• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महानगर कृषि प्रमुखलाई कृषि इलमीको खुला पत्र

यो शहरमा कृषिमा गरी खानेलाई जतन कस्ले गर्ने हो ?

आरसी टाइम्स by आरसी टाइम्स
२३ माघ २०७९, सोमबार २२:५६
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
महानगर कृषि प्रमुखलाई कृषि इलमीको खुला पत्र
0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

पोखरामहानगरको लामेआहल क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरको जमिन भाडामा लिएर व्यवसायिक च्याउ खेति गर्दै आएको भोर्लेटार च्याउ उद्योगका उद्यमी मनोरन्जन पौडेलले हालैको महानगर नेतृत्वले बल मिच्याइ गर्दै डोजर लगाएको गरेको भन्दै विभिन्न निकायमा हार—गुहार लगाउँदै आएका छन्  । उनै कृषि उद्यमीले आफ्नो संरक्षणको दायित्व लिने विश्वास लिएका महानगरका कृषि विकास महाशाखा प्रमुखलाई लेखेको खुला पत्रलाई कृषि उद्यम संरक्षणका सबालमा बहसयोग्य ठानी यहा समेटिएको छ  । सं.)

 

आदरणीय मनोहर सर,
पोखरा महानगर कृषि विकास महाशाखा ,
उहिले कास्कीको कृषि विकास कार्यालयले साना किसानलाई हौसला दिदै सानो अनुदान र विउपुजी दिएर हौसला दिएको एउटा बजार मुखी व्यवसायिक हुन खोज्ने सानो किसानले मन्दिरको जमिनलाई भाडामा लिएर खेति गर्दै आएर नमुना च्याउ उद्यमी बन्ने जमर्कोमा रहेको मलाई मेरो लगानीको व्यवस्थापन गर्ने र साना किसानको जतन गर्ने कुरालाई वातावरणीय र व्यवसायिक सुरक्षाको चासो नै नराखी महानगरले नै डोजर लगाएर उठिबासको अवस्थामा पुर्याएकोमा हारगुहार गर्दै आइरहेको महिनौ हुदाँ पनि वेवास्था हुने यो शहरमा, म एउटा सबाल उठाइरहेको छु, यो शहरमा कृषिमा गरी खानेलाई जतन कस्ले गर्ने हो ?

१. कराई भरी तताएको दुध ठेकीमा खन्याएपछि कराईमा टाँसिएको दुग्ध पदार्थलाई कुराउनी भन्ने चलन थियो  । उक्त कुराउनी डाडुले कोरेर खाँदा खुबै मिठो लाग्थ्यो  । त्यो कुराउनी निकाल्दाको आवाज र हाम्रो तत्परतालाई नजिकबाट नियाल्नुभएका मेरा बाबाले भन्नुहुन्थ्यो “यो कुराउनी गोठालाले खाने वस्तु हो  । एक वर्ष कुराउनी खानेले १ पाथी गोबर खान्छ र दिमागमा पनि गोबर नै भरिन्छ  । ” त्यस्तै घ्यू तताएपछि बिलाउनी खान हामीलाई खुबै तछाड मछाड हुन्थ्यो  । बिलाउनी खाँदा पनि उहाँ यो गोठालाले खाने चिज हो भन्नुहुन्थ्यो  ।

किसानलाई सबैले हेप्छन् यो काम ठिक छैन, ‘किसान–पिसान’ भन्नुहुन्थ्यो  । आफू यस पेसामा बाध्यताले लागे पनि मेरा सन्तानहरु किसान नहोऊन्  । बारम्बार यही वाक्य दोहो¥याई रहनुहुन्थ्यो मेरो बाबा  । थाहा थिएन उहाँले किन यसो भनिरहनुभएको थियो, ऐले थाहा पाएँ  । मेरो किसान पेशामा महानगरले नै पिसानमा पारेर मलाई उठिाबास लगाउन खोजीरहेको छ , मैले कसलाई गुहार्ने होला ?

