• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २२:०९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी, पर्वत, चैत्र २७ .
कृषि यान्त्रीकरणमा किसानलाई सहयोग गर्ने सरकारी निति अनुसार किसानलाई अनुदानमा दिइएको कृषि औजार किसानले दुरुपयोग गर्दै आफन्तलाई विक्रि गरेको रहस्य खुलेको छ  ।
कृषि अनुदान पाएका किसानहरुबाटै सरकारी अनुदान दुरुपायोग भएको घटना बाहिर आएको हो  ।फलेवास नगरपालिका ४ मुडीकुवाका विभिन्न समुहलाई उपलब्ध गराइएको मिनिटिलर हलोको दुरुपयोग भएको पाइएको छ ।

विगतमा अनुदानमा हलो मिनि टेलर लिएका किसानहरुले आफन्तलाई विक्री गरेको पाइएको छ  ।चालु आर्थिक वर्षमा प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजना जोन मार्फत प्राप्त मिनि टेलर किसानले समुह भन्दा बाहीरका आफन्तलाई विक्रि गरेको तथ्य खुलेको स्थानीय किसान प्रकाश नेपालीले जनाएका छन् ।

स्थानीयको उजुरी पछि गरीएको अनुगमनमा यस्तो भेटीएको हो  ।मुडीकुवा ४ मा रहेको श्रीसुवा कृषि उपज तथा सिँचाई समुहलाई प्राप्त मिनिटिलर हलो अध्यक्ष गणेश भुसालले आफन्त पर्नेलाई विक्रि गरेको पाइएको हो  ।यस्तै थुमी कृषक महीला समुहलाई प्राप्त मिनि टेलर पनि समुहका सदस्य दिल बहादुर कुंवरले छोरीलाई विक्रि गरेको अनुगमनका क्रममा फेला परेको छ ।

कृषि ज्ञान केन्द्र पर्वत र प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यन्वयका ईकाई वाग्लुङले संयुक्त रुपमा हालै गरेको अनुगमका क्रममा यो तथ्य बाहिर आएको हो  ।सरकारी अनुदान प्राप्त गरेर ल्याएको कृषि औजार अन्यत्र विक्रि वितरण गर्ने समुहलाई कालो सुचिमा राखेर कार्वाही गरीने अनुगमन टोलिले जनाएको छ ।

मुडीकुवामा चालु आर्थिक वर्षमा जोन परियोजनाले सामुदायीक कृषि विकास समुह, गौंडा बञ्चासे कृषक समुह, श्रीसुवा कृषि उपज तथा सिँचाई समुह र थुमी कृषक महिला समुहलाई १२ थान मिनिटिलर हलो अनुदानमा बाँडेको थियो ।

Previous Post

विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित

Next Post

चैतमास धान रोपाइ चटारो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चैतमास धान रोपाइ चटारो

चैतमास धान रोपाइ चटारो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In