• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सहकारीहरूको प्रादेशिक समीक्षा : ऋण उठ्न गम्भीर चुनौती

आरसी टाइम्स by आरसी टाइम्स
१७ चैत्र २०८१, सोमबार १५:०२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
सहकारीहरूको प्रादेशिक समीक्षा : ऋण उठ्न गम्भीर चुनौती
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १८
  गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयले हालै पोखरामा सहकारी प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ  । म्याग्दी, मनाङ, र मुस्ताङ बाहेकका ८ जिल्लाका सहकारी संघ तथा संस्थाका ९१ प्रतिनिधिहरू सहभागी भएको बैठकमा वस्तुगत सहकारी संघ तथा जिल्ला सहकारी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो  । समीक्षामा सहकारीहरूको वित्तीय अवस्था र चुनौतीहरूहरका बारेमा सहभागीहरुले छलफल गरेका थिए  । समीक्षामा कृषि, दुग्ध, स्वास्थ्य, कफी, बचत तथा बहुउद्देश्यीय सहकारीहरूको वर्तमान अवस्था, सहकारीहरूको वित्तीय स्थिति, ऋण व्यवस्थापन, तथा निक्षेप संकलनको प्रवृत्तिबारे छलफल गरियो  ।
कतिपय जिल्लाका प्रतिनिधिहरूले कृषि तथा दुग्ध सहकारी निष्क्रिय बन्दै गएको र सहकारी ऋण उठ्न गम्भीर चुनौती बनेको बताए  । नियमित किस्ता असुली नहुँदा सहकारीहरूको दिगोपनामा असर परेको भन्दै समाधानका उपायहरूबारे छलफल गरियो  ।
सहभागीहरुले नीति परिमार्जनको माग गरेका छन्  । सहकारी संघका प्रतिनिधिहरूले ऋण असुली प्रणाली सुधार, सहकारीहरूको दिगो सञ्चालनका लागि नीति परिमार्जन, तथा सहकारी प्रशिक्षण र अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन ।
सहभागीहरुले गण्डकीमा कर नीतिप्रति असन्तोष व्यक्त गरेका छन्  । बैठकमा बागमती प्रदेशमा सहकारीहरूले धितो जग्गा स्वीकार गर्दा निशुल्क सेवा दिने अभ्यास भए पनि गण्डकी प्रदेशमा त्यसमा कर असुली गरिने व्यवस्था रहेको गुनासो गर्दै प्रादेशिक मालपोत कर नीतिमा पुनरावलोकन गर्नुपर्ने माग उठाइएको थियो ।
बैठकमा सहभागी प्रतिनिधिहरूले स्थानीय, प्रदेश, तथा संघीय सरकारसँग सहकार्य आवश्यक रहेको बताउँदै सहकारी क्षेत्रको सुधारका लागि नीति पुनरावलोकन, सदस्यहरूको सचेतना वृद्धि, र सहकारीहरूको व्यवस्थापनमा पारदर्शिता आवश्यक रहेकोमा जोड दिए  ।
प्रादेशिक रुपमा सहकारीहरुको स्थीति र प्रगतिका बारेमा जिल्लागत घुम्ती समीक्षा हुँदै आएकोमा पछिल्लेपटक सहकारी रकम अपचलनका गुनासा आइरहेको अवस्थामा पोखरामा नै प्रादेशिक समीक्षा गरिएको हो  ।
नेपालमा सहकारी क्षेत्र आर्थिक समावेशिता र सामाजिक विकासको महत्त्वपूर्ण माध्यमको रूपमा स्थापित हुँदै गएको छ  । देशभर हाल ३१,४५० सहकारी संस्था सञ्चालनमा छन्  । जसमा ७३,८३,५२८ जना सदस्य आबद्ध छन्  । सहकारीहरूले रु.९४ अर्ब ७२ करोड बराबरको शेयर पुँजी परिचालन गरेको जनाइएको छ  ।
सहकारी क्षेत्रको प्रभावकारिता र स्थायित्वमा असर पार्ने विभिन्न आर्थिक, व्यवस्थापकीय, र नियमनसम्बन्धी चुनौतीहरू देखा परेका छन्  ।
धितोको अत्यधिक मूल्याङ्कन गरेर ऋण प्रवाह गरिनु, जसले ऋण असुली प्रक्रियामा समस्या निम्त्याउने कारण बनेका छन्  । विनाधितो अनुत्पादक क्षेत्रमा लगानी – घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा सहकारीको मुख्य उद्देश्य प्रभावित हुने कारण बनेका छन्  । केही संचालक वा कर्मचारीको मिलेमतोमा सहकारी सञ्चालन गर्ने र आर्थिक अनियमितता बढाउने अभ्यास देखिएको छ ।
सहकारी रकम कार्यक्षेत्र बाहिर लगानी गर्ने प्रवृत्ति– सहकारीको कोष अन्य सहकारी वा व्यक्तिलाई अनधिकृत रूपमा लगानी गरिनु र गैर– सदस्यहरूसँग कारोवार – जसले सहकारी नियम उल्लङ्घन गर्ने तथा ऋणको दुरुपयोग – फजुल खर्च र अनुत्पादक क्षेत्रमा लगानी हुनु तथा एकीकृत तथ्याङ्कको अभाव वा  सहकारीको विस्तृत डाटाबेस नहुँदा नियमनमा कठिनाइ भएको जनाइएको छ  ।
Previous Post

कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग

Next Post

पशुमा पूर्णखोप दिगो राख्न एकिकृत पशु स्वास्थ्य नीति खाँचो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पशुमा पूर्णखोप दिगो राख्न एकिकृत पशु स्वास्थ्य नीति खाँचो

पशुमा पूर्णखोप दिगो राख्न एकिकृत पशु स्वास्थ्य नीति खाँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In