• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखरामा कृषि जैविक विविधता सम्मेलन

आरसी टाइम्स by आरसी टाइम्स
४ बैशाख २०८१, मंगलवार १७:४२
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
पोखरामा कृषि जैविक विविधता सम्मेलन
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

 आरसी टाइम्स व्युरो
पोखरा, बैशाख ४
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको आयोजनामा गत साता पोखरामा कृषि जैविक विविधता सम्मेलन भएको छ  । वन्य र खाद्य सहजिकरणका माध्यमबाट कृषि जैविक विविधता संरक्षणमा योगदान दिने अभ्यासहरुको विश्वव्यापी समिक्षा गर्नाका लागि ‘फरेष्ट एण्ड फार्म फेसीलीटी’ परियोजनाका आधारमा अन्तराष्ट्रिय सम्मेलन गरिएको विश्व खाद्य तथा कृषि संगठनको काठमाण्डौ एकाइले जनाएको छ  । पृथ्वीमा प्राणीहरुको आवाद जोगाइराख्नका लागि र पृथ्वीको जीवन्तताका लागि पृथ्वीको बाहीरी छालाको रुपमा रहेको कृषि जैविक विविधता संरक्षण गर्नु पर्ने मन्यताको पैरवी गर्न सम्मेलनको मकसत रहेको जनाइएको छ  ।
नेपालमा कृषि जैविक विविधताका क्षेत्रमा काम गर्दै आइरहेको पोखराको स्थानीय लिवर्ड नामक गैससको सहभागीतामा सरकारी र अन्तराष्ट्रिय निकायका प्रतिनिधिीहरु सहभागी भएको सम्मेलन गत मंगलबार देखि शुक्रबार सम्म भएको थियो  । सम्मेलनमा नेपाल सरकारका वन र कृषि मन्त्रालयका अधिकारीहरु लगायत अन्य ३२ देशका १७० जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुले प्रत्यक्ष सहभागतिा जनाएका छन्  ।
सम्मेलनको सुभारम्भ गर्दै कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी शाहले नेपाल जैविक विविधताको धनी देश भएको र नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बालीहरु उत्पादन हुने गरेको उल्लेख गरिन  । रैथाने बाली संरक्षण चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै यसको संरक्षणमा संघ, प्रदेश र स्थानिय तह मिलेर काम गरिरहेको मन्त्री शाहले बताइन्  ।
सम्मेलनमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले परिणाम उन्मुख रणनीति र कार्यनीति कार्ययोजना बनाएर कृषि जैविक विविधतासहित उत्पादन वृद्धि गर्नुपर्ने बताए  । जैविक विविधता संरक्षणको जिम्मेवारी किसानमै हुने बताउँदै वन मन्त्री सुडीले बताए  । फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले नेपाल जैविक विविधतामा धनी भएपनि जलवायु परिवर्तनको जोखिममा रहेको तथ्य बिर्सन नहुने बताए  ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले कृषि र वनलाई एकीकृत योजना बनाएर नेपालले काम गर्ने प्रयास गरिरहेको दावी गरे  । उनले जैविक विविधताको पक्षमा नेपालले संरक्षण, सम्वद्र्धन र उपयोगिताको नीति अवलम्वन गरिरहेको उल्लेख गरे  ।
फरेष्ट एण्ड फार्म फ्यासिलिटीका म्यानेजर लुईस मिगुईल अपारिसियोले जलवायु अनुकुलन हुनेगरी कृषि जैविक विविधिकरणमा सघाउन सम्मेलन आयोजना गरिएको बताए  । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी वन तथा कृषि सहज कार्यक्रमकी नेपाल सहजकर्ता रक्षा शाहले सम्मेलनले कृषि जैविक विविधताको संरक्षण, सम्वद्र्धन गर्दै त्यसको अभ्यासबारे ज्ञान आदानप्रदान हुने अपेक्षा गरिएको बताइन्  ।
सम्मेलनकै क्रममा सहभागीहरुले पोखरा आसपासका कृषि जैविक विविधताका नमुना अभ्यासहरुको स्थलगत अवलोकन गरेका छन्  । कास्कीका केही सामुदायिक बन उपभोक्ता समूह र प्राङ्गारिक कृषि समूहका नमुना कृयाकलापहरुको अवलोकन भ्रमण गराइएको छ  । सम्मेलनमा सहभागी विदेशी पाहुनाहरुलाई कास्कीका आर्वा, बेगनास, ढिकुरपोखरी, मराउचे र नेपाली सहभागीहरुलाई पञ्चासे क्षेत्रको जैविकि विविधता अवलोकन गराइएको छ  ।

Previous Post

सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै

Next Post

कृषि उपज थोकबजारको स्थापना दिवस

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि उपज थोकबजारको स्थापना दिवस

कृषि उपज थोकबजारको स्थापना दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In