• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

प्रादेशिक कृषि विकासका लागि उपभोक्ता शिक्षाको खोजी

आरसी टाइम्स by आरसी टाइम्स
२५ बैशाख २०८०, सोमबार १९:२१
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
प्रादेशिक कृषि विकासका लागि उपभोक्ता शिक्षाको खोजी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, बैशाख २५
संघीय प्रणाली अनुसार प्रादेशिक विकासका लागि स्थानीय र प्रदेश सभाले आफ्ना लागि आगामी वर्षका लागि नयाँ योजना तर्जुमाका गृहकार्य थालेका छन्  । यसैक्रममा गण्डकी प्रदेशको कृषि मन्त्रालय मातहतका कृषि ज्ञान केन्द्र, पशुसेवा विज्ञ केन्द्र, अनुसन्धान केन्द्र, वागवानी विकास केन्द्र, प्रयोगशाला र तालिमकेन्द्रहरुले आगामी आर्थिक वर्षका लागि लक्षित बजेट सिमामा सम्पन्न गर्ने गरि योजनाका मस्यौदा तयार गर्ने गृहकार्यका लागि प्रादेशिक सम्मेलन गरेका छन्  ।

हालै पोखरामा भएको त्रिवशीय योजना कार्यशालामा कृषि विकासका लागि उत्पादन, भण्डारण, प्रसोधन र बजारिकरणका रणनितिक क्षेत्रमा निरन्तर चासो र लगानी गरिएको तर उपभोक्ताको गुणस्तर पहिचान गर्ने क्षमता विकासका लागि उपभोक्ता शिक्षाका सबालमा कृषि मन्त्रालय ले नै योजनागत सहजिकरण गर्नु पर्ने खाचो रहेको बताएका छन्  ।

प्रदेश कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले गण्डकी प्रदेशले बनाएका योजनाहरु अरु प्रदेशका लागि अनुकरणीय हुने गरेको तर गण्डकी प्रदेशले सदैव नयाँ खोज्ने क्रममा आफना राम्रा अभ्यासको पनि पुनराबलोकन गर्न विर्सेको भन्दै हिजोका राम्रा कामहरुको सान्दर्भीकताका बारेमा सोच्नु पर्ने खाँचो औल्याए  । प्रदेशका किसानहरुमा करार खेति प्रणालीको सहजिकरणले माटो, उत्पादन, बजार सनतुलन र उपभोक्ताको खाद्य सुरक्षाका सबाललाई सन्तुलीत रुपमा चलायमान बनाउने भएकाले बहुआयामिक अन्तरसमन्वयात्मक प्रतिफल दिन सक्ने पक्ष र प्रणालीलाई योजनामा समेटनु पर्ने खाँचो रहेको योजना महाशाखा प्रमुख नेउपानेले जोड दिए  ।

कृषि अनुदान र विमाका सन्दर्भमा सेवा व्यवस्थापनका जटिलताहरु देखिका बताउँदै कृषि अनुदान रोक्न नसकिने तर अनुदानका मोडल परिमार्जन गर्न सकिने तर्फ ध्यानाकर्षण गराउँदै उत्पादनमा आधारित अनुदान ले अनुदान दूरुपयोग रोक्न सकिने र विमा पनि लागतमा नभइ उत्पादनमा आधारित प्रणाली बसाल्न सकेमा किसान सहभागीता बढाउन सकिने न्यौपानेले जोड दिए  ।

प्रदेशका ११ जिल्लाका कृषि र पशुसेवा प्रदायक जिल्लाकार्यालय, अनुसन्धान तथा तालिम केन्द्रहरु र श्रोत केन्द्रका प्रतिनिधिहरुले मालेपाटनमा कृषि विकास निर्देशनालयका प्रमुख बासुदेव रेग्मीको अगुवाइमा कृषि योजना तर्जुमा र माटेपानीको पशुविकास निर्देशनालयमा निर्देशक मनबहादुर पुनको अगुवाइमा पशु पंक्षी तथा मत्स्य विकास योजनाको मस्यौदा तर्जुमा गरेका छन्  ।

बदलीदो सामाजिक सञ्जाल र डिजिटल मिडियाको उपयोगलाई कृषि विकासमा परिचालन गर्नका लागि अवदेखि उपभोक्ता शिक्षामुलक सामाग्रीहरुको निरन्तर योजनाबद्ध प्रसार गर्न सकेमा उपभोक्ताको जागरुकताले किसानलाई नियन्त्रण र सुरक्षाका जुक्ति सहित दिगो कृषि चेतना प्रसारमा सकारात्मक हस्तक्षेप ल्याउन सकिने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए  ।

यसैगरी कृषि जन्य उत्पादनको मुल्यश्रृंखलामा संलग्न सबै पक्षहरुको दिगो व्यवस्थापनका जुक्तिहरु योजनामा समेट्न सकेमा सन्तुलित र दिगो कृषि विकास हुने अन्यथा असन्तुलित परिस्थितिले कृषि क्षेत्रमा उद्यमी र किसानहरु धारासायी हुने स्थीतिलाई होसीयारीपुर्वक ध्यानमा राखेर योजना बनाउनु पर्ने योजना प्रमुख नेउपानेले जोड दिएका छन्  ।

Previous Post

गण्डकी पहाडमा काष्ठफल आयोजना

Next Post

‘लम्पी स्किन’ महामारी बढदो क्रममा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘लम्पी स्किन’ महामारी बढदो क्रममा

‘लम्पी स्किन’ महामारी बढदो क्रममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In