• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखरा विरौटामा डमरु कृषक बजार संचालन

आरसी टाइम्स by आरसी टाइम्स
७ चैत्र २०७९, मंगलवार १२:२३
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
पोखरा विरौटामा डमरु कृषक बजार संचालन
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स, पोखरा, चैत्र ६
कृषि उत्पादनका लागि फेवा तालको पानी सिंचाइका लागि पहल गरिएको पोखराको ऐतिहासिक चौरासी विरुवा फाँट खेति योग्य जमिनबाट बदलिएर आवाश केन्द्र बन्न पुगेको परिस्थीतिमा त्यहि बस्तीलाई लक्षित गरेर फेवा पावर हाउस टोलमा कृषकहरुको अर्गानिक उन्मुख तरकारी बजारिकरणका लागि डमरु कृषक बजार सूरु भएको छ । स्वस्थ माटो, स्वस्थ बाली, स्वस्थ अन्न र स्वस्थ भोजन, स्वस्थ जीवनका लागि स्वस्थ खाना तथा रैथाने कृषि पद्दती संरक्षण अभियानको मान्यतालाई आत्मसात गर्दै विदेशी प्रविधिसँग अभ्यस्त भएका अनुसन्धान कर्मी तथा संगठित किसानहरुको सहभागीतामा डमरु अर्गानिक भान्छाघरको परिसरमा नै डमरु कृषक बजार सञ्चालन गरिएको संयोजन समुहका अगुवा सुन्दर पौडेलले जनाएका छन् । स्वास्थ्य सम्वेदनशिलतालाई ख्याल गर्ने र सुरक्षीत खानाको चहना गर्ने उपभोक्ताहरुका लागि लक्षित गरेर कृषक बजार सञ्चालनमा ल्याइएको बजार सहजकर्ता सुक बहादुर जीटिले जनाएका छन् । यहि चैत्र ४ गते शनिबारदेखि सूरु भएको उक्त कृषक बजार हरेक शनिबार विहान ११ देखि दिउसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । उक्त बजारमा स्वस्थ रैथाने कृषि उपज कारोबारको अवशर हुने र स्वस्थ खानाको लागि मौलिक र अर्गानिक भान्सा घर पनि सञ्चालनमा रहेको जीटीले जनाएका छन् ।

दक्षिणी पोखराका ताजा तरकारी उत्पादकहरुलाई लक्षित गरिएको बजारमा हालैको असिना पाीका कारण हरियो सागपातमा नोक्सान भएका कारण किसानहरुले उत्पादन ल्याउन नसकेको र आगामी हप्तादेखि ल्याउने तयारी गरिएको जनाएका छन् । बिरौटा फाँटमा बढदो आवाश क्षेत्र रहेको र स्वस्थकर खानाको खोजी गर्ने पर्यटकीय क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरिएको पौडेलले जनाएका छन् । नयाँ बजार संचालनमा ल्याउनु भन्दा बजार निरन्तरता दिन कठिनाइ हुने बजार सँचालनमा अनुभवी व्यवसायिहरुले जनाएका छन् । दिगो विकासका मान्यतामा विपन्न र साना किसान परिवार तथा महिलाहरुले उत्पादनमा सहभागी भएका उपजहरु कारोबारमा ल्याउने र उनीहरुको आय आर्जनमा विकल्पको बाटो देखाउन डमरु कृषक बजारले टेवा पुर्याउने फ्रान्सेली स्वयंसेविका लिलुले जनाइन् । बजार परिसरमा किसानलाई सम्बाद र प्रविधकिा सिकाइका बारे गरिने समिक्षाले किसानलाई टेवा पुर्याउने तथा समग्रमा दिगो विकासका पहलहरुमा सहयोगी हुने अपेक्षा गरिएको स्वंसेविका लिलले जनाइन् ।

पोखराको हेम्जामा सायना जातको बाख्रा पालन गरेर दुध तथा चीज उत्पादन गर्दै आएकी मिना गूरुङ्गले दक्षिणी पोखरामा खुलेको बजारमा उत्तरी पोखराबाट कृषि बस्तु निन्तर पुर्याउन असुविधा हुने भएकाले पोखरा पावर हाउस रुटमा नियमित नगरबसको आवागमन हुन सकेमा बजारमा किसान र उपभोक्ताको सहज पहुँच हुने बताइन् । एकिकृत कृषि फार्म मोडलमा माया इको भिलेज सञ्चालन गर्दै आएकी मिनाले बजारका उपभोक्ताको रुची र माग अनुसार बस्तु दिन सकिने तर किसानहरुले बजारमा ग्राहक कुरेर बस्दा फार्म व्यवस्थापनको जनशक्ति मर्का पर्ने जनाउँदै किसानको माल जिम्मा लिएर विक्री गर्ने प्रणालीको बजार खाँचो रहेको गूरुङ्गले जनाएकी छन् ।

Previous Post

प्राङ्गारिक कृषि बजारिकरणमा विश्वासको चुनौति

Next Post

‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै

‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In