२. भदौरे झरीको महिना, १४ वर्षको उमेरमा थिएँ म  । पिडालु बारी वरिपरिको घाँस काट्ने जिम्मा लगाएर मेरी आमा मेला जानुभयो  । म घाँस काटेर अगाडि बढ्दै थिएँ, मेरो पछाडि स¥याक्क आवाज आयो  । पछाडि फर्केँ, मैले घाँस काट्दा जोगाएको घिरौँलाको फेदमा सानो हँसिया घुसारेर कसैले फेद काट्यो  । सजीवनको बार बाहिरबाट आएको उक्त हँसिया चलाउने व्यक्ति नियाल्दा फुटेका खाली कुर्कुच्चा, असारको हिलो ननिख्रिएको फरियामा रातो टाटो त्यसमाथि कपालको चुल्ठो, मेरी ठूलीआमा पो हुनुहुँदो रहेछ  । मेरी आम्मै ! नछुनी भएका महिलाले झ्यालपात छुनै हुँदैन भन्थे, मेरी ठूलीआमाले त घिरौँलाको झ्यालै काटिदिनुभयो  । बेलुका शरीरभरि नीलडाम हुने गरी मेरी आमाले लौरी बसोलेको हिजै हो जस्तो लाग्छ  । ठूलाहरुको लेनदेन नमिलेपछिको आव्रmोश निर्दाेष नाबालकमाथि थुपार्ने चलन हिजो पनि थियो र र आज पनि रहेछ  । मेरो व्यवसायिक क्षेत्रमा पनि महानगरका ठुलाको किचलोमा म निर्धोलाई दोष थपार्ने काम भो  ।
३. नेपालकै सुविधा सम्पन्न १० वर्षे स्थायी जागिर राजीनामा दिएर कृषि व्यवसायमा होमिएको म, गाउँमा ९९ प्रतिशतले नै यो व्यक्ति कि बौलाएको हो कि कुनै अपराध गरेर यहाँ आएको हो भन्ने गाइँगुइँ सुनिन्थ्यो  । जागिर छोडेर गाउँमा जाँदा “कृषि क्षेत्र नालायक क्षेत्र हो यसमा आउनु मूर्खता हो भन्थे  । पटकपटक पढाएँ सकि नसकी स्कुल कलेज पठाएँ अब त छोरो कलम चलाएर खाने होला भनेको उही कोदाली चलाउन आउने ? मेरो सपना माटोमा मिलाइस्” बाबा भन्नुहुन्थ्यो  । ६ वर्ष ससुराबासँग पनि बोलचाल भएन  । मामाहरु पनि बेवास्ता गर्नुहुन्थ्यो  । किन होला थाहा थिएन  । कृषिबाटै विकल्पको बाटो देखाउन सकिन्छ भन्ने पाठ सिकाइरहेको मलाई शत्रुजिव झै नामेट पार्ने रैथाने सरकारबाटै पहल भएको चाल पाए पछि किसानी पेशालाई नरुचाउने श्रेणीमा किन पारिएच , ऐले थाहा पाएँ  ।
४. च्याउ खेती गर्छु भन्ने अठोटका साथ स्वयंसेवक भएर ४१ दिन काम गरेँ  । एकपटक काठमाडौँमा च्याउ लगाएँ पनि  । यो व्यवसाय म मेरै क्षेत्रमा गएर विस्तार गर्छु भन्ने सोचले भोर्लेटारबाट व्यवसाय सुरु गरेँ । २÷३ घण्टामै बिग्रन सुरु हुने च्याउ ढुवानीको व्यवस्था भरपर्दाे नभएर भोर्लेटार छोडी पोखरामा शुरु गरेँ  । बाग्लुङ, बेनी, कुस्मा, स्याङ्जा, गल्याङ, वालिङ बेशीशहर, गोरखा, दमौली लगायतका जनतामा च्याउ उपभोग गरे कुपोषणबाट मुक्त हुन सकिन्छ भन्दै प्रचार प्रसार गरे  । तरकारी प्रशस्त खाने बानी गर्नु स्वास्थ्यका हिसाबले राम्रो हो भन्ने सन्देश प्रवाह गर्दै एक्लै दौडिएँ  । ऐले ६० भन्दा बढी च्याउ व्यवसायी र दैनिक ३÷४ हजार केजी च्याउ उत्पादन तथा खपत भएको देख्दा जागिर छोडेर केही गरे कि जस्तो लागेको थियो  । तर मेरै इलमलाई नामेट पार्नमा रैथाने सरकार लगेपछि गल्ती पो गरेछु भन्ने लाग्दै छ , ऐले थाहा पाएँ  ।
