• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मशलाबाली अलैची खेति विस्तारमा किसानहरु उत्साहित

आरसी टाइम्स by आरसी टाइम्स
१६ माघ २०७९, सोमबार २१:१४
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
मशलाबाली अलैची खेति विस्तारमा किसानहरु उत्साहित
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

 

 महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, माघ १६
अलैची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण गरेपछि अलैचीमा गुणस्तरीयता आएको बताएका छन  । विगत पाँच वर्ष देखी अलैची खेती गरिरहेका पर्वत मोदी गाउँ पालिका भुकका किसानहरुले विगतमा सामान्य भट्टीमा भन्दा आधुनिक भट्टीमा सुकाईएको अलैचीले राम्रो बजार पाउने बताएका हुन  । मुल्य अनुकुल भएको समयमा विक्रि वितरण गर्न मिल्ने बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु¥याउने र बाँझो बारी पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन  । गाउँमा खेतबारी बाँझिदै जान थालेपछि पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारीमा तथा गाउँ छाडेर पोखरा तथा राजधानीमा पुगेका किसानहरु गाउँमा फर्कीएर अलैची खेतीमा लागेका छन्  ।

अहिले कास्कीमा बासोबास गरीरहेका स्थानीयहरुले ताङले लौशिवोट कृषि सहकारी दर्ता गराएर मन बहादुर गुरुङ , गौसीता कृषि फर्मका कुल बहादुर गुरुङ , गिरीमान गुरुङ , बुद्धिमान गुरुङ लगायतले अचैची खेती गरीरहेका छन्  । विगतमा माटोको भट्टीमा सुकाएर बजार पु¥याउने गरेका किसानहरुले अहिले आधुनिक भट्टी बनाएपछि भने उत्पादनमा गुणस्तर आउनुको साथै सुकाउँदा धुवा धुलो नहुने बताएका छन्  । करीव डेड सय देखी दुई सय रोपनी क्षेत्रफलमा खेती गरिरहेका किसानहरुले अलैचीबाट वार्षिक १६ लाखदेखी १८ लाखसम्म आम्दानी गर्दै आएका छन  । स्थानीय बुद्धिमान गुरुङ र कालुमान गुरुङले फालिएको पाखोबाट अहिले वार्षिक १८ लाख सम्म कमाउन सकीने भएको बताएका छन् ।

औषधीय गुण हुने मसला बालीको रुपमा खेती गरीने अलैची को गुणस्तर कायम राख्न कृषि ज्ञान केन्द्र पर्वत र किसानको लागत साझेदारीमा हालै आधुनिक भट्टी निर्माण गरिएको छ  । उच्च मुल्यमा निर्यात हुने वाली अन्तर्गत पर्ने भएका कारण पनि बजारको समस्या नरहेको ज्ञान केन्द्र पर्वतले जनाएको छ  । जिल्लाका विभिन्न वडामा गरी ६० हेक्टर क्षेत्रफलमा लागाईएको अलैचीको उत्पादन पर्वतमा १७ टन सम्म भएको ज्ञान केन्द्र पर्वतकी प्रमुख मनीता थापाले जनाईन ।

पर्वतका भुक, ताङले, क्याङ, वनौ लगायतका क्षेत्रहरुमा धेरै अलैची खेती भएका स्थानहरुमा भट्टी निर्माणमा ज्ञान केन्द्र पर्वतले सहयोग गरेको जनाएको छ  । छिटफुट रुपमा जिल्लाका सवै पालिकाहरुमा खेती भएको भएपनि व्यवसायीक रुपमा खेती भने मोदी गाउँ पालिकामा भएको हो  । लगाएको तीन वर्ष देखी लगातार पाँच देखी दश वर्ष सम्म राम्रो गोडमेल भएमा उत्पादन लिन सकीने खेती भएका कारण पनि किसानहरुले बाँझीएको जमीनमा खेती विस्तार गरेका छन्  । वन वुट्टयानमा पाखो चिस्यायन यूक्त क्षेत्रमा लगाइने अलैची खेतिमा पर्वतमा राम साही र गोल साही प्रजातीको खेती गरीएको छ  ।

Previous Post

सिमल तरुलको व्यवसायिक उत्पादन खाँचो

Next Post

हिउँदे तुसारोमा खर्बुजाका बेर्ना जोगाउने जुक्ति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हिउँदे तुसारोमा खर्बुजाका बेर्ना जोगाउने जुक्ति

हिउँदे तुसारोमा खर्बुजाका बेर्ना जोगाउने जुक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In