• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सहुलियत कर्जामा विचौलिया हावी
साना उद्यमीहरु मारमा

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:१३
in फिचर
0
सहुलियत कर्जामा विचौलिया हावीसाना उद्यमीहरु मारमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, मंसीर २०
सहुलियत कर्जामा विचौलिया हावी हुँदा जिल्लामा सम्भावना भएर पनि उद्यमीहरु फस्टाउन नसकेको पर्वतका उद्यमीहरुले बताएका छन  । वास्तवीक उद्यमी भन्दा विचौलिया उद्यमीहरुले सुलभ कर्जा पाउने गरेका कारण जिल्लाका साना उद्यम फस्टाउन नसकेको पर्वतका लघु घरेलु उद्यमीहरुले गुनासो गरेका हुन  । बजार आसा पासमा घर घडेरी हुने तथा राजमार्गमा जमीन भएका व्यापारी निर्माण व्यवसायीहले उद्यमी कर्जा पाउने हुँदा आँफुहरुले चर्को व्याजदरमा कर्जा लिएर उद्योग चलाउन नसकेको अधिकाँश उद्यमीहरुको गुनासो थियो  । सातै उद्योग दिवषका आवसमा आयोजित अन्त्रकृयामा लघु उद्यमीहरुले यस्तो गुनासो राखेका हुन  । सरकारी निकायले अनुगमन मुल्याङ्कन नगरी बोलीका भरमा जिल्लाका व्यापारीहरुलाई फर्जी उद्योग दर्ता गराई सुलभ कर्जा दिलाई दिने प्रचलनका कारण पनि वस्तवीक उद्यमीहरुले सहुलियत कर्जा तथा अन्य सरकारी सुविधा नपाउने गरेको उद्यमीहरुले बताएका छन ।चार सय भन्दा बढी साना उद्योग दर्ता भएको पर्वतमा अधिकाँश सहुलियत कर्जाका फर्जी उद्योग दर्ता गरी लगानी व्यापार तथा निर्माण जग्गा पलटीङमा गरीने गरेका कारण साना उद्योगहरु फस्टाउन नसकेको उद्यमीहरुको भनाई छ  । स्थानीय समाग्रीलाई उपयोग गराउनु पर्ने सरकारी नीति आउन सकेमा स्थानीय उद्योगहरुको बजार व्यवस्थापन हुने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारीले बताए  । अर्का उद्यमी खडानन्द शर्माले आँफुले दशकौं देखी लप्सी उद्योग गाउँमा सञ्चालन गरेको भएपनि आँफुले धितो नराखी कर्जा नपाएको गुनासो गर्दै शहर बजारमा घर घडेरी हुनेले सहुलीयत कर्जा लिएर अन्यत्र लगानी गर्दा पनि आवश्यक निगरानी नभएको बताए  । सरकारले विना धितो सहुलियत कर्जा लोकप्रियताका लागि सुनाउने भएपनि कर्मचारी तन्त्रबाट वास्तवीक उद्यमीहरुले त्यस्तो कर्जा नपाउने गरेको बताए ।


नारामा विना धितो सहुलीयत कर्जा भनिएको भएपनि बैंहरुले शहरका घर जग्गामा मात्रै लगानी गर्ने तर गाउँका उद्यमहरुमा लगानी कर्जा प्रबाह नगर्ने गरेका कारण उद्यमीहरु विस्थापित हुँदै गएको कार्यक्रममा बक्ताहरुले बताएका हुन  । स्वदेशी उद्यम र उत्पादन , दिगो औधोगिक पुनरुत्थान भन्ने मुल नाराका पर्वतमा हालै सम्पन्न सातौ उद्योग दिवस अन्तरक्रिया क्रममा उद्यमहिरुले यस्तो गुनासो गरेका हुन  । तर स्वदेशी उत्पादन हातले बनाउनु पर्ने र लगात बढी देखीने गरेका आवश्यक बजार पाउन नसकेका कारण पनि सरकारी निकायले बजारको पनि उचित निती बनाउनु आवश्यक रहेको बताएका हुन  । सरकारी निकायले वार्षिक प्रगती देखाउन तालिमका लागि तालिम सञ्चालन गर्नु भन्दा व्यवासयी उद्यमीहरु पहीचान गरेर मात्रै तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न सुझाएका छन ।


पर्वतमा हाल सम्म ३५सय १९ वटा उद्योग दर्ता भै संचालन मा रेहेको घरेलु तथा साना उद्योग कार्यलयको दावी छ  । उद्यमीहरुको क्षमता विकासका लागि कार्यालय वाट विभिन्न किसिमका तालिमहरु संचालन गर्दै आएको कार्यलयले जनाएको हो ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले स्वदेशी उत्पादन लाई सवैले प्रोत्साहन गर्नुपर्ने
र स्थानिय उद्योगको प्रर्वद्धनमा सहयोग गर्नुपर्ने बताइन  । कार्यक्रममा घरेलूतथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष , निर्मल विश्वकर्मा , पर्वत उद्योग
वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले उद्यमीहरुका समस्या र समाधनका लागि सुझाव दिएका हुन  ।

Previous Post

चारै सिजन काँक्रो खेतीः एक सिजनमै आठ लाख कमाइ

Next Post

कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In