• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

लमजुङमा बर्षे आलु उत्पादनमा किसान उत्साहित

आरसी टाइम्स by आरसी टाइम्स
१३ भाद्र २०७९, सोमबार २१:०९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर
0
लमजुङमा बर्षे आलु उत्पादनमा किसान उत्साहित
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
लमजुङ्ग, भाद्र १३

गण्डकी प्रदेशको वातावरणीय विविधताका कारण एकै कृषि बालीको अनुकुल मौसम अर्को भौगोलिकतामा बेमौसमी बाली हुन पुगेर बजारमा उच्च मूल्य पाउने सम्भावना राख्दछ । यस्तो सम्भावना हरेक उच्च पहाडी र हिमाली बस्तीका कृषि बालीको मौसमी उत्पादन बेसी र तराइका बस्तीका लागि बेमौसमी वा सिजन पहिल्लैका बालीका रुपमा बजारमा आकर्षण पाउने मौका देखिन्छ् । यस्तै गरि लम्जुङ्गका टारी फाँटहरुमा लगाइएका बर्षे आलु उत्पादनले हिउँदे आलु भन्दा बढी बजार मुल्य दिने भएकाले किसानहरु उत्साहित भएका छन् । यसैपनि कृषि ज्ञान केन्द्र लम्जुङ्गले किसानहरुलाई सामूहिक आलुखेति गर्ने , भण्डारण गर्ने र बजार मुल्य उच्च भएको बेलामा बजारिकरण गर्ने जुक्ती सिकाउँदै आएका हुनाले किसानहरु बर्षे आलु उत्पादनमा हौसीएको कृषि प्राविधिक विजय पौडेलले जनाएका छन् ।


कृषि ज्ञान केन्द्रले प्रदेश सरकारको नियमित सहकार्यका रुपमा वार्षिक रुपमा आलु खेती प्रवर्दन कार्यक्रम संचालन गर्ने गरेको छ भने संघिय सरकारबाट समेत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आलु ब्लक विकास कार्यक्रमबाट बजारमुखी उच्च मुल्य प्राप्तीको सम्भावना बढाउन वर्षे आलुको ब्लक बनाएर कार्यक्रम संचालन गर्ने गरेको ज्ञान केन्द्र प्रमुख सुदिप खतिवडाले जनाएका छन् ।
आलु खेतिका सबालमा गएको एक वर्षमा जिल्लागत तथ्याङ्क केलाउने हो भने हिउंदे आलुका लागि जिल्लाको सबै पालिकामा खेतियोग्य र अभ्यास निरन्तर देखिएपनि वेशिसहर, सुन्दरबजार, मध्यनेपाल, राइनास, दोर्दी, मस्र्याङदी पालिकामा विशेष कार्यक्रम संचालन गरिएको भएपनि मस्र्याङदी क्षेत्रमा ३४ हेक्टरमा लगाइएको बर्षे आलुको उत्पादनले बजारमा बेमौसमी मुल्य पाएको कृषि प्रविकि किरण सापकोटाले जनाएका छन् ।

यतिबेला कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा आलु ब्लक कार्यक्रम अन्तर्गत मस्र्याङ्दी—७ छिनखोलाको किसानहरु आलु खन्न र थन्क्याउनमा ब्यस्तरहेको कृषक अजय दोङ्ग तामाङ्गले जनाएका छन् । अलैची खेतिमा आत्मनिर्भर भएको लमजुङ्गले अव आलु खेतिबाट पनि आत्मनिर्भर र निर्यात मैत्रि भूमिका खेल्ने जमर्को देखाएको तामाङ्गले बताए ।

लमजुङ जिल्लाका सबै स्थानिय तह आलु खेतीका लागि सम्भाव्य स्थल भएपनि बर्षे आलु खेतिका लागि मस्र्याङदी गाउपालिका को वडाहरु २, ७,४, दुधपोखरी गाउंपालिकाको फुलनगिरी, ईलमपोखरी, गौंडा, दोर्र्दी गाउपालिकाको दाम्राङ जस्ता स्थानलाई पहिचान गरिएको कृषि प्राविधिक सापकोटाले जनाए । कृषि ज्ञान केन्द्रले वर्षे आलु खेतिका लागि ४ वटा समूह, सहकारीमा आवद्द १५० घरधुरीलाई करिव ११ लाख रुपैया अनुदान गरि बीउ खरिद, यन्त्र उपकरण, बाली संरक्षण जस्ता कार्यमा सहयोग गरेर ३७२ टन आलु उत्पादन गरेको र हालको बजार मुल्यमा ५८ लाख आर्ज गरिएको जनाइएको छ । यो आलुलाई पोखरा तथा भरतपुर र काठमाण्डौ जस्ता शहरी उपभोक्ता र पर्यटन बजारमा पहुँच गर्न सकेमा अझ बढी बजार मुल्य पाउने सम्भावना रहेको छ ।

Previous Post

कृषि ज्ञान केन्द्र नवलपुरको आलु खेति र बाली बिमा कार्यक्रम सम्बन्धी सूचना

Next Post

मनाङ्गका चौरीहरुमा अज्ञात रोग

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मनाङ्गका चौरीहरुमा अज्ञात रोग

मनाङ्गका चौरीहरुमा अज्ञात रोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In