• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २२:३२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव
0
पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७
पोखराको शहरी उपभोक्ताको तरकारी आयातलाई सबोधन गर्दै  किसान र कृषि सरोकारका निकायहरुको सक्रियतामा सूरु गरिएको हेमजा आलु पकेट क्षेत्रको बजारिकरण रणनिति अनुसारको आलु मेलाले विभिन्न कालखण्डमा पहिचान र व्यवस्थापन बदल्दै नयाँ सृंखलामा निरन्तरता दिन थालेको छ  । उहिले हेम्जा गाउँविकास समितिकारुपमा रहेका बेला जिल्ला र क्षेत्रिय कृषि निकाय तथा गैससको सक्रियतामा किसानरुले सूरु गरेको हेमजा आलु मेला अहिले एघारौं संस्करणको रुपमा आलु बाहेकका अन्य जमघट समेत जोडिएर महोत्सवका रुपमा प्रस्तुत भइरहेको छ  । हिजो चैत २६ गतेदेखि सूरु भएर आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने मेलामा आलु गे्रडिङ कारोबारका लागि खुला गरिएको छ  ।

किसानी पौरखमा जन्मीएको आलु मेला हेमजाको पहिचानको ब्रान्ड नै बन्न पुगेको छ  ।पछिल्ला बर्षमा मेलाको व्यवस्थापन स्थानीय विष्णु पादुका क्लबले गर्दै आएको छ र कोरोना कहरका कारण विगत ३ वर्ष रोकिएको मेला फेरी सूचारु गरिएको छ  ।
मेलामा आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम सचलनको सूची रहेको छ भने पोखरा महानगरको कृषि महाशाखाले कृषि सबाल नामको सार्वजनिक सुनुवाइ पनि सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ  ।

आलु मेलाले हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि कर्म संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने अपेक्षा राखिएको छ  ।

पोखरा महानगरमा गाभिएपछि महानगरीय कृषि महाशाखाले हेमजाको जस्तै यन्यत्र पनि आलु पकेटक्षेत्र निर्माण गर्न हेमजालाई नमुना क्षेत्रका रुपमा सहजकिरण गर्दै आएको बताइएको छ  ।  हेमजामा बढी मात्रामा लगाउने गरिएको एम्एस ४२ जातको निलो आलु सूचिकरण भइसकेको महानगरले जनाएको छ भने आलु मेलालाई कृषि महोत्सवका रुपमा हेर्नु पर्ने खाँचो रहेको स्थानीय नमुना व्यवसायी किसान चित्रनाथ पौडेलले जनाएका छन्  ।

मेलामा दर्शकको आकर्षणका लागि ३० देखि ४० टनको आलुको थुप्रो ‘पहाड’ निर्माण गरिएको छ  ।मेलामा प्रवेशका लागि रु.८० र विद्यार्थीका लागि रु.५० लाग्ने जनाइएको छ  ।

Previous Post

पशुधन पूर्णखोप प्रभावकारी भएको दावी

Next Post

पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी

पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In