• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘माटो—पानीका मलामीहरु’

आरसी टाइम्स by आरसी टाइम्स
२६ मंसिर २०७९, सोमबार ०१:२४
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
‘माटो—पानीका मलामीहरु’
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे, 

आरसी टाइम्सले सोह्रवर्षको ब्रह्मचर्य आश्रम पूरा गरेर गृहस्थ आश्रममा प्रवेश गरेको छ  । यसक्रममा छापा पत्रकारीतामा सिमित पत्रिकाले विद्युतीय संसारमा पनि प्रवेश गरेको छ  । अव हाम्रो सूचना र विचार निर्वाध रुपमा संसारको कुनाकुना सम्म पुग्ने वातावरण बनेको छ  । ब्रह्मचर्य आश्रमको अन्तिम प्रहरमा हामीले ऋषिकृषि, कन्दमूल हुदै सीतायण वहसलाई प्रारम्भ गरेका थियौ  । हाम्रा विचारसंग मिल्दोजुल्दो गरेर विभिन्न संचार माध्यमबाट हाम्रो भन्दा पृथक भाषामा आएका पनि थिए  । त्यस्ता विचारहरुलाई हाम्रो परम्परागत भाषामा कसरी बुझाउन सकिन्छ भनेर पूनर व्याख्या गर्न पनि आवस्यक भएकोले सत्रौंवर्षका प्रकाशनमा त्यस्ता विषयलाई पनि स्थान दिने छौ  ।
यो लेख नयाँ पत्रिकामा माधव ढुंगेलले प्रकाशन गर्नु भएको माटाका मलामीहरुसंग शिर्षकको विचारलाई पूनरव्याख्या गर्न लक्षित छ ।
आफुलाई कृषिको विद्यार्थी होइन भन्दै कलमप्रेमी माधव ढुंगेलले नयाँ पत्रिकाको पर्यावरण वहसमा प्रथम योजनाकाल देखि नै नेपालको कृषि विकासमा विज्ञ बनेर काम गरेका प्राविधिक जनशक्तिहरुलाई माटो चिन्न नसकेकोमा शब्दबाँड प्रहार गरेका छन्  । लेखको मूलसन्देश माटोको गुणस्तर दिनप्रतिदिन खस्किदै गएकोमा रासायनिक मल, कीटनाशक वीष, कृषि औजार तथा वर्णशंकर वीउको थोक व्यापारीको किलकाँटा विरुद्ध विज्ञहरुले बोलिदिउन भन्ने थियो ।
हामीले ऋषिकृषि वहसमा माटो, हावा र पानीलाई जीवित आधार भनेर तर्क पेस गरेका थियौ  । २००७ सालको परिवर्तन पश्चात नेपालमा सकृय विदेशी प्राविधिक र प्रविधिलाई नेपालको सामाजिक तथा पारिस्थितिकीय प्रणालीको सवल पक्ष जानकारी गराउन नसक्दा कृषि उत्पादन बढाउन नसकेको बारेमा सम्झाउन सकेका थिएनौ  । त्यही विषयवस्तुलाई माधवजीले सहजभाषामा सम्प्रेषण गर्नुभएको रहेछ ।
लेखको पूनरावलोकन ः
माधवजीले समाजशास्त्रको अनुशासन नाघेर बडो मिठो तरिकाले कृषि सामाग्रीको वेच विखन गर्ने पसलको लक्षण हेरेर बजार सर्वेक्षणको सम्भावित लक्षण प्रस्तुत गर्नु भएको थियो  । माधवजीलाई अनुसन्धान प्रयोजनको निमित्त उद्धरण गराउने चिन्ता थिएन  । साच्चै भन्ने हो भने वाहाले अनुसन्धान पद्धत्तिको अनुशासन भित्र रहेर प्रकाशन भएका झुट्टा प्रतिवेदनको आवरण च्यात्ने काम गर्नु भएको थियो  । बनिबनाउ उत्तरलाई प्रमाणीकरण गर्ने उद्देश्यले सम्पन्न हुने त्यस्ता अनुसन्धान प्रकाशले नीति निर्मातालाई प्रेरित गरेर बजेट विनियोजन गर्न मार्ग फराकिलो बने पनि समस्याको समाधान गर्न सक्दैनन्  । माधवजीले यो विषयलाई यसरी व्यक्त गर्नुभएको छ ।
