• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मौसम भन्दा पहिलै बजारमा आँप, घातक रसायन हालेर पकाएको आँप चिनौं 

आरसी टाइम्स by आरसी टाइम्स
१९ जेष्ठ २०८०, शुक्रबार २०:४३
in के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
मौसम भन्दा पहिलै बजारमा आँप, घातक रसायन हालेर पकाएको आँप चिनौं 
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter
 आरसी टाइम्स व्युरो
पोखरा, 
  शहरी फलफुल बजारमा बेमौसमी फलबाट मनग्ये आम्दानी लिन सकिने भएकाले व्यवसायिक प्रविधि र सञ्जालको पहुँच भएका व्यापारिहरुले मौसम पूर्व नै फसलको व्यापार गर्ने जुक्ति अपनाएका हुन्छन्  ।  नेपाली हावापानीमा मौसमी रुपमा तयारी हुनु भन्दा पहिला नै बजारमा आँपहरुको बजारिकरण गरेर बढी लाभ लिने व्यापारि समुहले शहरी बजार केन्द्र्हरुमा  आँपहरुको बजारिकरण थालीसकेका छन्  ।  यस्ता मौसम पहिले नै बजारमा आएका आँपहरु पकृतिक रुपमा पाकेर भोजन योग्य नहुँदै टिपेर भण्डारण गर्ने र बजारको माग अनुसार वितरण योजना अनुसार पकाएर बेच्न राखेको हुने विज्ञहरुले जनाएका छन्  ।   विरामी र जेष्ठ नागरिक तथा वालवालकिाका लागि फलफुल खुवाउने मान्यताले किनमेल गरिने यस्ता आपँ किन्नु भन्दा पहिला रासायनिक प्रकृयाबाट पकाइएको हो वा होइन भनेर उपभोक्ता शिक्षा दिन नेपाल सरकारको कृषि मन्त्रालयका विभिन्न एजेन्सी कार्यालयहरुले ध्यान दिनु पर्नेमा बेवास्ता भइरहेकाले उपभोक्तहरुमा अन्यौलता रहेको पाइएको छ  ।
 बजारमा उपलब्द्ध हरेक कृषि उपजहरु उपभोक्ताको स्वास्थ्य मैत्रि भए नभएको अनुगमन गरेर नियमन गर्ने दायित्व स्थानीय सरकारको भएपनि कृषि प्राविधिक जनशक्तिले कृषि उपजको उपभोग्य मापदण्डका बारेमा उपभोक्ता शिक्षा प्रबाहमा योगदान नगरेका कारण उपभोक्ता जागरुक हुन नसकेका कारण पनि बजारमा घातक रसायन हालेर पकाएका आँपहरुको बजारिकरण भैरहेको पाइएको छ  ।
फलहरुको राजा भनिने आँप धेरैजसो मानिसलाई धेरै मन पर्दछ  ।   केटाकेटी हुन की प्रौढ सबै आँपको मौसमको पर्खाइमा बसेका हुन्छन, जसले गर्दा आफुलाई मनपर्ने फल मज्जाले खानसकुँ भनेर बजारमा पाइएका फसलमा विनाशंकोच लोभिने गर्दछन्  ।   तर रसायनहरु खासगरी   कार्वाइडले पकाएको आँप स्वास्थ्यको लागि धेरै नोक्सान दायक हुन्छ  ।
यस्तो घातक रसायनले पाँचन तन्त्र सम्बन्धी समस्याहरुका साथ साथै क्यान्सर जस्तो खतरनाक रोगहरुको कारण बन्न सक्ने विज्ञहरुले जनाएका छन्  ।  यस्ता रसायन प्रयोग गर्दाका फल खानाले मानव र पशु स्वास्थ्यका साथै खाल्टोमा पुरीदाको माटो समेत रसायनिक रुपमा घातक हुने एक विश्व एउटै स्वास्थ्य मोडलमा अनुसन्धान गरिरहेका प्राविधिकहरुले जनाएका छन्  ।
मौसम पहिलै फसल तयार गरेर बढी नाफा आर्जन गर्ने व्यापारिहरुको मनोवृत्ति नियन्त्रण गर्न पूजीबादी बजार प्रणालीमा  सरकारले नसक्ने भएकाले उपभोक्ता जागरण गरेर उपभोत्ताको स्वास्थ्य रक्षा गर्नु आवश्यक रहेकाले यस्ता आँपहरु किन्नु भन्दा पहिले उपभोक्ताले ध्यान दिनु पर्ने गम्भीर जानकारीहरु विस्तार गर्न सकिएमा पनि जोखिमबाट जोगिने उपायको विस्तारमा सहगोग पुग्ने जनस्वास्थ्य प्रयोगशाला कमीृहरुले जनाएका छन्  ।
