• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बेगनासमा पनि शुक्रबारे किसान बजार

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २०:१४
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
बेगनासमा पनि शुक्रबारे किसान बजार
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ३०
वडा स्तरका स्थानीय कृषि उत्पादन तथा उपभोक्ताहरुको अन्तरक्रियात्मक सम्बन्धको सघनता बढाउन स्थानीय किसान बजार स्थापनामा सहजिकरण गर्दै आएको  पोखरा महानगरले वडा–३१, वेगनासको महडाँडा पनि शुक्रवारे किसान बजार थालनी गरेको छ  ।
महानगरको पूर्वी नाका लम्जुङ्गको करापुटार विन्दुसँग जोडिने बेगनास क्षेत्रमा बेगनास र रुपा सिमसारको निकट क्षेत्रमा स्थानीय किसान बजार स्थापन हुनु ताल जलाधार क्षेत्रका कृषकहरूको सुविधाका लागि महत्वपूर्ण मानिएको छ  ।

 

गत २७ गते शुक्रवारदेखि स्थानीयस्तरमै कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएको हो  । केन्द्रले बजार मूल्यमा कृषकको उत्पादन खरिद गर्नेछ भने पोखराका मुख्य बजारमा आपूर्ति गर्ने बताइएको छ  । कृषि उत्पादन र उपभोक्ता बीचको सम्पर्क निकट राखेर आर्थिक समृद्धिमा टेवा पुर्याउन धेरै मानिसलाई कृषिमा आकर्षित गर्न र सोही पेशामै टिकाइराख्न पोखरा महानगरपालिकाका करीब आधा दर्जन कृषि उत्पादन निकट रहेका वडामा किसान बजार अभ्यास शुरु भएको छ  । पोखरा महानगरपालिका कृषि तथा पशु स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा यस्ता कृषि उपज बजार केन्द्र सञ्चालन भइरहेका छन्  । बेगानासको स्थानीय कोट देउराली कृषि सहकारी संस्थाको अगुवाइमा उक्त उपज केन्द्र सञ्चालन गरिएको हो  । यस केन्द्रले वेगनास क्षेत्रका करीब ३०० घर लाभान्वित हुने सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाभाटले बताएका छन्  ।

महानगर क्षेत्रका धेरै युवाहरू कृषि पेशामा आकर्षित भएको तर बजारसम्मको पहुँच नभएकै कारण लामो समय पेशामा टिक्न नसकेको पाइएकाले उनिहरुलाई सहजिकरण गर्नाका लागि किसान बजार स्थापनको मोडल अभ्यासमा ल्याइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  । गाउका जेष्ठ नागरीक वल वहादुर अधिकारीको सभापतीत्वमा महानगर वडा नं. ३१का वडा अध्यक्ष ढकनाथ कडेलले शुभारम्भ गरेको किसान बजार हरेक शुक्रबार सञ्चालन हुने कोट देउराली वहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष
सुरेन्द्र सापकोटाभाटले जनाएका छन्  ।

सहकारीले किसान र सरोकारवाला निकायका बीचमा पुलकोरुपमा कार्य गर्ने प्रतिवध्ता समेत उनले जाहेर गरे  । किसानले उत्पान गरेको वस्तूको उचित मुल्य र्निधारण गर्न र उपभोक्ताले स्वच्छ वस्तु उचित मुल्यमा उपभोग गर्न पाउन भन्ने अभिप्रायले यस्ता किसान वजार संचालन गर्न पोखरा महानगरले प्रोत्साहन गरेको र महानगरमा हालसम्म यो अवधारणाका किसान वजार छ ठाउमा सुरु भएको जनाइएको छ  ।

Previous Post

तरकारी सुपरजोनको नेतृत्व चयन

Next Post

बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु

बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In