‘प्राविधिक वा पसलेहरू बिखलाई औषधि भनेर किसानलाई किनाइराखेका छन् । किसान कीरा मार्ने ‘औषधि’ माग्छ, बिख बेचुवा पसले औषधि भनेर बिख बेच्छ । बचाउनेलाई पो औषधि भन्छन्, मार्नेलाई औषधि भनेर बेच्न मिल्छ ? त्यो त बिख नै हो नि । प्रतिबन्धित बिख ‘झन कडा औषधि’का नाममा महँगो मूल्यमा बिकिरहेछन्  । बेच्नेले पैसाको मोहमा परी अन्नधुन्न बिख बेचिरहेको छ, किसानले माटामा मनलाग्दी खन्याएको खन्यायै छ । तर, सभ्य देशका हामी नागरिकले माटामा बिख किन खन्याएका छौँ
भनेर न किसानलाई सोध्न मिल्छ, न पसलेलाई, न प्राविधिकलाई नै सोध्न मिल्छ । सोधिहाले पनि बनिबनाउ उत्तर मुखैमा छ– बिख हालेन भने केही फल्दैन, खान पाइँदैन ।’
माधवजीले बजार मात्र नियाल्नु भएन  । पालिका तथा प्रदेश सरकारका कृषि कार्यक्रम र सरकारले संचार माध्यमबाट सम्प्रेषण गर्ने विज्ञापनको विषयवस्तुलाई नियालेर किसानलाई परेको प्रभाव पनि यसरी प्रस्तुत गर्नुभएको थियो ।
‘कीट नाशकका रूपमा प्रयोग
गरिने बिख माटो बिगार्ने वा मार्ने प्रमुख कारण बनेको छ, तर अहिले पनि पालिकास्तरका कृषि प्राविधिकहरू माटामा बिख मिसाउन सिकाइराखेकै छन्  । रेडियो
टेलिभिजनहरूमा आउने कृषिसम्बन्धी सरकारी कार्यक्रममा पनि यो विषादी यो मात्रामा भनेर सिकाउने काम जारी छ । उनीहरू आफूले पढेअनुसारको मात्रा मिलाएर हाल्न सिकाउँछन्, तर रोग र कीराबाट आत्तिएका किसानहरू बिखमाथि बिख घोप्ट्याएर आर्थिक हिसाबले
सुरक्षित हुने असफल प्रयासमा छन्  । ’
संघीय सरकारले एपिपि तथा एडिएस भनेर कृषि विकासका अनेक रणनीति कार्यान्वयन गरेको छ । त्यस्ता रणनीतिहरुले को को लाभाञ्वित भएकाछन् भनेर पनि माधवजीले सटिक विचार सम्प्रेषण गर्नुभएको छ  । कृषिमा जत्तिको परियोजनाहरु अरु क्षेत्रमा भएनन् होला ? तर नतिजा, कृषिमा लागेका युवा विदेश पलायन भएकाछन् र दिन प्रतिदिन खाद्यान्नको आयात बढेको छ  । यो नतिजालाई माधवजीले कृषिको व्यावसायीकरण भन्दा जवरजस्तीकरणको संज्ञा दिनुभएको छ ।
‘राज्यले कृषिको आधुनिकीकरण,यान्त्रिकीकरण, औद्योगीकरण, व्यवसायीकरण, बजारीकरण, जोन–सुपरजोन आदि विशिष्टीरणका जे योजना अघि सारेको छ, माटो बचाउने दृष्टिले यी उचित छैनन्  । यी सबै ‘करण’ आमा भनिने भूमिमाथि भएका ‘जबर्जस्तीकरण’ हुन्  । कृषि र स्वास्थ्य क्षेत्रका ठुल्ठूला कम्पनीलाई यसबाट आर्थिक लाभ अवश्य मिलेको छ, तर किसान उपभोक्ता र पर्यावरणलाई यसबाट हानि नै छ ।’
अमेरिकी सहयोगमा तर्जुमा गरीएको पाठ्यक्रममा दिक्षित कृषि प्राविधिक तथा विज्ञहरुलाई माटोको समस्यालाई बुझेर पनि समस्या समाधान भन्दा नयाँ नयाँ
परियोजना प्रस्ताव तयार गरेर
विदेशी कम्पनीहरुलाई फाइदा हुने गरेर वैदेशिक सहयोग माग्न लक्षित हुन्छन्  । माधवजीले उनिहरुलाई कृषिविज्ञ भन्दा माटाका मलामी भन्न रुचाउछन्  ।
‘माटो मरेको हेर्न उत्सुक यस्ता कृषि विज्ञहरूलाई म विज्ञ भन्दिनँ, माटाका मलामी भन्छु । ज्ञान र क्षमता भएर पनि उहाँहरू उपचारक होइन, मलामी बन्न चाहिरहनुभएको छ । रोग उहाँहरूलाई थाहा छ, औषधि उहाँहरूलाई थाहा छ, मात्रा र तरिका पनि उहाँहरूलाई थाहा छ, तर उहाँहरू माटो बचाउनतिर लाग्नुभएको देखिँदैन । सायद माटो कसरी मर्दै छ, त्यसको अभिलेख बनाउनतिर व्यस्त हुनुहुन्छ होला ।’
