा पूर्णखोप कार्यक्रमको अभिमुखिकरण चलाएका छन्  । हालै नासों गाउपालिकाका अध्यक्ष धनवहादुर गुरुङको अध्यक्षतामा ९ वटै वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्यहरु, गाउंपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, आर्थिक विकास समितिका संयोजकज्यू लगायतका ३५ जनाको सहभागितामा पूर्णखोपबारे अभिमुखीकरण संपन्न भएको छ  ।

अभिमुखिकरण कार्यक्रममा पूर्णखोपको कार्यविधि, खोप किन लगाउने, यसमा जनप्रतिनिधिहरुको भूमिका, कृषकहरुको भूमिका, प्राविधिकहरुले खोप लगाउंदा अपनाउनु पर्ने सतर्कता, कस्तो कार्य सूचकले पूर्ण खोप पालिका घोषणा गर्न सकिन्छ, खोपले पशु उत्पादनमा पुर्याउने योगदान आदिका वारेमा पशु चिकित्सक तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले सहजिकरण गरेका थिए  ।
पालिकास्तरीय अभिमुखिकरणको साथ साथै सवै वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा सो वडाका कृषकहरुको सहभागितामा पशुमा पूर्ण खोप कार्यको अभिमुखिकरण, पशुपन्छी तथ्याङ्क अध्यावधिक जस्ता कार्यक्रम सन्चालन गरिने कुरा समेत प्रमुख कुसुमले बताएका छन्  ।

छलफलमा सहभागि जनप्रतिनिधिहरुले पशु संख्याको आधारमा राखिएको अनुदान कार्यक्रममा कार्यविधि परिवर्तन गरिनु पर्ने सुझाव दिएका छन्  । मनाङमा छ मासे रोगको समस्या वढी आउने सो समस्या न्युनिकरण गर्न इन्टेरोटक्सेमिया रोग विरुद्द पूर्ण खोपको कार्यक्रममा समावेस गरिनु पर्ने माग गरिएको छ  । पशु उपचारमा प्राविधिकको सहज पंहुच हुनुपर्ने समेत प्रतिनिधिहरुले सुझाएका छन्  । स्थानीय तहका प्रतिनिधिहरुले कृतिम गर्भाधान प्रकृयामा पशुसेवा अस्पतालले समन्यय गर्नुपर्ने, दाना वनाउने मेशिनको ब्यव्थापनमा अनुदानको ब्यवस्था हुनु पर्ने, अनुदानको रुपमा वितरण हुने उच्चस्तरका भाले पशु प्रत्येक वर्ष एक ठाउंवाट अर्को ठाउंमा लाने र ल्याउनेगरि हाडनाता प्रजनन नियन्त्रण गर्नु पर्ने सुझाएका छन्  । कार्यक्रम नतिजामुखि हुनुपर्ने र वास्तविक कृषकका कार्यक्रम पुग्न टोल टोल वस्ति वस्तिमा पुगेर कृषकको पहिचान गरि तय हुनु पर्ने जस्ता विषयमा प्रतिनिधिहरुले सुझाएका छन्  ।

Previous Post

भत्कीदै पौवा र पाटी हराउँदै चौतारी—पोखरी

Next Post

बीउ आलु उत्पादन क्षेत्रको अनुगमन 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बीउ आलु उत्पादन क्षेत्रको अनुगमन 

बीउ आलु उत्पादन क्षेत्रको अनुगमन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In