• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

रैथानेकृषि र कृषक प्रबर्धनगर्दै पालिकाहरु

आरसी टाइम्स by आरसी टाइम्स
२३ फाल्गुन २०७९, मंगलवार १०:१२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
रैथानेकृषि र कृषक प्रबर्धनगर्दै पालिकाहरु
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स,
पोखरा, फाल्गुण २३,

कृषि जैविक विविधिता वर्षका रुपमा मनाउने वार्षिका कार्यपात्रो बनेदेखि स्थानीय पालिकाहरुले विभिन्न सरकारी तथा गैरसरकारी सहभागीता र कृषि सञ्जालहरुको सहभागीतामा रैथानेकृषि र कृषक प्रबर्धनका क्रियाकलापहरुमा सक्रियता देखाएका छन् । यस्ता क्रियाकलापहरुमा गाउँपालिकाहरको समेत सक्रियता सँगै पोखरा महानगरका वडाहरुसमेत क्रियाशलि हुन थालेका छन् । हालै पोखरा महानगरको १३ नं वडामा वडा कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा रैथानेकृषि मेला र कृषक जमघट आयोजना गरिएको छ ।
कृषि जैविक विविधता मेला तथा माटो परिक्षण शिविर समेत सञ्चालन गरेको उक्त मेलामा किसानहरुले आफ्नो पहुँचमा रहेका रैथाने कृषि वाली, विउ र कन्दमुल समेतको प्रदर्शनी तथा कारोबार गरेका छन् । साविकको पोखरा १३ मा गाभीएको आर्वा विजय गाविसका कृषि योग्य क्षेत्रका कारण वडाको विस्तारित क्षेत्रका उपभोक्ताहरको तरकारी आपुर्तिको आत्मनिर्भरता बढाउन बाँझो रहेका घडेरी तथा बारीमा पनि भाडामा तरकारी खेतिको अभियान चलाउन लागिएको वडा कृषि सञ्जालका संयोजक नरेन्द्र अधिकारीले बताए ।
बसाइसरकाइका कारण वडामा थपीएका उपभोक्ता परिवारका लागि आवस्यक पर्ने तरकारी वडाकै किसानहरुले उत्पादन गर्ने र महानगरले कृषि एम्वुलेन्स सेवाका माध्यमबाट तरकारीको बजारिकरणमा योगदान तथा सहजकिरण गर्न समेत कृषि सञ्जाल संयोजक अधिकारीले माग गरे ।

वडा स्तरीय कृषि मेलामा आर्बाबेसीमा व्यवसायिक तरकारी खेती गर्दै आएका श्रीधर बरालले खेति गरेको कपुरकोट जातको बोसे अदुवा, ब्रिजकुमार चौधरीको सलादे गोलभेडा र तरकारी, खगेन्द्रराज सिग्देलको पुतली तरुल, बगरबोट कृषि समूह आर्वा कुना खेतको जनकदेव आलु तथा गहुँबालीको नमुना , सृजना नर्सरीको पूष्प र विजयपुरका मुलाहरु दर्शकहरुका आकर्षणका विषय बन्नपुगे ।

वडाभित्रका किसानलाई लक्ष्य गरी गरिएको कृषि मेलामा विभिन्न १० वटा स्टल राखिएको र यी स्टलहरुमा किसानहरुले समूहगत तथा व्यक्तिगत कृषि उत्पादनका नमुना प्रस्तुत गरेको बडाध्यक्ष किरण बरालले जनाए । किसानहरुमा माटो परिक्षण गर्ने र माटो उपचार गर्ने प्रणालीको विकास गर्न आगामी बैशाख महिनामा वडाका वस्ती स्तरमा किसानहरुको सहभागतिा हुने गरि माटो परिक्षण तथा बाली उपचार शिविर संचालनको चाजोपाँजो मिलाउने पनि वडाध्यक्ष बरालले जनाए ।

वडा कार्यालय परिसर मियापाटन कुडहरमा भएको मेलामा आयोजित कृषि मेलामा माटो तथा विषादी परिक्षणका लागि मल तथा माटो परिक्षण प्रयोगशालाका प्रविधिकहरुले मोवाइल भेइकल प्रयोगशाला मार्फत सेवा दिए ।

समारोहलाई सम्बोधन गर्दै महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले वडाका किसानहरुले तरकारी उत्पादनको सुनिश्चितता गरेमा निकट भविश्यमा महानगर स्तरयि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको जनाएँदै साप्ताहिक कार्यपात्रो बनाएर तरकारी संकलन तथा बिक्रिस्थलहरुमा वितरणको परिपाटी बसाल्न लागिएको जनाए । हाम्रो बाँच्ने आधार नै कृषि भएकाले सबैले स्वस्थ कृषिमा जोड दिनु पर्ने र विषादी तथा रसयानबाट मुक्त रहेको कृषिका लागि पहल गर्नु पर्ने खाँचो रहेको कृषि महाशाखा प्रमुख कडरीयाले बताए ।
किसानी पेसामै रमाउँदै आएका स्थानीयहरु वडा कार्यालयमै आफ्नो उत्पादन प्रदर्शनमात्रै नभएर बिक्री वितरण तथा कृषि प्राविधिकहरुसँगै रोग नियन्त्रण तथा माटो रवाली उपचारका जुक्ति पाउँदा खुशी देखिए ।

Previous Post

हेमजा आलुमेला चैत्रान्तमा

Next Post

भत्कीदै पौवा र पाटी हराउँदै चौतारी—पोखरी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
भत्कीदै पौवा र पाटी हराउँदै चौतारी—पोखरी

भत्कीदै पौवा र पाटी हराउँदै चौतारी—पोखरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In