• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार

आरसी टाइम्स by आरसी टाइम्स
३ आश्विन २०७९, सोमबार २३:२२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

 

पछिल्लो पटकको स्थानीय सत्ता निर्माण गर्दा राजनितिक परिवर्तन संस्थागत गर्ने नाममा जिल्लाका कृषि र पशुसेवाका स्थानीय सेवा केन्द्रहरु निस्कृय पार्दै कृषिका पूर्वाधारहरुमा स्थानीय सरकारका अन्य सेवा प्रवाह गर्ने शाखाका रबैयाहरु निकै बढे । हरेक जिल्लामा कृषिका पूर्वाधारमा गैरकृषि रबैया थोर बहुत हुँदै गए तर कृषि विकासका लागि बजेट र योजनामा प्राथमिकरणमा बेवास्ता पनि चुलिए । यसले नागरिकहरुमा चरम नैराश्यता बढाएपछि किसानहरुले स्थानीय सरकार घेराउ र दबाबमूलक कृयाकलापहरु पनि सञ्चालन गरेका थिए ।
यतिनै बेला कास्की कृषि विकास कार्यालयमा कार्यरत जनशक्ति पोखरा महानगरको कृषि विकास शाखा सञ्चालनका लागि तोकिएपछि पूरानो कृषक समुह परिचालन अनुभवमा आधारित रहेर पोखराले नयाँ प्रयोगको थालनी गर्यो । वडा स्तरीय कृषक सञ्जाल निर्माण गर्ने र कृषि विकासका लागि किसान परिचालन गर्ने रणनिति पोखराको रैथाने मोडलका रुपमा विकास हुँदै छिमेकी जिल्लाहरुमा विस्तार हुने अभ्यासमा पनि देखियो ।
वि.सं २०७४ सालमा स्थानीय सरकारका नयाँ प्रतिनिधि र नयाँ विकासे मोडलको थालनी सँगै सूरु गरिएको वडा कृषि सञ्जालहरु हालैको नयाँ जनप्रतिनिधि बहालीसँगै आफूलाई पुनर्गठन गर्दै नयाँ नेतृत्व र मोडलमा रुपान्तरण गर्दै छ । पोखरा महानगरले कार्यविधि नै निर्माण गरि वडा कृषक सञ्जाललाई दर्ता गर्ने तथा स्थाइ लेखा नम्बर दिने प्रक्रियामा रुपान्तरण गर्न थालेको छ । यो प्रकृयाले कृषक सञ्जाललाई स्थाई संरचनाका रुपमा निर्माण गर्ने र कृषि योजना छनौट तथा नागरिक सहभागीताका मोडलमा रुपान्तरण गरेपछि विकास योजनाहरुको सौदाबाजी, सहभागिता, समन्वय, सहकार्य र सह—अनुगमनका भूमिकामा जोड्दै किसानहरुको वैकल्पिक सरकार निर्माण गर्ने दिशामा प्रेरित भइरहेको छ ।

महानगरको कृषि महाशाखाले व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्नका निम्ति वास्तविक उद्यमशील किसानहरुको पहिचान गरी वडा स्तरीय कृषि सञ्जाल गठन गर्ने अभियानमा पोखराका ३३ वटै वडामा पाँच वर्ष पहिले गठन गरिएका वडा कृषि सञ्जालको पुनरगठन गर्न र दर्ता तथा स्थाइ लेखा नंम्वर लिन दिएको निर्देशन अनुसार हालसम्म २० वडामा पुनर्गगठन सम्पन्न भइसकेको छ भने दशै अगाडी सम्म बाँकी १३ वडामा सम्पादन भइसक्ने अपेक्षा राखिएको महानगर कृषिमहाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।

महानगरले विगत पाँच वर्षको अनुभवमा वडा कृषि सञ्जालमार्फत वडास्तरीय कृषि उद्यमीहरुको व्यक्तिगत र व्यावसायिक नालीबेली , कृषियोग्य जमिन र कृषिमूलक उत्पादन हुने बालीहरुको विवरण, अपेक्षित प्राविधिक सेवाटेवा र यसभन्दा पहिले सरकारी अनुदानका रुपमा पाएका योजना तथा कार्यक्रमहरुको सूची र उपादेयतासमेतको तथ्याङ्क संकलन गरी किसान प्रोफाइलसमेत निर्माण गरेको जनाइएको छ ।

यो अभ्यासमा कृषि मुलक इलम गर्ने उत्पादक, प्रशोधन कर्ता, एग्रोभेट, कृषि बजारीकरण र संचारिकरणमा संलग्नहरुको नालीबेली समेत संकलन भइरहेका छन् । कृषि सञ्जालका लागि प्रारम्भिकरुपमा १५ देखि अधिकतम २१ जना किसानहरु संगठित भएर वडास्तरीय कृषक सञ्जाल निर्माण गरिएको छ भने महानगरका ३३ वडा समेटेर महानगरीय कृषि सञ्जाल बनाइएको छ । महानगर कृषि सञ्जालका २ जना प्रतिनिधि समेतको सहभागीता हुने गरि महानगर प्रमुखको नेतृत्वमा महानगर कृषि विकास समिति गठन गर्ने र कृषि सम्बन्धी योजना तथा अभियान संचालनमा यसै समितिको निर्णय सहभागीता हुने अभ्यास थालनी गरेबाट किसानहरुमा कृषि विकासका लागि बैकल्पिक सरकार निर्माण गरेको बोध हुन थालेको र कृषि सञ्जालमा सहभागीताका लागि प्रतिस्पर्धा समेत हुन थालेको पाइएको छ ।

कृषक समुह र सहकारीमा आवद्ध नभएका किसानहरुका लागि महानगर कृषि कार्यक्रममा सहभागी हुन कृषि सञ्जालका माध्यमबाट सहज हुने र नगर कृषि सरकारमा आफना मागहरु समावेश गराउन पाउने भएकाले कृषि उद्यमहरुमा कृषि सञ्जालमार्फत कृषि आयोजनाहरुमा स्वामित्व बोध भएको पाइएको छ । हालै भएका वडा कृषि सञ्जालको पुनर्गठन कृषकसभाहरुमा किसानहरुले महानगर र उसका सेवा टेवा तथा कृषि विमाका नाममा किसान ठगीएको सबालहरुलाई पनि उठाएका छन् ।
विमा कम्पनिहरुले सरकारी अनुदानको प्रिमियम हात पार्न कृषि विमा गराउने गरेको तर क्षति भएपछि दावी कर्तालाइ रकम दिन आनाकानी गर्ने तथा रकम नदिनका लागि विभिन्न बाहाना गर्ने गरेको किसानहरुले गुनासो गरेका छन् । ‘गत बर्ष फागुन ८ गते ११ मा तेत्रो असिना पर्यो, क्षती टिपाइयो, खासै केही पाइएन’ भन्दै कृषि सञ्जालमा सहभागी हुनेले किसानका यी समस्यमा पनि सहजकिरण गर्नु पर्ने सहभागी किसानहरुले माग गरेका छन् ।

Previous Post

मनाङका कृषि योजनाहरु सार्वजनिक

Next Post

अन्न शुद्धताको पाठः सीता माताको दोस्रो वनवास

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
अन्न शुद्धताको पाठः सीता माताको दोस्रो वनवास

अन्न शुद्धताको पाठः सीता माताको दोस्रो वनवास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In