• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘लम्पी स्किन’ महामारी बढदो क्रममा

आरसी टाइम्स by आरसी टाइम्स
२ जेष्ठ २०८०, मंगलवार १७:३९
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
‘लम्पी स्किन’ महामारी बढदो क्रममा
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, जेष्ठ २
   छालामा ५० एम.एम सम्मको मासुको डल्ला बन्ने, डल्ला बढेर घाउ बनेपछि फुट्ने ,मासुको डल्ला बेस्सरी चिलाउने र त्यो बेलामा पशुले जिब्रोले कन्याउँदा खस्रो जिब्रोका कारण घाउ खुइलिएर फुट्ने गरेको  समस्या पर्वतमा देखा परेको  छ  । पछिल्लो समय पशुमा महामारीको रूप लिएको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिएको पाइएको हो  ।
गएको  चैत २८ गते  पर्वतको फलेवास नगरपालिका–९ भँगरा स्थित सिरुबारीका  एक कृषकले पालेको गोरुमा ‘लम्पी स्किन’ देखिएको थियो  । फलेवास नगरपालिकाको पशु विकास शाखाका प्रमुख प्रताप पौडेलका अनुसार त्यो गोरुलाई ‘आइसोलेसन’सहित निगरानीमा राखेर उपचार गरेपछि निको भएको भएपनि  दोस्रो पटक गत वैशाख १८ गते फलेवास–६ देवीस्थानमा पालिएको एउटा ब्याउने गाईमा ‘लम्पी स्किन’ देखा प¥यो  ।  उक्त गाईलाई पनि उच्च निगरानी सहितको ‘आइसोलेसन’ मा राखेर उपचार जारी राखेपछि अवस्थामा सुधार आएको छ  । देवीस्थानपछि वडा नं. १० कुर्घा र वडा नं. ३ शंकरपोखरीमा पनि यो महामारीबाट ग्रसित गाई र गोरु देखा परेका छन्  । पछिल्लो समयमा फलेवासमा मात्रै ९सय १० ओटा पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको शाखा प्रमुख पौडेलले बताए  । नेपालमा दुई वर्षअघि पहिलो पटक यसको संक्रमण देखिएकोमा पर्वतमा पहिलो पटक देखिएको हुन सक्ने पशु प्राविधिक बताउँछन्  । गाई र भैँसी दुवै संक्रमणको बराबर जोखिममा हुने भए पनि फलेवास नगरपालिकामा भने हालसम्म भैँसीमा संक्रमण देखिएको छैन  । संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा विभिन्न माध्यमबाट संक्रमण फैलिने जोखिम रहेको तर कृषकले यसमा त्यति ध्यान नदिएका कारण ‘लम्पी स्किन’ महामारीको रूपमा फैलिन सक्ने यसक्षेत्रका पशु चिकित्कस बताउँछन   ।
 ‘लम्पी स्किन एक भाइरल प्रकारको छाला रोग हो र यसले गाईबस्तुलाई असर गर्छ  । यो रगत खाने कीराहरू झिँगा, लामखुट्टे, डाँस, लगायतको टोकाई, ¥याल लगायतबाट फैलिन्छ’, विज्ञ केन्द्रका रामजि पौडेलले भने  । पौडेलका अनुसार यसले छालामा नराम्रो असर त पार्छ न,ै जनावरमा ज्वरो पनि आउँछ  । समयमै उचित उपचार हुन नसके पशुको मृत्यु पनि हुन सक्छ  ।
विशेषगरी जनावरहरूमा जो पहिले भाइरसको सम्पर्कमा आएका थिएनन् तिनीहरू बढी जोखिममा हने पौडेलको दावी छ  । बस्तु चराउन लैजाने, सार्वजनिक रूपमा छोड्ने गर्दा महामारी झनै फैलिने भएकाले सङ्क्रमित पशुलाई ‘आइसोलेसन’ मा राख्नुपर्ने प्राविधिकको सुझाव छ  । संक्रमणबाट जोगाउनुपर्ने बेलामा एक पशुबाट अर्कोमा संक्रमण सार्ने गरी चराउन लैजाँदा जोखिम बढी देखिएको छ   ।
 स्थानीय सरकारले कृषि  र पशु, जग्गा, कृषि कर्मलाई कम महत्व दिँदा यस्ता महामारी नियन्त्रण बाहीर रहेने किसानहरुले  बताएका छन  । योसँगै कृषकको प्राथमिकतामा पशु नपर्दा उनीहरूले स्याहार नपाउने, गोठ सफा नहुने लगायतका कारण रोग बढेको छ  । किरा, फट्याङ्ग्रा, लामखुट्टे, झिँगा, डाँस लगायतका माध्यमबाट एक पशुबाट अर्को पशुमा प्रसारण हुने र रगत चुस्ने किराको माध्यमबाट सरिरहेको छ  । पर्वतको लगभग सबै क्षेत्र र पालिकामा देखिइसकेको उनले बताए  । यो रोग लागेपछि ‘पशुहरूको लागि यो एकदमै पीडादायी हुने र सुरुको अवस्थामा खुट्टा र घाँटी सुन्निने समस्या हुन्छ  । कृषकले पनि लम्पी स्किन हो भन्ने अनुमान गर्न सक्नुहुन्न  । जसका कारण सुन्निएको औषधि खुवाउने वा प्राविधिकलाई नदेखाउने पनि देखिएको छ’, उनले भनेका छन्, ‘सुरुवाती लक्षणको रूपमा घाँटी र खुट्टा नै सुन्निन्छ  । शुरुको अवस्थामा शरीरमा फोकाहरू देखिँदैन  ।
फोका देखिइहालेमा त लम्पी स्किन हो भने अनुमान गर्न सकिहालिन्छ  । कृषक झुक्किएका कारण सँगै रहेका पशुलाई आइसोलेसनमा राखिएको छैन  । जसका कारण थाहा नपाइकनै यसको संक्रमण बढेको छ  । बिरामी पशु सँगै  सामान्य पशु भयो भने  अन्यमा पनि  रोग सरिहाल्छ  । ’ नगरपालिकाका विभिन्न स्थानमा संक्रमण देखिएको र यो बढ्न सक्ने सम्भावना रहेकोले फलेवास नगरकार्यपालिकाले रोग नियन्त्रणका लागि आवश्यक सबै कदम चाल्ने भनेर निर्णय गरेको नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए  । रोग नियन्त्रणमा लिन प्राविधिक औषधीसहित खटिरहेको  भन्दै उनले  व्यावसायिक फर्म र दूध सकलन गर्ने क्षेत्र बढी सजगता अपनाउन आग्रह गरीएको तिवारीले बताए   ।
Previous Post

प्रादेशिक कृषि विकासका लागि उपभोक्ता शिक्षाको खोजी

Next Post

जैविक विविधतामा पूजीकृत भएको कृषि

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
जैविक विविधतामा पूजीकृत भएको कृषि

जैविक विविधतामा पूजीकृत भएको कृषि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In