• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव

आरसी टाइम्स by आरसी टाइम्स
१९ चैत्र २०८०, सोमबार १९:५६
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १९
नेपालमा कृषिको विकासका कुरा गर्नेहरुले विदेशका लागि कृषि उत्पादन गर्ने र विदेशी मुद्रा आर्जन गरेर सटहीदरमा उच्च मुल्य पाउन सकिने गफ गरेर नेपाली किसानहरुलाई भ्रमित पारेको सन्दर्भलाई उठान गर्दै हालै पोखरामा भएको रैथाने कृषि सम्बादमा कृषि उद्यमशीलता विज्ञले विदेशका लागि कृषि गर्छु भनेर टाट पल्टीने बाटो नहिड्न र रैथाने बजारमा आफ्नो उपस्थिति बलीयो पार्ने रणनिति अपनाउन सुझाए  ।

नेपाली मुलका क्यानाडेली नागरिक नारायण घिमिरेले नेपाल आएको मौका पारेर काठमाण्डौ र पोखरामा विभिन्न रचनात्मक सम्बाद सृंखलामा सम्बोधन गर्ने तालिका अनुसार गत शनिबार पोखरामा रैथाने कृषिसंग जोडिएका उद्यमशीलताका सबालमा प्रस्तुति दिए  । पोखरा महानगरको उद्यम प्रवद्र्धन केन्द्रमा दिएको प्रस्तुतिमा रैथाने कृषि उद्यमीहरुलाई सहजिकरण गर्ने क्रममा बाहिर पठाउने भन्दा बाहिरको आयात रोक्ने बिकल्पमा कृषि इलम गर्नाका लागि घिमिरेले सुझाए  ।


खाध्य तथा औषधिबिज्ञ समेत रहेका नारायण घिमिरेले उत्तर अमेरीकी बजारको अनुसनधान चरित्रलाई आधार मानेरविकसित देशले रु १ को कच्चा पदार्थ किनेर रु १५ मा प्रसोधित बस्तु सोहि अल्पविकसित देशमा बेच्न खप्पीस विदेशी बजारमा कच्चा कृषि बस्तु बेचेर लाभ कमाउने सपना देख्नु भन्दा रैथाने बजारमा माग भइरहेका कृषि बस्तुमा आफनो उपस्थीति बलीयो पार्न नागरिक र रैथाने सरकारको साझोदारी जरुरी देखिएको बताए  ।

हाम्रो वरपर पाइने वन्य र अन्न वनस्पतिबाट रैथाने खाना र औषधीको श्रोत पाउन सकिने तथ्य चर्चा गर्दै विदेशी बजारमा उच्च मुल्यमा पाइने औषधीय बनस्पति तथा खाद्य बस्तु हाम्रै नेपाली बनपाखा र टारी—खोल्सामा पाइने तथ्य बताउँदै पोखरा आसपासका बजारमा माग भएका कृषि जन्य बस्तु स्थानीय वन्य श्रोतमा नै पाइने भएकाले स्थानीय सरकारले माग र वस्तुको प्रोफाइल तयार पार्न तथा अनुसन्धानमा सहजिकरण गर्ने, किसानहरुले इच्क्षा र शिक्षामा चासो राख्दै उत्पादनमा सक्रिय अभ्यास गर्ने तथा विदेशमा रहेका नेपाली वैज्ञानिकहरुले स्वयंसेवी सहजिकरण गर्दै उद्यममा रुपान्तरण गर्न सकिने घिमिरेले खाका प्रस्तुत गरे  ।

कुनै एक कृषि जन्य उद्योग स्थापना हुँदा १६ थरीका उपक्षेत्रलाई रोजगारी उपलब्ध गराउँने र आन्तरिक अर्थतन्त्र चलायमान बनाउने विश्वसनीय परियोजनामा मात्र सरकारी लगानीको चासो हुनु पर्ने बताउँदै उपलब्ध बाझो जग्गालाई श्रोतका रुपमा परिचालन गर्न सकिने प्रशस्त सम्भावना रहेको घिमिरेले बताए  ।

शहरी योजना आयोग उपाध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा भएको समारोहमा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङ लगायत अलैची उत्पादक , जडीबुटी उत्पादक, तितेपातीबाट औषधी उत्पादक , रैथाने खाजा उत्पादक, कागती उत्पादक किसानहरुका अतिरिक्त महानगर कृषि सञ्जालका प्रतिनिधिहरुको सहभागीता रहेको थियो  ।

पोखरा महानगरको पाँचवर्षे आवधिक योजना तर्जुमाको गृहकार्य भइरहेको सन्दर्भमा भएको रैथाने कृषि उद्यमशिलताको सम्बादले योजना तर्जुमाका रणनितिक आयामहरु पहिचान गर्न सहयोग पुर्याउने विश्वास दिलाउँदै सभाध्यक्ष लामिछानेले निकट भविष्यमा पर्यटन र कृषि उद्यमबारे अर्को सम्बादको जमर्को जुटाउने प्रतिवद्धता जनाएका छन्  ।

Previous Post

पोखरा कृषि बजारमा नयाँ नेतृत्व

Next Post

घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र

घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In