५. च्याउ व्यवसाय हेर्न आउने नयाँ पुस्तालाई व्यावसायिक उत्पादन यसरी गर्नुपर्छ भनेर नमुना देखाउँछु भन्ने सोचले पोहोर साल मात्रै २५ लाख खर्च गरेँ  । दिगो इलमका लागि पुर्वाधार पनि बनाएँ  । गल्ती गरेछु, ऐले थाहा पाएँ  ।
६. महानगरले गरेको ज्यादती कृषिका हाकिमलाई देखाउन पाए केही मन हल्का हुन्थ्यो कि भन्ने लागेको थियो  । बिचरा मनोहर सर, तपाई असाध्यै हतारमा ! देश बनाउने हतारमा कि देश बर्बाद गराउने हतारमा ? अचम्म लाग्यो, तपाइले पनि ‘जसको सीता खाई उसकै गीत गाई’ गरेको देखेर पछुतो लाग्यो  ।
७. २०७२ सालको संविधानले प्रत्येक व्यक्तिलाई आत्मसम्मानका साथ जिउने अधिकार निश्चित गरेको छ  । संविधान नियम कानुन मिच्ने अधिकार कसैलाई पनि छैन भनेर असोज ३ मा दिपावली गर्ने म  । अहिले पो थाहा पाएँ , म भ्रममा रहेछु  । नयाँ भनिएका दिनमा नयाँ श्री ३ महाराजहरुको चर्तिकलाले मलाई झस्काएको छ  ।
७. अवैध व्रmसरहरूलाई अंकुश लगाउन नसक्ने, चार ठाउँमा दर्ता गरेर कर बुझाई रहेको कृषि व्यवसायमा विना जानकारी डोजर चलाएर दादागिरी देखाउने महानगर, वाह ! मेरो देश, यसैलाई समृद्धिको यात्रा भन्छन् क्यारे !
८. उपयोगिताको सिर्जना नै बेरोजगारी हटाउने अचुक उपाय हो भन्ने सिद्धान्तलाई आत्मसात गरी पढेका प्रत्येक व्यक्तिले जागिर खाने होइन, कम्तीमा १० जनालाई जागिर खुवाउने सोच राखे बेरोजगारी स्वतः डाँडा काटेर भाग्छ भन्ने सोच राखेर जागिर छोडेको गलत रहेछ  ।
९. अन्त्यमा मनोहर सर ! त्यो च्याउबारीको दृश्यले तपाईलाई छोएन ? ६५प्रतिशत किसान छन् तपाई त्यसको हाकिम, आफूलाई अपमान भएको महसुस भएन ? यो सम्पूर्ण किसानलाई हेपेको होइन ? ठीक छ मलाई पनि प्रेम आचार्यकै बाटोमा हिडाउँन खोजिएको होला , तर ६५प्रतिशत किसान सधैँ
हेपिएर बाँच्नु पर्दाको पीडा एक पटक ठण्डा दिमागले सोचेर अगाडि बढ्नुहोला  । धन्यवाद  ।
मिति ः २०७९÷१०÷२२
(लेखक पौडेल, पोखराका लामेआहलमा संचालनमा रहेको भोर्लेटार च्याउ उद्योगका सञ्चालक हुन्  । )

Previous Post

हचुवामा भूमि वर्गीकरण : ऐनको कमजोरीले साना किसान मर्कामा

Next Post

अन्नपुर्णमा अर्गानीक खाद्य मेला

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
अन्नपुर्णमा अर्गानीक खाद्य मेला

अन्नपुर्णमा अर्गानीक खाद्य मेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In