• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

विज्ञानपरक चतुश्लोकी भागवत

आरसी टाइम्स by आरसी टाइम्स
१८ भाद्र २०८०, सोमबार १६:१०
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विचार
0
विज्ञानपरक चतुश्लोकी भागवत
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे
हामीले विगत पाँचवर्ष देखि ऋषिकृषि वहस अन्तरगत शास्त्रोचित विज्ञानलाई प्राथमिकताकासाथ समावेस गरेका थियौ  । तर ति वहसहरुको पहुँच कथावाचक भागवताचार्यसम्म पुगेको महसुस भएको थिएन  । भाषा र मनोवैज्ञानिक पक्षलाई प्राथमिकता दिएर बनेको पाठ्यक्रममा दिक्षित शास्त्रीहरुबाट हामीले शास्त्रोचित विज्ञान पक्षको दृष्टान्त पाउने अपेक्षा राखेका थिएनौ  । तर शास्त्रीहरुले विज्ञान पक्षको उपेक्षा गर्दा अन्न प्रदुषण गरेर जनताको विचार प्रदुषण गराउने पाश्चात्य रणनीतिमा विकास भएको पाठ्यक्रममा दिक्षित कृषि प्राविधिकहरु स्वच्छन्द हुने मौका पाएको अनुभव हामीलाई भयो ।

आधा गाग्री अल्लीधेरै छचल्किन्छ भनेर आधुनिक कृषि अर्धविज्ञानलाई आरोप लागे जस्तै केवल मनोविज्ञानलाई मात्र केन्द्रमा राखेर शास्त्र व्याख्या गर्दा पनि आधागाग्रीकै आरोप आउन सक्छ  । प्रतक्षलाई शब्दप्रमाणले मात्र विस्थापन गर्न सक्दैन । धेरैजसो भागवताचार्यहरु वैदिक विज्ञानमा कमजोर देखिनुहुन्छ । त्यो वाहाहरुको भन्दा पाठ्यक्रमको दोष हो । सस्कृत पाठ्यक्रमले तत्त्वलाई भन्दा भाषालाई जोड दियो । पाठ्यक्रम संसोधन गर्दा पनि गणित र विज्ञानलाई भन्दा भाषालाई नै प्राथमिकता दियो । चतुश्लोकी भागवतमा सत्यता छ । त्यो पूर्ण छ  ।

वैदिकशास्त्रीहरुले कृषिवार्तालाई उपेक्षा गरेको अवस्थामा उनिहरुले आधुनिक कृषि प्रविधिमा धर्म, सस्कृति तथा पुस्तौपुस्ताको अनुभवले निखारीएको परम्परालाई विकासको बाधक मानेर विस्थापनको प्रयास गरेका थिए  । उनिहरुको विश्वास मनोविज्ञान भन्दा धेरै विज्ञानमा केन्द्रित थियो  । आधुनिक कृषिको अभ्यासले कृषि उपजको गुणस्तरमा ह्रास हुने अनुभव केही प्राविधिकले गरेपछि अंग्रेजको शासनकालमा नै भारतवर्षबाट सिकेको शास्त्रोचित कृषि प्रविधिलाई अनुकरण गरेर अग्र्यानिक कृषि अवधारणाको अनुसन्धान सुरु गरेका थिए  । त्यसले आधुनिक कृषि प्रविधिबाट सन्तुष्ट नभएका पाश्चात्य पाठ्यक्रममा दिक्षित हाम्रा कृषि प्राविधिकहरु पनि अग्र्यानिक कृषि तर्फ आकर्षण गरेको थियो । यति हुँदासम्म वेदवादी शास्त्रीहरुले अनिहरुसंग सहकार्य गर्न सकेनन् । सहकार्यको अभावमा अग्र्यानिक कृषिका प्राविधिकहरुले प्रविधि सम्वद्ध शब्दहरुलाई नेपालीकरण गर्न समेत सकेनन्  ।

