• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन

आरसी टाइम्स by आरसी टाइम्स
२४ श्रावण २०७९, मंगलवार ०८:३७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान हस्तान्तरण गरेको छ । हालै पोखराको १३ नं वडाको आर्वा स्थीत मोहरपानीमा आयोजना गरिएको बाख्रा मेला प्रदर्शनी तथा कृषक सम्मान समारोहमा महानगरभरका १५ जना उत्कृष्ट बाख्रा पालक कृषकलाई प्रोत्साहन गरिएको छ भने मौजा हिल लाईभस्टक फार्म पोखरा २० का उद्यमी दुर्गा बहादुर गुरुङलाई बर्ष कृषक घोषणा गर्दै पुरस्कृत गरिएको छ ।

महानगर क्षेत्रमा वाख्रा पालन गर्ने १५ जना कृषकलाई २० लाख वरावरको अनुदान हस्तान्तरण गर्न मेयर धनराज आचार्य र वडा नं १३ का वडाध्यक्ष किरण बराल पनि सहभागी भएका थिए । आर्वा स्थित मिलिजुली बाख्रा पालन समुहका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनहर कडरिया, बाख्रा पालन किसान समूह कास्कीका अध्यक्ष एवं वर्ष कृषक दुर्गा बहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ बरालको रोहवरमा महानगरपालिकाले कृषकहरूका समूहलाई २० लाख बराबरको अनुदान वितरण गरेको जनाइएको छ ।

मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको जनाइएको छ । अनुदान प्रोत्साहन प्राप्त गर्नेमा कृषक समुहमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ रहेका छन् । । प्रत्येक समूहलाई ५ लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १०० बढी कृषकहरू लाभान्वित हुने बताइएको छ ।

सोही समारोहमा पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्महरूमा १०० सय बढीको संख्यामा बाख्राहरू पालिएका छन् ।
बाख्रा मेला तथा प्रदर्शनीमा बाख्रा पालन तर्फ शङ्कर बराल, ऋषिराम बराल, रमा बराल र बद्री प्रसाद देवकोटा क्रमशः प्रथम, द्धितिय, तृतीय र सान्त्वना भए भने बोका पालन तर्फ ईश्वर बहादुर सिं, विष्णु बहादुर बराल, गीता बराल र कमल बराल प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुन सफल भए ।

Previous Post

कृषि संजाल पुनर्गठन र सकृयता

Next Post

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, स्याङ्जाको सूचना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, स्याङ्जाको सूचना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, स्याङ्जाको सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In