• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २१:५९
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 आरसी टाइम्स व्युरो
म्याग्दी, चैत्र २७
म्याग्दीको मंगला गाउँपालिका धापुङ्गका किसानहरु तरकारी बालीका लागि कृषि प्राविधिकहरुबाट खेतबारीमा सेवाटेवा पाएर उत्साहित भएका छन्  ।म्याग्दकिो मंगला खोला किनारको बाबीयाचौर बजार कमाण्डक्षेत्रमा पर्ने धापुङ्गमा व्यवसायिक कृषिको अभ्यास नभएको र निर्बाहमुखी खेतिका भरमा कृषि कार्य निरन्तर रहेको अवस्थामा सुधारीएको प्रविधि प्रयोग गरि तरकारी खेति सिकाउन कृषि ज्ञान केन्द्र म्याग्दीले हालै स्थलगत सेवाटेवा मार्फत किसानलाई समेट्दा किसानहरु उत्साहित भएका हुन्  ।हालसम्म कृषि विकासका लागि सिप र प्रविधिको सबालमा स्थानीय पालिकाबाट कुनै पनि कृषि सहजिकरण नपाएको गुनासो गर्दै सम्पर्कमा आएका किसानहरुलाई समेटेर उक्त तालिम गरिएको जनाइएको छ  ।स्थानीय किसानको मागमा तालिम प्रयास गरिएकोमा १८ जना महिला र ३ जना पुरुषहरु सहभागी भएको तालिमका सहजकर्ता एवं कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक श्यामशरण कुर्मीले जनाएका छन्  ।

ज्ञान केन्द्रले कृषक पाठशाला र अन्य परियोजनाको पहुँचमा नपरेका विकट र पिछडीएको बस्तीका किसानहरुलाई लक्षित गर्दै चालु वर्षका लागि १० स्थानमा किसानलाई स्थलगत सेवा टेवा तालिम उपलब्ध गराउने लक्ष राखेको कृषि ज्ञान
केन्द्रका प्रमुख किरण सिग्देलले जनाएका छन्  ।सबै सरकारी सेवा टेवाबाट ओझेलमा परेका र सिप सिक्ने इच्छा राख्ने सिमान्त बस्तीका किसानलाई एक दिने तरकारी खेति तालिमबाट मौसमी, बेमौसमी तरकारी खेति, विउ वेर्ना व्यवस्थापन जुक्ति, रोगकिरा नियन्त्रणका उपाय तथा केहि कृषि औजार र वेर्ना उमार्ने तकनिकिका बारेमा सहजिकरण गरिएको सहजकर्ता कुर्मीले जनाएका छन्  ।

हालैको हप्तामा भएको तालिममा निर्वामुखी कृषि गरिरहेका किसानहरुलाई बजार निर्भरता न्युन गर्न र सकेसम्म बजारउन्मुख तरकारी वालिमा सहभागीता बढाउन पहल गरिएको सहजकर्ता कुर्मीले जनाएका छन्  ।यो क्रममा काक्रो, चिप्लेभिण्डी, करेला, जुकेनी फर्सी, बोडी, सिमि, रायो  साग जस्ता मौसमी तरकारी खेतिका कर्मलाई सहजिकरण गर्ने तथा सिंचाइका लागि हजारी र बेर्ना उमार्ने कोकोपिट तथा ट्रे एवं स्पे्रयर पनि निशुल्क दिएर किसानलाई हौसला गरिएको जनाइएको छ  । किसानहरुलाई दिएका सिप र औजारहरुको उपयोगीता अनुमनका लागि गरिने पहलहरुमा निगरानी गरिने र मागमा आधारित तालिमे सत्रमा जोडदै जाने गरि कृषि सेवा प्रसार र कृषि विकासमा सहजिकरण गरिने लक्ष रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले व्युरोलाई जनाएका छन  । चालु वर्षमा गरिने १० वटा स्थलगत तालिमहरु अव हरेक हप्ता जसो सञ्चालन गरिने र कार्यालयका जनशक्ति तथा तालिममा आएका जुनियर प्राविधिकहरुलाई समेत परिचालन गरि दुइ महिनामा सम्पन्न गर्ने योजना रहेको जनाइएको छ  ।

Previous Post

काउली बालीमा कृषक पाठशाला : विषादी रहित खेतिका लागि किसानको सिकाइ

Next Post

सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री

सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In