तैपनि वेदवादी शास्त्रीहरुको ध्यान भङ्ग हुन सकेन । विदेशी धर्मप्रचारक र उनिहरुको उत्प्रेरणमा धर्मनीरपेक्षताको नीति अँगाल्ने राजनीतिको विरोध गर्ने उनिहरुको उर्जा वेदोचित कृषि प्रविधिको विकासमा लगानी गरेको भए उल्लेखनीय उपलब्धि प्राप्त हुनसक्थ्यो । त्यसैले विगतका दुई हप्तामा हामीले कथावाचक व्यासाचार्यहरुलाई लक्ष गरेर वहस गरेका थियौ  । विष्णुपुराण, तृत्तीय अंश, अध्याय ६ अनुसार वेदव्यासले आप्mनो शिष्य रोमहर्षणलाई चतुश्लोकी पुराणसंहिता मात्र दिनुभयो । रोमहर्षणले आप्mना शिष्यहरु सुमति, अग्निवर्चा, मित्रायु, शाँसपायन, अकृतव्रण र सावर्णि गरेर छजनाको सहयोगमा पुराणमा ऐतिहाँसिक दृष्टान्त जोडेर विस्तार गर्नुभएको उल्लेख छ । चतुश्लोकी भागवतलाई बोधगम्य बनाउदा चारश्लोकबाट विस्तार भएर चारलाख श्लोकका अठारपुराणहरु लेखिन पुगेको सत्य पुराण स्वयंले उल्लेख गरेका छन् ।

तैपनी पुराणहरु वैदिक विज्ञानलाई बोधगम्य बनाउन सक्षम भएनन् र त्यत्तिनै उपपुराणहरु तथा उपनिषद्हरु लेख्न परेको थियो । “इतिहासपुराणं पञ्चमं वेदानां वेदम्” भनेर तिनलाई “पंचम वेद”को संज्ञा दिइयो  । यतिधेरै प्रयास गर्दापनि वैदिक विज्ञानलाई बोधगम्य बनाउन नसकेर “शतकोटिप्रविस्तरम्” जस्तो शब्द प्रयोग गरेर वर्तमान पुराणहरुलाई संक्षिप्त भनियो । ब्राह्माण्ड संचालनको सम्विधान बोधगम्य नहुँदा स्वयं नारायणले समेत तेइसपटक अवतार ग्रहण गरेर संसोधन सन्देश सम्प्रेषण गरी चौविसौ अवतारको तैयारी गर्दै हुनुहुन्छ  । यसमानेमा चतुश्लोकी संहिताको मूलमर्मलाई अक्षुण राखेर पुराणहरुमा ऐतिहाँसिक दृष्टान्तहरु थप्ने तथा हटाउने कार्यलाई शास्त्र स्वयंले स्वीकार गर्छ । त्यै आधारमा हामीले भागवताचार्यहरुको वाचनकुशलतालाई रचनात्मक लक्षमा उपयोग गर्ने उद्देश्य सहित गत दुई हप्तामा प्रयास गरेका हौ ।

हाम्रो प्रयासलाई भागवताचार्यहरुले सकारात्मक रुपमा लिनुभएमा नयाँपुस्तालाई उत्प्रेरणको साधन बन्न सक्ने थियो  ।
शास्त्रहरु सृष्टिको प्रारम्भ पानीमा भएको र प्रलय पनि पानीकै कारणले हुन्छ भन्छन्  । वराह अवतारले सम्प्रेषण गर्न खोजेको वैदिक विज्ञानलाई केन्द्रमा राखेर हिमवतखण्डमा उल्लेखित दृष्टान्तलाई आधार मान्ने हो भने उक्त अवतारको रहष्यबाट क्षीरसागरको रहष्य खोतल्न सकिन्छ । योगनिन्द्रा पश्चात नारायणले सृष्टिको प्रारम्भ त्यही सागरबाट सुरु गर्नुभएको छ । योगनिन्द्राकालमा वाहाँले विश्राम गर्ने वासस्थानको गुण थाहा नहुनेले जत्तिनै शब्द खर्च गरेपनि नारायणलाई चिन्न नसकेको जस्तो हुन्छ ।

