• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पहाडी लोकमार्ग करिडोरका प्रस्तावित कार्यक्रमहरु सार्वजनिक

आरसी टाइम्स by आरसी टाइम्स
१३ भाद्र २०७९, सोमबार २३:५४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
पहाडी लोकमार्ग करिडोरका प्रस्तावित कार्यक्रमहरु सार्वजनिक
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

 

प्रादेशिक रुपमा आर्थिक सन्तुलन र श्रोत पहुँचका क्रियाकलापहरुमा किसानहरुको सहभागिता र स्वामित्व वृद्धि गर्नाका हेतु लोकमार्ग करिडोरका आर्थिक कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
हालैको हप्तामा पोखरामा आयोजित एक समारोहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका तर्फबाट आर्थिक करिडोर कार्यालय बटौलीले कास्कीका स्थानीय पालिकाका प्रतिनिधिहरुको रोहबरमा चालु अर्थिक वर्षका लागि प्रस्तावित क्रियाकलापहरु सार्वजनिक गरेको छ ।

कोरोना कहरका बेला स्थानीय लोकमार्ग कोरीडोरमा आर्थिक पहुँच विस्तारका क्रियाकलाप लक्षीत गरिएको पाँच वर्षे परियोजनामा गण्डकी प्रदेशका कास्की, गोरखा,लमजुङ्ग, पर्वत, बागलुङ्ग जिल्लाका २१ पालिकाहरुलाई जोडेको छ । यसो त परियोजनाले लुम्बीनी प्रदेशका ४ जिल्लाका ९ पालिकामा पनि काम गरिरहेको परियोजना प्रमुख चन्द्र प्रसाद रिजालले जनाएका छन् ।

रिजालका अनुसार यो श्रमबजारमा आश्रितहरुका लागि नगदको पहुँच बढाउन र ग्रामीण बजार सम्पर्क बढाउन लक्षित रहेको , पालिका स्तरमा कृषि र पशुसेवाको एकिकृत सेवा केन्द्र सँचालनमा पालिकालाई अनुदान दिने तथा समूह र सहकारीलाई कृषि उद्यम संचालनका लागि अनुदान दिने कार्यक्रमहरु रहेको रिजालले बताए । ‘कामका लागि पैसा’ को मान्यता अनुसार कामदारहरुको भुक्तानीमा प्रबाह गरिने यो अनुदानले ३० पालिकामा व्यवसायिक योजनामा आधारित अनुदान प्रवाह गर्ने नीति रहेको जनाइएको छ ।

कृषि अनुदानको प्रबाहका परियोजना सम्बन्धमा असल अनुभवको कमी भएको प्रदेशको घरबास परियोजनामा अनुदान बाँडे जस्तो वेथिती भयो भने यसले आर्चिक पहुँचमा टेवा कसरी पुगाउँला र भन्दै कृषक समुह महासंघ गण्डकी प्रदेशका अगुवा गीरी प्रसाद जैशीले भौगोलिक पायक नपरेका सथानमा बनाइएका पालिका केन्द्हरुमा बनाइने कृषि तथा पशुको एकिकृत सेवा केन्द्रले किसानलाई कसरी राहत पुर्याउला र भन्ने सबाल उठाए । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले दात्री निकायको दादागीरीमा योजना संचालन गर्ने मोडल नरुचाइने र किसानका हित र ग्रामीण सम्वृद्धिका लागि लचकदार कार्यशैलकिो अपेक्षा गरिएको बताए । विश्व वैक र नेपाल सरकारको साझेदारीमा परियोजनाले पालिका स्तरीय कृषि तथा पशु सेवाकेन्द्रहरुको निर्माण, स्थानिय स्तरमा कृषि बजार र मुल्य श्रृंखला पूर्वाधार निर्माण तथा  प्रादेशिक स्तरमा कृषि बजार र मुल्य श्रृंखला पूर्वाधार निर्माण गर्ने लक्ष राखेको छ ।

परियोजनाको पाँच बर्षे अवधी मध्ये २ वर्ष वितीसकेको र अवका ३ वर्षमा कति लक्ष हासील होला भन्ने सबालमा आगामी ३० दिन भित्र परियोजना संचालन म्यानुअलको टुङ्गो लगाइसक्ने र लक्षीत समयमा नै सम्पादन गर्ने गरि क्रियाकलापहरु संचालन गरिने आयोजना प्रमुख रिजालले बताए ।

सरकारले आर्थिक करिडोर आयोजना अन्तरगत प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मध्य पहाडि राजमार्गका नाममा , मधेश प्रदेशमा पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गका नाममा , लुम्बिनी प्रदेशमा भालुवाङ्ग रोल्पा राजमार्ग तथा सुदूरपश्चिम प्रदेश मा महाकाली राजमार्गका नाममा आर्थिक करिडोरका क्रियाकलाप संचालन गर्दै आएको छ ।

Previous Post

पोखरा महानगरमा कृषि कार्यक्रमका लागि प्रस्ताव आव्हान

Next Post

रामायणको गुप्ताङ्गः सीतायण

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
रामायणको गुप्ताङ्गः सीतायण

रामायणको गुप्ताङ्गः सीतायण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In