  बजारबाट आँप किन्न जाँदा आँप कृत्रिम तरीकाले पकाएको हो कि होइन भनेर जान्न खोज्नु अति जरुरी हुन्छ  ।  जानकारहरुका अनुसार आँप नक्कलि हुँदैन तर तिनलाई आकर्षक बनाउनका लागि कार्वाइड नामक रसायन प्रयोग गरी यसलाई पहेँलो रंगको बनाइन्छ  ।  यसले गर्दा यो साच्चीकै पाकेको जस्तो
देखिन्छ  ।  यो कार्वाइड नामक रसायन स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ  ।
कृतिम तरिकाले कार्वाइडबाट पकाएको आँपको स्वादमा भिन्नता हुने विज्ञहरुले जनाएका छन्  ।  सामान्य रुपबाट पाकेको आँपबाट मिठो मिठो सुगन्ध आउँने र स्वाद धेरै मिठो हुन्छ  ।  त्यहि अर्को तीर रसायनले पकाएको आँप छेउबाट काँचौ अनि बीचमा मिठो हुन्छ  ।
प्राकृतिक रुपले पाकेको आँप पुरै पहेलो हुँदैन  ।   यीनको रंग अलिकति हरियो अलिकति पहेंलो र थोरै सुनौलो हुन्छ  ।   तर कार्वाइड हाली पकाएको आँप एकदम गाढा पहेलो हुन्छ  ।  कार्वाइड राखी पकाएको आँप चाँडै नै कालो हुन्छ  ।
 यसलाई धेरै दिन भण्डारण गर्न सकिदैन  ।
तर प्राकृतिक रुपले पाकेको आँप चाँडै कालो हुँदैन र यी आँपहरुलाई केहि दिनसम्म ताजा राख्न सकिन्छ  ।
 आँपको परिक्षण गर्नाका लागि भेटेरीनरी जनश्वास्थ्य प्रयोगशालाका विज्ञ केदार कार्कीका अनुसार  आँप किन्नु भन्दा पहिला त्यसलाई डुवाएर हेर्न सकिन्छ  ।   पानीमा डुवाउँदा जुन आँप एकदम तल गएर बस्यो भने त्यो प्राकृतिक रुपले पाकेको हुन्छ र जुन आँप सतहमा नै रहयो भने त्यो कार्वाइडले पकाएको हो भनेर चिन्न सकिन्छ ,  यस्तो आँप किन्नबाट जोगीनु पर्ने काकीले जनाएका छन्  ।
क्यालसिय कार्वाइडमा भएको आरसेनिक र फासफोरस पानीले धुँदा जादैनन्  ।   यो शरीरमा गएर मष्तिष्कलाई हानी पु¥याउँछ  ।
 यसले गर्दा टाउको दुख्ने पेट र छातिमा जलन हुन्छ  ।   कार्वाइडमा एउटा घातक रसायन हुन्छ जसको सेवन गर्नाले कैन्सर जस्तो खतरनाक रोग लाग्न सक्तछ  ।   यसबाट शरीरका क्यौं अंगहरुलाई
नोक्शानी पु¥याउँने चिकित्शक कार्कीले जनाएका छन्  ।
  कार्वाइडमा अवस्थित
लैकटोज रसायनहरुको कारण मृगौलाको काम गर्ने तरीकामा असर पर्दछ  ।   यसबाट मृगौला सम्बन्धी समस्या हुन सक्तछ  ।  यसको सेवनले प्यास लाग्ने कमजोरी र थकाइ महशुश हुने स्मरण शक्ति कम हुने  तथा शरीर सुन्निने जस्ता समस्याहरु पनि हुन सक्तछ ।
 कार्वाइड युक्त आँपले गर्भवति महिलाहरु गर्भमा भएको बच्चाहरुमा विभिन्न खाले विकार उत्पन्न हुन सक्तछ  ।   रसायन हालेर पकाएको आँपको सेवन गर्नाले बान्ता हुने र बेचैनी हुने जस्ता क्यौं समस्याहरु हुने छन्  ।
बजारमा आएका बेमौसमी आँप र कृतिम तरिकाबाट पकाइएका आँपहरुको उपभोग गर्नबाट जोगिनु नै उपभोक्ता स्वास्थ्य जोगाउने जुक्ति हो  ।
Previous Post

उच्च घनत्व स्याउ खेति सिकाइदै

Next Post

‘रिमोट सेन्सीङ्ग’ प्रविधिले कृषि तथ्यांक संकलनमा कसरी सहयोग पुग्छ ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘रिमोट सेन्सीङ्ग’ प्रविधिले कृषि तथ्यांक संकलनमा कसरी सहयोग पुग्छ ?

‘रिमोट सेन्सीङ्ग’ प्रविधिले कृषि तथ्यांक संकलनमा कसरी सहयोग पुग्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In