सुर र असुर तथा क्षीरसागर र नीरसागरको सहि व्याख्या गर्न सकेमा समुन्द्र मन्थन पनि यसै भूमिमा भएको पुष्टि हुन्छ  । राजतन्त्र वा गणतन्त्र तथा धर्मसापेक्षता वा नीरपेक्षता जस्ता राजनैतिक तर्कले याहाँको भूगोल परिवर्तन हुनसक्दैन  । सस्कृतिको निर्माण राजनीतिले भन्दा भूगोलले निर्माण गर्ने हो  । याहाँ उपलब्ध भौतिक प्रमाणहरुलाई उदाहरण दिएर शास्त्रको व्याख्या गर्ने होभने राजनैतिक व्यवस्थाले हाम्रो संस्कृतिलाई प्रभाव पार्न सक्दैन  । नेपालको भूमि क्षीरसागरले सिंचित भूमि हो । त्यसको प्रमाण कृष्णागण्डकी प्रस्रवणमा प्रयाप्त पाइन्छ । शास्त्रहरुमा उल्लेख भएका तिनै दृष्टान्तहरु प्राङ्गारिक कृषि अनुकुल भएकोले कृषि प्राविधिकहरुले भन्दा भागवताचार्यहरुले नतिजा प्रदर्शन गर्नसक्ने आधार हामीसंग छ । हाम्रो संस्कृत शिक्षाको पाठ्यक्रम प्रविधि भन्दा भाषा केन्द्रित भएकोले विद्यापीठको शिक्षाले त्यस्तो परिणाम दिन मुस्किल हुन्छ  । त्यसैले भागवताचार्यहरुले अतिरिक्त अध्ययन भने गर्नैपर्ने हुन्छ  ।

वेदव्यासले चतुश्लोकी भागवत दिदा भगवानको वचन भनेर द्वित्तीय स्कन्ध, अध्याय ९ मा ३० देखि ३६ सम्म जम्मा सातवटा श्लोक दिनु भएको छ  । खास चतुश्लोकी भागवत त ३२ देखि ३५ सम्म मात्र हो  । ३० र ३१ त चतुश्लोकी मनोविज्ञानको कारण र ३६ औं श्लोक निष्कर्ष हो । विज्ञानको जग नभएको मनोविज्ञानले सत्यको प्रतिनिधित्व गर्दैन र मनोविज्ञान पक्षलाई उपेक्षा गरेको विज्ञान समाजमा विस्तार हुन सक्दैन  । शास्त्रहरु विज्ञान र मनोविज्ञानलाई समन्वय गर्ने सुत्रमा व्यक्त भएका छन्  । एक घैंटो शास्त्रमा आधा विज्ञान, आधा मनोविज्ञान छन् । कुनै एक पक्षमा मात्र अहङ्कार गर्दा आवाज मात्र ठूलो हुने हो, सत्य बोध हुँदैन । “ज्ञानं परमगुह्यं मे यद् विज्ञानसमन्वितम्”, यो श्लोकको मर्म यही हो । आधुनिक कृषिले विज्ञानपक्ष मात्र समातेर मनोविज्ञानपक्षको उपेक्षा गर्दा माटो मृत भयो, अमृत सरहको पानी वीष भयो, स्थानीय भूगोल सुहाउँदो वीउ हरायो, अनौठा अनौठा रोगकीराले सतायो । त्यस्को नतिजा अन्नको गुणस्तरमा देखियो ।

