• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै

आरसी टाइम्स by आरसी टाइम्स
२६ चैत्र २०८०, सोमबार ००:४१
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव
0
सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter
 आरसी टाइम्स व्युरो
 पोखरा, चैत्र २६
  कृषिजैविक विविधताका उपायहरु अपनाउँदै मानव समुदायले आफ्नो जीवीका व्यवस्थापन गर्न अन्न र वन्य खाद्य तथा सागपातका संगत विस्तार हुँदै आएका छन्  । यस्ता वन्य सागपातमा गर्मी महिनामा पाइने सिप्लीकानको तरकारी निकै लोकप्रिय मानिदै आएको छ  । प्रायजसो मानव वसोवासको व्यवस्थापन गर्दा पशु चरन खर्क व्यवस्थापन संगै घरछेउमा सिप्लीकानका वोटहरु रोप्ने चलन हुँदै आएकोमा आजकल शहरी उपभोक्ताको रुचीका कारण पनि शहरी कारोवारको अवशरले गर्दा वनबाट संकलन गरिएको सिप्लीकानको कलीलो पातको साग सहरी कृषि बजारमा आकर्षक मूल्यमा किनबेच हुन थालेको छ ।
पोखरा आसपासका बस्तीहरुबाट आम्शिकरुपमा आउने गरेको सिप्लीकान गण्डकी प्रदेशको नवलपुर पहाडी क्षेत्र देवचुलीबाट व्यवसायिक रुपमा बजारीकरण हुँर्दै आएको विक्रेताहरुले बताएका छन्  । नवलपुरको वुलिङ्गटार क्षेत्रमा स्थानीयहरुले आफनो टारीबारी घरछेउमा व्यवसायिक रुपमा नै सिप्लीकान हुर्काउने, विरुवा विस्तार गर्ने र मौसमी बजारमा साग बेच्नेकार्य गर्दै आएको चुलीबोझा घरवासपर्यटन समितिका अगुवा हेमलाल बराल मगरले व्युरोलाई जनाएका छन्  ।
स्थानीय ग्रामीण जनजीवनमा सिप्लिकान अत्यन्तै उपयोगी र औषधिय गुणले भरिपूर्ण भएको वन्य तरकारी मानिएको छ  ।
यसको कलिला पात, डाँठलाई तरकारी, अचारको रुपमा प्रयोग गरिन्छ  । यसलाई अमिल्याएर र गुन्द्रुक वा सिन्की बनाएर पनि खाने गरिएको कृषि विज्ञ निलकण्ठ शर्माले जनाए  ।
यसमा मानव स्वास्थकोलागि अत्यन्तै उपयोगी खाद्यतत्वहरु भिटामिन सि, फलाम, पोटासियम, म्याग्निज, म्याग्नेसियम, फस्फोरस, गुणस्तरीय फाइबर प्रशस्तै पाइने पनि शर्माले जनाएका छन्  । सिप्लीकानबाट प्रोटिन, कार्वोहाइड्रेट, कपर लगायत अनेकौं लबणहरु पनि पाइने बताइएको छ  ।
ग्रामीण भान्छाहरुमा परम्पादेखि उपयोग हुँदै आएको सिप्लीकानलाई औषधीय गुणको तरकारी पनि मानिएको छ  । यसको उपयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने,  खुट्टाको डरलाग्दो समस्या समाधान गने,  तौल नियन्त्रण गर्न सहयोग गने विश्वास गरिन्छ  ।
सिप्लीकानको साग जती वासी भएपनि उच्च बजार मुल्यमा किनबेच हुनुको कारण नै उपभोक्ताहरु यसको औषधीय महत्वका कारण मुल्य तिर्न तत्पर भएर नै हो  ।  सिप्लीकानको उपयोगले मुटुरोगको लागि अत्यन्तै लाभदायक हुने,  मधुमेहका रोगीको लागि पनि उपयोगी हुने,  हाडजोर्नी बलियो बनाउने र बालबालिकाको राम्रोसँग शारीरिक वृद्धि र बिकासमा उपयोगी हुने तथा पिसाबसग जोडिएका समस्याहरुको लागि पनि प्रभावकारी हुने बताइएको छ  ।
यसको फल, रुखको बोक्रा, जरामा पनि कैयौं औषधिय गुणहरु हुने तथा यसलाई पर्खाल र बारको छेउछाउ, खेर गएको जमिनमा लगाउन सकिने भएकाले बाँदर पिडित किसानका लागि राम्रो विकल्प हुने देखिएको छ  । राम्रोसँग मलजल गर्न सकिने र सुर्यको प्रकाश पर्याप्त पाउने अवस्था पाएमा बोट निकै उत्पादनशील हुने किसानहरुले जनाएका छन्  ।
यहि महत्वलाई आत्मसात गर्दै स्थानीय गाउँपालिकाहरुले किसानलाई कृषि अनुदान दिएर सिप्लीकान खेती गर्न र बाझोबारीलई आवादमा रुपान्तरण गर्न प्रेरित गरेका छन्  ।
कास्कीको रुपा गाउँपालिकाले चालु वर्षको कृषि अनुदानमा सिप्लीकानको नर्सरी संचालन र विरुवा रोपणमा मौरी पालनसँगै सिप्लीकान खेतिमा अनुदान दिने तयारी गरिरहेको पालिकाका अध्यक्ष नवराज ओझाले जनाएका छन्  । ओझाका अनुसार पालीकाले तीन सय विरुवा स्थानीयरुपमा उत्पादन गरेको र पाँचसय थप विरुवाका लागि तनहुँ भिमादबाट ल्याउने तयारी भइरहेको छ  । आगामी जेष्ठ—असारमा सिप्लीकानको विरुवा रोपण अभियान संचालन गर्ने पालिका अध्यक्ष ओझाले जनाएका छन्  ।
Previous Post

घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र

Next Post

पोखरामा कृषि जैविक विविधता सम्मेलन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पोखरामा कृषि जैविक विविधता सम्मेलन

पोखरामा कृषि जैविक विविधता सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In