• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

माघे संक्रान्तिमा कृषि जैविक मेला हुँने

आरसी टाइम्स by आरसी टाइम्स
२५ पुष २०७९, सोमबार ००:४५
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
माघे संक्रान्तिमा कृषि जैविक मेला हुँने
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, पौष २५
नेपाल सरकारले चालु वर्षलाई कृषि जैविक विविधता वर्षका रुपमा मनाइरहेको बेला संयुक्त राष्ट्रसंघले अंग्रेजी नयाँ वर्षलाई कोदोवर्षका रुपमा मनाउने घोषणा गर्दै कोदो जन्य अन्न र परिकारहरुको उपयोगका बारेमा प्रचार थालेपछि कृषि मुलक क्रियाकलाप गर्ने सरकारी तथा गैरसरकारी एजेन्सीहरु उत्साहित हुन थालेका छन्  । यहि मौकामा रैथाने र वैकल्पिक खाद्यन्नका बारेमा पोण महत्व र संरक्षणका लागि अभियान चलाउने ध्येयले स्थानीय सरकारहरुले पनि कृषि जैविक विविधताका बारेमा नागरिक चेता विस्तारका प्रयासमा सहजीकरण थालेका छन्  । पोखरा महानगर पालिकाको कृषि महाशाखाले स्थानीय कृषि सरोकारवालाहरको परिचालन गर्दै माघे संक्रान्तीका अवसरमा प्रतियोगितात्मक कृषि जैविक विविधता मेला आयोजना गरेको छ  । माघेसंक्रान्तीमा परम्परागत रुपमा मेला लाग्दै आएको पोखराको ढुंगेसाँघु —महत गौडामा कृषि जैविक मेला गर्ने तयारीका लागि पोखरा महानगरका कृषि तथा पशुविकास महाशाखाले किसान सञ्जालहरुलाई परिचालन गरेको महशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

हालै पोखरा सभागृहमा आयोजित एक भेलामा महानगरका ३३ वटै वडाका कृषि सञ्जालका प्रतिनिधिहरुले कृषि जैविक विविधता प्रतियोगितालाई आफनो वडा र वस्तीको उत्कृष्ठ प्रस्तुति रहने गरी सहभागिता रहने प्रतिवद्धता जानएका छन् । महानगरको या अभियानमा स्थानीय कृषि अन्ुसधानका क्षेत्रमा क्रियाशील संस्था लिवर्ड तथा खोजपाठशालाले पनि समन्वय गरिरहेको महानगर श्रोतले जनाएको छ  ।

किसानहरुले आफ्नो गाउँ ठाउँमा उत्पादन हुने रैथाने वाली फापर , कोदो, जेठोवुडो धान जरलेली , झिनुवा , अनदि ,घैया , गुर्दि गुडुरा , गौरिया , मन्सरा धान , जुनेली मकै ,काउनो ,उवा, जौ , कालो भट्ट , सेतो भट्ट , टाटे सिमी, लट्टे तरुल , सखरखन्न, पिँडालु , गिठाभ्याकुर जस्ता रैथाने जैविक विविधता जनाउने खाद्यन्न बाली प्रदर्शनी गर्ने तयारी गरेको पोखरा १६ का कृषि सञ्जाल संयोजक जित बहादुर बस्नेतले जनाएका छन्  । वडा सञ्जालका बैठकहरु बसेर आफ्नो वडाको विशेष प्रस्तुति गर्ने र लोपहुन लागेका अन्न, कन्दमुल, चेतना विकास गर्ने नृत्य प्रस्तुतिको तयारी भइरहेको पनि बस्नेतले व्युरोलाई जनाएका छन् ।

पोखराको धरातलीय जविव विविधता अन्यत्रको भन्दा विशिष्ठ रहेकाले यहाका जिविकाका विविधातमा विविध कृषि मुलक खाद्य बस्तुहरुको सहभागतिा हुने गरेको र यहा लेकाली कृषि , पहाडा कृषि , वेसी र टार कृषि तथा जंगली फलजन्य कन्दमुलहरुको पनि खाद्यन्नमा सहभागतिा हुने गरेकाले मलाका अवसरमा नागरिकहरुको भान्छासम्म पुगेका खाद्य बालीहरुको सूचीकरण गर्न मेलाले टेवा पुर्याउने अपेक्षा राखीएको कृषि तथा वातावरण विज्ञ अनिल सुवेदीले जनाएका छन्  । परम्परागत खेति प्रणालीमा अभ्यासमा आएका खाद्यन्न, तेलहन, दलहन र कन्दमुल जस्ता वालीहरुको अनुवांशिक श्रोतहरु पोखरामा प्रचुरमात्रामा पाइने र किसानहरुबाट रैथाने ज्ञान वालकिा नमुनाहरु संकलन हुन सक्ने मेलामा अपेक्षा गरिएको सुवेदीले जनाएका छन्  ।

जैविक विविधता मेलाले विउको संकलन र वंशको नालीबेली मात्र नभइ परिकारमा आएको विविधता र देश—काल—परिस्थीति र संस्कृति अनुसार कुन बालीको के महत्व जोडिएको छ भन्ने सबालमा पनि किसानहरुको रैथाने खाद्य संस्कृतिको पनि अभिलेखन गर्न महत्व रहने जलसंस्कृति विज्ञ कुलराज चालिसेले जनाएका छन्  । कृषि जैविक विविधता मेलाले पोखराको खाद्यसंस्कतिको विविधताको प्रकटिकरण गर्ने र पुस्तान्तरण गर्नुका साथै कृषि पर्यटन विकासमा पनि योगदान रहने चालिसेले जनाएका छन्  । ‘मुहाने गराको धानको अक्षता र पुछारे गरामा अनदी धान’ जस्तै परिवारमा कुटुम्ब अनुसारका परिकार र उमेर अनुसारका भोजन संस्कृति सँगै कन्मुल, अपामार्ग तथा सिप्लीकान खाने चलनसँगै हाम्रो खाद्य संस्कृतिको पनि संरक्षण र निरन्तरताको सबाल  जोडिएको चालिसेले जनाएका छन्  ।
महानगरका कृषि संजालमा जोडिएका किसानहरुको कृषि योजना र समाधानका निति निर्माणका साथै कृषि मैत्रि खाद्य संस्कृति संरक्षणमा पनि योगदान रहने भएकाले कृषि जैविक विविधता मेलाले किसान पहिचान र परिचालनमा विशिष्ठ भूमिका रहने , कृषिलाई प्रविधि मैत्रि र बजारमैत्रि बनाउन पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् । माघेसंक्रान्तकिो मेलामा भाग लिन आफ्नो वडा कृषि सञ्जालसंग समन्वय गरेर सहभागी हुन महानगरले आग्रह गरेको छ  ।
विगतमा पनि पोखराको ढुंगेसाँघुको मेला कृषि यन्त्र र उपकरण तथा कन्दमुलको कारोवार गर्ने पर्वका रुपमा चिनिएको मौलिक संस्कृति हो  । माघ स्नान र सुर्यलाई अर्घ चढाएर उत्तरायणको अवसरमा अन्नव्रम्हको सम्मान गर्ने कृषि संस्कृति सनातन संस्कृति र जनजाती संस्कृतिहरुमा अन्तरघुलन भएको पाइन्छ  ।

Previous Post

रैथाने वैकल्पिक कृषिमा राज्यको दायित्व बढाउ

Next Post

तीनसय रोपनीमा सामुहिक आलुखेती

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
तीनसय रोपनीमा सामुहिक आलुखेती

तीनसय रोपनीमा सामुहिक आलुखेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In