• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

फल्ने समयमा अलैँचीका बोट मर्नथाले

आरसी टाइम्स by आरसी टाइम्स
१९ मंसिर २०७९, सोमबार २३:४९
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
फल्ने समयमा अलैँचीका बोट मर्नथाले
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आारसी टाइम्स
पर्वत, मंसिर १९
पर्वत जल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरीका किसानहरुको अलैचीका बोट फल्ने बेलामा मर्न थालेकाले किसानहरु चिन्तीत छन्  ।
मजुवापाखा कबुलीयती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन्  । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा देखेर अलैँचीका बोटको सरसफाइमा लाग्दै आएकी धनमाया पुर्जा चिन्तीत बनेकी छन्  ।
सीमा गोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकहरूले २०७४ सालदेखि अलैँची खेती गर्न शुरु गरेका हुन्  । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन्  ।

यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश भएका छन्  । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको शिकार हुँदै गएपछि उनीहरूको ५ वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ  ।

‘लगभग ५ लाखभन्दा बढीको लगानी भइसकेको छ  । अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो । तर २ वर्ष अगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो  । त्यसले अहिलेसम्म पनि छाडेको छैन,’ समूहकी कोषाध्यक्ष वीरमाया पुन भन्छिन्, ‘रोपेको ३ वर्षमा राम्रो उत्पादन दिने भनेको हो  । अहिले ५ वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन  । पारी पट्टीको क्याङ गाउँमा पनि यस्तै भएको छ भन्छन्  । पहिले २५ क्विन्टल फलेकोमा अहिले १५ क्विन्टल जति होला भनेका छन्  । ’

समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा सुरुमा पात सुक्ने र पछि लाँक्रा नै मर्ने समस्या देखिएको छ  । समस्या समाधानको प्रयास नभएको पनि होइन  । तर हरेक विधिले उपचार गर्दा पनि समस्याको समाधान नभएको पुन बताउँछिन्  । ‘हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैँची रोपेका छौँ  । शुरुमा बिरुवाहरू राम्रो भएर हुर्किँदै आए तर पछि पात सुक्दै जाने र अन्तिममा लाँक्रा नै मर्ने समस्या देखियो,’ उनी भन्छिन्  ।

‘समस्या समाधानको लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै निरिक्षण गरेको पनि उनले बताइन्  । बगैचाको सरसफाइ र केही औषधिले केही कम भएको भए पनि बिरुवा सुक्ने क्रम रोकिएको छैन  । ’समस्या देखिएको भनेर गुनासो आएपछि कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताएकी छन् ।
परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको सङ्क्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम भए पनि फेरि पनि समस्या उस्तै रहेको उनको भनाई छ  ।

‘मोदी गाउँपालिकामार्फत केही नमुना परीक्षणका लागि काठमाडौं पठाइएको पनि जनाइएको छ । ढुसी देखिएर विषादी छर्के पनि रोग नियन्त्रणमा आएन  । अब फेरि पनि केही नमुना काठमाडौँ पठाउन लागेका छौँ,’ थापाले भनिन्, ‘यदि भाइरस भएर यति धेरै फैलिएको हुनुपर्छ  । त्यस्तो हो भने बगैँचा नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ ।

अलैँची ब्लक कार्यक्रममार्फत अलैँची विज्ञलाई नै ल्याउने प्रयासमा लागेका कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । परीक्षणका लागि काठमाडौं पठाइने रिपोर्ट र विज्ञको सल्लाहअनुसार नै थप प्रयास गर्ने कार्यालयको तयारी छ ।
तत्कालका लागि जिल्लामा उपलब्ध प्राविधिकलाई पठाएर विषादी प्रयोगको तरिकाको बारेमा सिकाउँदै सरसफाइ नियमित गरिएको विषादीहरू निःशुल्क उपलब्ध गराइएको कार्यालय प्रमुख थापाको भनाई छ  ।

Previous Post

आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

Next Post

आज माटो दिवस: माटो स्वस्थताको चिन्ता

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
आज माटो दिवस: माटो स्वस्थताको चिन्ता

आज माटो दिवस: माटो स्वस्थताको चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In