• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महानगरमा कृषि एम्बुलेन्सको परिक्षण

आरसी टाइम्स by आरसी टाइम्स
११ बैशाख २०८०, सोमबार २३:४४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
महानगरमा कृषि एम्बुलेन्सको परिक्षण
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, बैशाख ११
पोखरा शहरमा कृषि उपज उत्पादन र बजारिकरणमा रैथाने किसान परिवारलाई परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका हुन सक्ने प्रयासहरुमा महानगरीय कृषि महाशाखाले विभिन्न व्यवस्थापकिय अभ्यासहरु परिक्षण गर्दै आएको छ  । किसानर प्रविधि पहुँच तथा सेवा विस्तारका लागि एक वडा उक कृषि सञ्जालको अवधारणा प्रयोगमा ल्याएको महानगरले किसानहरुको सञ्जालीकरण गर्न सफलता पाएको र किसानहरु आफना माग र गुनासाहरु संगठित रुपमा महानगरीय सरकारमा पुर्याउन सहज भएको अनुभव गरेका छन्  ।

वडाका कृषि गतिविधिमा उनै किसान संजालका प्रतिनिधिहरुको सहभागीतामा योजना छनौट र परिचालनमा सक्रियता गर्नाले यो प्रयोगलाई अनुकरणीय अभ्यास पनि मानिएको छ  । यीनै किसान सञ्जालको परिचालन गर्दै एक वडा एक कृषि पकेट उत्पादन र बजारउन्मुख उद्यम सञ्चालनमा प्रोत्साहन गर्न महानगरले ३३ वटा वडालाई शहरी उपभोक्ता वडा र उत्पादन गरि योगदान गर्ने वडाका रुपमा वर्गीकरण गर्दै सेवाटेवाको पहल पनि गर्दै आएको छ  । यो प्रयोग सगै महानगरले स्थानीय उत्पादन पकेट क्षेत्रमा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने र उपभोक्ता पहुँच भएका जक्सनहरुमा किसान बजार संचालन गर्ने अभ्यास पनि थालनी गर्दे आएको छ  ।

यो किसानबजार मोडल पनि त्यति सफल हुन सकेको छैन  । विरौटाको किसान बजार संचालनका लागि २१ र २२ वडाका किसानहरुलाई परिचालन गरेर हरेक शुक्रबार र मंगलबारका लागि बजारिकरणको जोहो मिलाउने र बजारमा विक्रि नभएका वा कम मुल्यमा बेच्नु परेका अवस्थामा मुल्य सुनिश्चित गर्न न्युनतम मुल्य दिने समेत अभ्यास गरेको महानगरले त्यस्तै मोडलको वडा नं १६ र १३ को किसानबजार टिकाउन कठिन भयो ।

किसानहरुको उत्पादन निरन्तरताको कठिनाइ र बजारमा क्षेत्रिय कृषि बजारको प्रतिस्पर्धामा आउने बेजिल्लाको तरकारीका खुद्रा बजारका कारण किसानबजार दिगोरुपमा चल्न सकेकनन्  ।  किसानहरुले आफनो उत्पादन बजारमा पुर्याउन ढुवानी साधनकै समस्याले बजार पहुँच विग्रीएको बताउँदै आएको अवस्थामा महानगरले हालै नयाँवर्षको मौका पारेर कृषि एम्बुलेन्स सेवाको परिक्षण थालेको छ  । एक टन क्षमताको चिश्यान क्षमता सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएर किसानका ताजा तरकारी र डेरी जन्य उत्पादन बजार ढुवानीका लागि परिचालन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

बिरौटा किसान बजारमा केन्द्रीत रहेर कृषि एम्बुलेन्सले स्थानीय कृषि उत्पादन वडा बाट उपजहरु ढुवानी थालेको र त्यसको दिगो परिचालनका लागि कृषि संकलन केन्द्रको संकलन पात्रो सहितको कार्यतालिका बनाउन पनि पहल थालेको जनाइएको छ  । यसका लागि पोखरा २२ पुम्दी भुम्दी क्षेत्रमा संचालनमा रहेका सातवटा संकलन केन्द्र मार्फत साना र छरिएका कृषि उपज संकलन गर्दै उपभोक्ता माझ किसान बजार तथा अन्य सरोकारवाला बजार मार्फत उपभोक्ता माझ पुर्याउने पहल थालीएको जनाइएको छ  । कृषि एम्बुलेन्सले पोखरा २२ का चिसापानी, भ्यु पोइन्ट, रातिपोखरी, ठुलढुङ्गा क्षेत्रमा पुगि किसान बजार बिरौटासम्म तरकारी ल्याएको छ  । पोखरा २२ मा चिसापानी, भ्यु पोइन्ट, रातिपोखरी, ठुलढुङ्गा, कलावाङ्ग, उल्लेरी, भूम्दी क्षेत्रमा सातवटा कृषि संकलन केन्द्र संचालनमा रहेका छन्  ।

हालसम्मको १० दिने सेवा अवधीमा किसानहरुले तराकारी तयारी भएपछि कृषि एम्बुलेन्स चालक ठकुरीलाई फोन गरेर ढुवानी गर्ने गरेको चालक ठकुरीले जनाएका छन्  । सबै संकलन केन्द्रका कृषि जन्य ताजा तरकारी बजारिकरणमा ल्याउने योजना रहेको जनाइएको छ । सरोकारवालाको माग सम्बोधन गर्ने गरि दिगो सन्चालन मोडल अभ्यास गर्ने तयारीमा रहेको महानगर कृषि महाशाखाले जनाएको छ  ।

Previous Post

महको अन्तराष्ट्रिय बजारीकरणमा सघाउन मौरी किसानको माग

Next Post

‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’

‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In