हुँदाहँुदा परिमाणात्मक उत्पादनमा पनि ह्रास भयो । अहिले नेपाली भूगोल र भूगोलले निर्माण गरेको खाद्यसंस्कृतिमा कृषिप्रविधिमा प्रयुक्त अर्धविज्ञान लगभग हार खाएको छ  । कृषि प्राविधिकले हार नखाएको भएपनि जनताले उनिहरुलाई पत्याउन छाडेको लक्षण देखा परेको छ  । युवाजनशक्तिले कृषि व्यावशायलाई त्याग गरेर विदेशमा श्रम लगाउन प्राथमिकता दिनु त्यसको प्रमाण हो । खाद्यबजारमा प्राङ्गारिक उत्पादनको माग बढनु थप प्रमाण हो । खाद्यपदार्थ औषधि गुणस्तरको हुनुपर्छ भन्ने मान्यता उपभोक्तामा छ  । तर कृषिमा प्रयुक्त अर्धविज्ञान परिमाणात्मक उत्पादनबाट बाहिर निस्कन चाहेको छ, तर सकेको छैन  । अनुदानको सहारामा अर्धविज्ञानलाई भरथेग गर्ने प्रयास भएको छ  । त्यसले पनि नतिजा दिन सकेको छैन  ।

उपभोक्ताहरु परिमाणात्मक कृषि भन्दा गुणात्मक कृषिमा आकर्षित भएको संकेत हाल लोकपृय बन्दैगएको कौसीखेतीले गरेका छन्  । जमिनको अभावमा घरको छतमा खेतीको प्रयास गर्नु उपभोक्ताको बाध्यता थियो  । घरघडेरीको साथमा थोरै करेसावारी भएको भए छतमा खेती हुने थिएन  । जे भएपनि कौसीखेतीले पाएको लोकप्रीयताको लाक्षणिक सन्दैश उपभोक्ताले प्राथमिकता दिएको गुणस्तरीय अन्नको भन्ने लाग्छ  । भागवताचार्य शास्त्रीहरुको निमित्त कृषि विज्ञानमा मनोविज्ञान मिश्रण गरेर गुणस्तरीय कृषि उत्पादनको निमित्त जनउत्प्रेरण गर्ने यो उपयुक्त अवसर हो  ।

आधा गाग्री अल्लीधेरै छचल्किन्छ भनेर आधुनिक कृषि अर्धविज्ञानलाई आरोप लागे जस्तै केवल मनोविज्ञानलाई मात्र केन्द्रमा राखेर शास्त्र व्याख्या गर्दा पनि आधागाग्रीकै आरोप आउन सक्छ  । प्रतक्षलाई शब्दप्रमाणले मात्र विस्थापन गर्न सक्दैन । धेरैजसो भागवताचार्यहरु वैदिक विज्ञानमा कमजोर देखिनुहुन्छ । त्यो वाहाहरुको भन्दा पाठ्यक्रमको दोष हो । सस्कृत पाठ्यक्रमले तत्त्वलाई भन्दा भाषालाई जोड दियो । पाठ्यक्रम संसोधन गर्दा पनि गणित र विज्ञानलाई भन्दा भाषालाई नै प्राथमिकता दियो । चतुश्लोकी भागवतमा सत्यता छ । त्यो पूर्ण छ  ।

तर ज्ञान र विज्ञानको समन्वय नगरेसम्म ब्रह्मदेवको सम्विधान व्यवहारमा प्रदर्शन गर्न सकिदैन  । यसमानेमा चतुश्लोकी भागवत भन्दा प्रारम्भमा भनेको भगवानवचन महत्त्वपूर्ण छ । व्यासपीठमा बसेर कथावाचन गर्ने भागवताचार्यहरुले विज्ञानपक्षको आधाभाग पनि समेटेर आप्mना प्रवचनलाई अर्थपूर्ण बनाउने बेला भयो  । समयसामेक्ष हुनसकेनौ भने ब्रह्माजीले चक्कर काटेजस्तै फनफन्ती घुम्छौ, तर चुरोकुरो सम्प्रेषण गर्न सक्दैनौ  ।

Previous Post

दूइ महिना पछि आयो फलेवास नगर बजेट

Next Post

जनप्रतिनिधि लक्षित वित्तीय साक्षरता खोइ ? 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
जनप्रतिनिधि लक्षित वित्तीय साक्षरता खोइ ? 

जनप्रतिनिधि लक्षित वित्तीय साक्षरता खोइ ? 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In