• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सामुहिक आलुखेतिमा पाठखोलाका महिलाहरु

आरसी टाइम्स by आरसी टाइम्स
१८ मंसिर २०८०, सोमबार २१:०२
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
सामुहिक आलुखेतिमा पाठखोलाका महिलाहरु
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जीटी/आरसी टाइम्स
वालिङ्ग, मंसीर १८
स्याङ्जा वालिङका किसानहरु वर्षे अन्न स्याहारेर हिउँदे खेति लगाउने समयमा सामुहिक आलुखेतिमा जुटेका छन्  । हिउँदेखेति मध्ये आलु लगाउन वालिङ १३ पाठखोलाका किसानहरु जुटेका छन् र सामुहिक आलु खेतीमा अगाडि बढेका छन्  । यहाँको स्वाभिमान कृषक समूहले ४० रोपनी क्षेत्रफलमा सामुहिकरुपमा आलु लगाएको छ  ।

विं.सं २०७३ सालदेखि यहाँका महिलाहरुले सामुहिक तरकारी खेति गर्दै आएका छन्  । सत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा तालीम लिएपछि यहाँका महिलाहरुले व्यावसायिकरुपमा तरकारी खेति गर्दै आएको समूहकी अध्यक्ष मिना पाठकले बताइन्  ।

तालीममा सिकेका कुरालाई प्रयोगमा ल्याई व्यावसायिक तरकारी खेतिमा लागेको समूहकी अध्यक्ष पाठकको भनाई छ  । समूहमा १८ जना सहभागी रहेको उल्लेख गर्दै अध्यक्ष पाठकले सबैजनाले सामुहिकरुपमा मौसमी तथा वेमौसमी तरकारी खेति गर्दै आएको जानकारी दिइन्  । अध्यक्ष पाठकका अनुसार ४ वटा क्लष्टर बनाएर कूल ४० रोपनी क्षेत्रमा आलु लगाउने काम गरिएको छ  । यहाँ जनकदेव र खुमल उज्ज्वल जातको आलु लगाइएको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जाले बीउमा अनुदान र खरिद बिक्रिकोसमेत जिम्मा लिएसँगै किसानहरुलाई थप उत्साही बनाएको छ  । किसानहरुले ४ वटा क्लष्टर बनाएर सामुहिकरुपमा आलु लगाएका छन्  ।

यसैगरी कृषि ज्ञानकेन्द्र स्याङ्जाले आवश्यक सहयोगसँगै अनुदानसमेत उपलव्ध गराएर थप उत्साही बनाएको समूहकी प्रवक्ता तारा पाठकले बतााइन्  । ज्ञानकेन्द्रले समूहलाई ४५ क्वीण्टल बीउ अनुदानमा उपलव्ध गराएको छ  । प्रवक्ता पाठकका अनुसार कृषि ज्ञानकेन्द्रले ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको र आवश्यक थप सहयोगसमेत गर्ने भएको छ  । उत्पादन भएपछि प्रचलित मूल्यमा ज्ञानकेन्द्रले खरिद बिक्रिकोसमेत जिम्मा लिने सम्झौता गरेको छ  । यसकासाथै जैविक मल, डडुवा नियन्त्रण गर्ने विषादी र यान्त्रिकिकरणको पनि ज्ञानकेन्द्रले सहयोग गर्ने भएको छ  । कृषि ज्ञानकेन्द्रले अनुदानसँगै खरिद बिक्रिको जिम्मासमेत लिने भएकाले समूह बाहिर रहेकाहरु समेत आलुखेतीमा आकर्षित भएका छन्  ।

Previous Post

रैथाने भेडा पालनमा रमाउँदै किसान

Next Post

तन्तु प्रजननबाट अलैची बगान सुधार 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
तन्तु प्रजननबाट अलैची बगान सुधार 

तन्तु प्रजननबाट अलैची बगान सुधार 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In