• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि सचिवलाई स्वागत गर्दै चुनौतिका पोको सुम्पीए

‘जनशक्ति, धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा हैसीयत राख्नु’

आरसी टाइम्स by आरसी टाइम्स
२६ भाद्र २०७९, आईतवार २०:४४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि सचिवलाई स्वागत गर्दै चुनौतिका पोको सुम्पीए
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, भाद्र २६
गण्डकी प्रदेशका कृषि विकास एजेन्सीहरुले प्रादेशिक कृषि सचिव सहदेव हुमागाइलाई कार्यालयमा स्वागत गर्दै चुनौतिको पोको सुम्पीएका छन् । आज पोखरामा आयोजित एक समारोहमा प्रदेशका कृषि आयोजना, चुनौति र अन्तरसम्वन्धका रणनीतिक जुक्तिहरुका बारेमा पृष्ठपोषण पनि गरेका छन् ।

कृषि मन्त्रीकै रोहबरमा कृषि ज्ञान केन्द्र, फार्म केन्द्र र श्रोत केन्द्रका प्रमूख तथा प्रतिनिधिहरुको सहभागीतामा स्वागत र भूमिकाको परिचय गर्ने मौका पारेर प्रदेशको कृषि विकासका लागि जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा अब्बल हैसीयत राख्न आग्रह गरेका छन् । नयाँ सचिव हुमागाइको स्वागत र बहालवाला सचिव हरिबहादुर केसीको विदाइ समारोहका अवसरमा कृषि निर्देशालय प्रमुख बासुदेब रेग्मी र कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले छलफल पत्र प्रस्तुत गर्दै नयाँ सचिवको बहुआयामिक समन्वय र नेतृत्वको अपेक्षा राखेको तथा भोलिका दिनमा झन राम्रो गर्ने वातावरण अपेक्षा गरेको बताए ।

प्रदेशको कृषि विकासका लागि
जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा
अब्बल हैसीयत राख्न आग्रह

 

अर्थ मन्त्रालयले राम्रा कामका लागि प्रस्ताव गरेका कार्यक्रमहरु हचुवाको भरमा काटेको, गतीलो कामका लागि मुख्य मन्त्रीले अडान र पहल गर्न नसकेको, करारका कर्मचारीको भरमा जिल्ला संचालनको अवस्था भैरहदा, करारका कर्मचारीले विदा लिदा कतिपय जिल्लामा कार्यालय संचालन र आधारभूत कृषि सेवा टेवा मै समस्या भैसकेको अवस्था लाई शिघ्र व्यवस्थापन गर्न र प्रदेश लोकसेवाले जनशक्ति छनौट र परिचालन गर्न नसकेको अवस्था प्रति गुनासो गर्दै प्रदेश सरकारको कृषि विकासका लागि जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा अपेक्षित सक्रियता हुन नसकेको संकेत गर्दै प्रादेशिक कृषि सचिवले खेल्नु पर्ने भूमिका र चुनौतिका बारेमा प्रस्तोताहरुले सचेत गराए । यसैगरि सरुवा भइ जान लागेका सचिव केसीले संघीय मन्त्रालयमा रहँदा अन्तरमन्त्रालय र निकायहरुको समन्वयमा सकारात्मक सहजिकरण गरेर सघाउने अपेक्षा राखिएको पनि विदाइका अवसरमा प्रस्तोताहरुले जिकिर गरे ।

 

गण्डकी प्रदेश सरकारले बजेट भाषणका बेला कृषिको बजेट कटौति र सिमा निर्धाण गर्दा राम्रा कार्यक्रमकै प्रस्ताव लाई वेवास्ता गरेको , अर्थ मन्त्रालयको बजेट रबैयामा राम्रा कामका लागि प्राथामिकीकरण र संरक्षण गर्न विभागीय मन्त्री र मुख्य मन्त्रीको सकारात्मक हस्तक्षेप हुन नसकेको कारण कृषि विकासका क्षेत्रमा हुन सक्ने व्यवस्थापकिय भूमिकाहरु प्रभावित

 

समारोहमा सम्बोधन गर्दै कृषि मन्त्री चन्द्रबहादुर बुढाले आन्तरिक रुपमा कैयन सिमा र अप्ठेराहरु भोग्नु परेपनि अरु मन्त्रालय भन्दा कृषिमा जनशक्ति, धनशक्ति र नीतिशक्ति तुलनात्मक रुपमा राम्रो भएकोमा सन्तोष मान्नु पर्ने बताउँदै कृषिमा गतिलो तथ्यांकीय श्रोतको अभावका कारण योजना र कार्यान्वयनमा सदैव चुनौति रहेको बताए ।

विदाइ समारोहमा आफ्नो एक वर्षे कार्यकालका चर्चायोग्य कामको स्मरण गर्दै सचिव केसीले नयाँ सचिवलाई संस्थागत स्मरण गराउदै राम्रा कामहरुको सञ्चारिकरण गर्न नसकेको बताए । असल सिकाइका आयोजनाहरुको निरन्तरताका लागि नयाँ नेतृत्वको भूमिका अपेक्षित रहेको पनि उनले संकेत गरे । पदवहाली र स्वागत समारोहलाई सम्बोधन गर्दै सचिव हुमागाइले प्रादेशिक कृषि विकासकालागि सबैसँग समन्वय गर्दै सहकार्यगर्ने प्रतिवद्दता जनाए ।

गण्डकी प्रदेश सरकारले बजेट भाषणका बेला कृषिको बजेट कटौति र सिमा निर्धाण गर्दा राम्रा कार्यक्रमकै प्रस्ताव लाई वेवास्ता गरेको , अर्थ मन्त्रालयको बजेट रबैयामा राम्रा कामका लागि प्राथामिकीकरण गर्न र संरक्षण गर्न विभागीय मन्त्री र मुख्य मन्त्रीको सकारात्मक हस्तक्षेप हुन नसकेको कारण कृषि विकासका क्षेत्रमा हुन सक्ने व्यवस्थापकिय भूमिकाहरु प्रभावित हुन गएको गुनासाहरु आइरहेका छन् । यीनै गुनासाहरु प्रादेशिक सचिव र मन्त्रीहरुको स्वागत तथा विदाइका बेलामा चर्चा हुँदै आएका छन् । अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको कृषि मन्त्रालय अन्तरगत अनुकरणीय कामहरु भइरहेको भन्दै चर्चा गर्ने तर राम्राका लागि निरन्तरता दिन जन, धन र नीतिको व्यवस्थापनका चुनौति सम्बोधन गर्न सक्ने अब्बल हैसीयत निर्माण गर्न नेतृत्व चुकेका सबालहरु निजामति सञ्जालमा पनि अनौपचारिक समिक्षा भइरहेका छन् ।

Previous Post

कृषिमा जैविक विविधता किन आवश्यक ?

Next Post

सीतायण वहस: पितृपक्षको तर्पण र पिण्डदान गर्न कालीगण्डकी जल क्षेत्र किन उत्तम ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सीतायण वहस: पितृपक्षको तर्पण र पिण्डदान गर्न कालीगण्डकी जल क्षेत्र किन उत्तम ?

सीतायण वहस: पितृपक्षको तर्पण र पिण्डदान गर्न कालीगण्डकी जल क्षेत्र किन उत्तम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In