हाम्रो विचारसंगको सामिप्यता माधवजीले सम्प्रेषण गर्नुभएको विचार पर्यावरणीय कृषि सिद्धान्तमा आधारित छ  । वाहाले माटोमा आश्रय लिएका असंख्य मित्रजीवको आधारमा माटोलाई मृत र जागृत भनेर मोटो वर्गीकरण गर्नुभएको छ । हाम्रो ऋषिकृषि तथा सीतायन वहसमा माटोभित्र बाच्ने मित्रजीवलाई नतिजा र प्रकृतिदेवीलाई कारण मानेर समावेस गरेका थियौ  । हामीले साकार जगतमा प्रकृति र नीराकार जगतमा विभिन्न नामले पुकार गरिने पुरुषको चर्चा गरेका छौ । पृथ्वीदेवी, जलदेवी, अग्निदेव, पवनदेव र उपरोक्त देवीदेवताहरुलाई धारण गर्ने आकाशलाई जागृत कारण मानेका थियौ  । हामी अन्नलाई परिमाणात्मक उत्पादकत्व भन्दा गुणात्मक अन्नब्रह्म भनेर स्वीकार गर्छाै  । जीवको स्वभाव अन्नको गुणस्तरले र अन्नको गुणस्तर कृषि सामाग्री तथा उत्पादन पद्धत्तिले निर्धारण गर्छ भनेर मान्छौ  । माटोलाई मृत र जागृत मान्ने माधवजीको विचार भन्दा गहिरो माटोमा बस्ने जीवको झुण्डमा मित्रजीवलाई भक्षण गरेर मात्र नपुगी लगाएको बालीनै सखाप पार्ने जीवको वृद्धि पनि तिनै देवीदेवताको कारणले हुन्छ भनेर मान्छौ  । पर्यावरणीय कृषिले त्यस्तो अदृष्य कारणलाई आधार लिदैन तर पनि अन्तिम उद्देश्य हामी संग मिल्छ  । हामी दुवैको साझा उद्देश्य अन्नको गुणस्तर र अन्नको गुणस्तर बनाई राख्न माटो र पानीको गुणस्तर व्यवस्थापन गर्नेमा केन्द्रित छ  । त्यस्तो गुणस्तर व्यवस्थापन गर्न हामीले आध्यात्मिक मार्गलाई पनि संगसंगै लान पर्ने आवस्यकतामा हामीले जोड दिन्छौ  । त्यसैले माधवजीको विचारलाई हामीले सीतायनको अवधारणामा पूनरव्याख्या गरेका हौ  । हामी कृषि उत्पादनमा संंलग्न कृषकलाई व्यावशायी भन्दा बढी कर्षणयोगीको रुपमा चित्रण गर्न चाहन्छौ  । अन्न उत्पादनलाई व्यापार भन्दा परोपकारको दृष्टिले हेर्न चाहन्छौ  । आधुनिक कृषि विज्ञानको पाठ्यक्रममा यो भावना समेटीएको छैन । नेपालको भूगोल, जलवायु र जनसस्कृतिमा कृषि पद्धत्तिलाई समायोजन गरेर कर्षणयोगी उत्पादन नगरे सम्म माधवजीको भावनालाई कृषि प्रसारको मूलधारमा समायोजन गर्न सकिदैन  । हामीले कृषि प्राविधिक र शास्त्रीलाई सन्तुलित उपयोग गरेर कृषकलाई कर्षणयोगी
बनाउन चाहन्छौ । कृषि उत्पादन पद्धत्तिलाई सीतायन अवधारणामा प्रसार गर्न सकेमा माटो र पानी दुवैलाई जागृत गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो । माधवजीले माटाका मलामी बनेका कृषि प्राविधिकलाई सही अर्थका कृषि विज्ञ बनाउने हो भने सीतायन अवधारणामा प्रशिक्षित गर्र्नै पर्छ । नत्र उनिहरु विदेशका मल, औजार, वर्णशंकर वीउ तथा वीष उत्पादन गर्ने कम्पनी र नेपालमा होलसेल व्यापार गर्ने व्यापारीको गोटी बनिरहन्छन् ।

Previous Post

कागती बेर्नामा जातिय शुद्धताको प्रश्न : ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो

Next Post

‘हरियो सुन’ फलाउँदै छन् बेगनास जलाधारमा लामिछाने

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘हरियो सुन’ फलाउँदै छन्  बेगनास जलाधारमा लामिछाने

‘हरियो सुन’ फलाउँदै छन् बेगनास जलाधारमा लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In