• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सीतायणः भार्गवी वारुणी विद्या

अन्नपूर्णाको अनुसन्धानमा सीतायन वहस

आरसी टाइम्स by आरसी टाइम्स
२९ कार्तिक २०७९, मंगलवार १८:०८
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विचार
0
सीतायणः भार्गवी वारुणी विद्या
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक कृषि अनुसन्धानको चरण पार नगरेको हुँदा प्रविधिको दृष्टिकोणमा ऋषिकृषि वा सीतायण उपर प्रश्न उठन सक्छ  । तर पद्धत्तिको दृष्टिकोणमा दिगो कृषिको प्रसार, खाद्य सुरक्षा र जनस्वास्थ्यको महत्त्व स्थापित हुन सक्नेमा विश्वस्त भएकोले कृषि समाजशास्त्रको निमित्त परिक्षण उपयोग गर्ने प्रयास गरेका थियौ ।

अनुसन्धानको चरणमा प्रवेश गरेर प्रभावकारी सिद्ध भए पछि यो पद्धत्तिलाई सिफारिस गर्न सकिन्छ होला  । यो वहस कृषि समाजशास्त्रको अनुसन्धान विषय बनाउने लक्षमा केन्द्रित छ  ।

कुलराज चालिसे
ऋषिकृषिको वहस गर्दागर्दै हामी सीतायण वहसमा जुटेका थियौं  । दुनियाले रामायणको भजन गाउदा हामीले सीतायणको वकालत गर्याै  । हाम्रो उद्देश्य ऋषिकृषि र सीतायणको अन्तरसम्बन्ध मिहिन तरिकाले केलाउनु थियो । त्यस्को निमित्त सीताआमाको तीन रुप मध्य हामीले माटोको उर्वरा र अन्नको जमरालाई आधार बनायौ । दशैंको मौका छोपेर सीताआमालाई भवानीको स्वरुपमा खोज्यौ  । आमाको प्रथम वनवासको रहष्य उजागर गर्ने काम धर्म प्रचारक सन्त समुदायलाई छोडेर दोस्रो वनवासको रहष्य उधिन्ने काम गर्याै । सीतायण वहसलाई हामीले वैष्णव, शैव वा शाक्त सम्प्रदायमा मात्र सिमित राखेनौ  ।

हामीलाई खाद्य सुरक्षाको वहसमा सीतायणलाई कृषि प्रसारको प्रभावशाली भाका बनाउने चासो थियो । हामी स्वार्थी बनेका थियौ  । त्यो हाम्रो सकाम यज्ञ थियो । हामीलाई विज्ञानको भाषामा समेत पत्याउन सकिने सर्वमान्य सीतायण मन्त्र चाहिएको थियो । त्यसैले सम्प्रदाय नीरपेक्ष भएर वहस गरेका थियौं । निर्वाचनको सन्मुख भएकोले पाठकको चासो सम्बोधन गर्न राजा रजौटा छनौट गर्दा राजा जनकको कर्षण सस्कृतिलाई जोडेका थियौ  । हामी सम्पत्तिको चाहना नभएका जोगी होइनौ  । सम्पत्तिको निमित्त जस्तो पनि स्वीकार गर्ने भोगी पनि होइनौ  । आम जनताको खाद्य सुरक्षाको विषयलाई निष्काम यज्ञ भन्न मिल्दैनथ्यो, त्यसैले सकाम वहस गरेका थियौ  ।

हामीलाई शास्त्रका वचनहरुको व्यापार गर्ने रहर थिएन  । तर सीतायणका विज्ञान र कृषि समाजशास्त्रका सूत्रहरु दिगोकृषि पद्धत्ति प्रसार गर्न उपयोगी हुने विश्वास थियो । त्यसैले ऋषिकृषि पद्धत्तिमा जोडने प्रयास गरेका थियौं  । किनभने हामीले निश्चित उद्देश्य बोकेर सीतायण वहस प्रारम्भ गरेका थियौ । हाम्रो तर्क व्यावशायीक कृषिको नाममा परम्परागत कृषिको जग समाप्त गर्ने रणनीतिका अनुयायीलाई पच्दैन । श्रीरामको नाममा आश्रम व्यावशाय गर्ने तथा धर्म सस्कृतिको दुहाई दिएर राजनीतिक लाभ लिन उद्यत राजनीति कर्मीलाई पनि पच्दैन  । तैपनी कृषि संचारकर्मीले जनमत प्रतिकुल रहदा पनि सत्यतथ्य पाठक समक्ष प्रस्तुत गर्नै पर्छ  । हामीले त्यै धर्मको निर्वाह गरेका थियौं  । आधुनिक कृषि अनुसन्धानको चरण पार नगरेको हुँदा प्रविधिको दृष्टिकोणमा ऋषिकृषि वा सीतायण उपर प्रश्न उठन सक्छ  ।

तर पद्धत्तिको दृष्टिकोणमा दिगो कृषिको प्रसार, खाद्य सुरक्षा र जनस्वास्थ्यको महत्त्व स्थापित हुन सक्नेमा विश्वस्त भएकोले कृषि समाजशास्त्रको निमित्त परिक्षण उपयोग गर्ने प्रयास गरेका थियौ । अनुसन्धानको चरणमा प्रवेश गरेर प्रभावकारी सिद्ध भए पछि यो पद्धत्तिलाई सिफारिस गर्न सकिन्छ होला  । यो वहस कृषि समाजशास्त्रको अनुसन्धान विषय बनाउने लक्षमा केन्द्रित छ  ।

हाम्रा शास्त्रहरुले उल्लेख गरेका धेरैजसो मन्त्रहरु ऋषि वसिष्ठ र विश्वामित्रले सूत्रवद्ध गर्नु भएको हो  । वसिष्ठका मन्त्रहरु पानी केन्द्रित छन् भने विश्वामित्रले अग्नि र यज्ञलाई प्राथमिकता दिनु हुन्थ्यो  । ऋषि वसिष्ठ श्रीरामको कुलगुरु हुनुहुन्थ्यो भने ऋषि विश्वामित्र दिक्षागुरु हुनुहुन्थ्यो  । जनकपुरको स्वयम्वरमा राजा दशरथ तथा कुलगुरु वसिष्ठको आदेश विना ऋषि विश्वामित्रको निर्देशनमा श्रीरामले भाग लिनु भएको थियो  । आगो र पानीमा सत्रुवत् व्यवहार हुन्छ भनिन्छ  । त्यही तर्क विश्वामित्र र वसिष्ठ ऋषिहरुमा पनि थियो भनिन्छ  । उनिहरु विचमा स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो भनेर शास्त्रहरुले पनि भनेका छन् । श्रीरामको जीवनमा तिनै विपरित सिद्धान्तका गुरुहरुले साझा उद्देश्यको निमित्त काम गर्नु भएको थियो  ।

अग्निषोममय ब्रह्माण्डको सत्यतालाई ऋषिहरुले अस्वीकार गर्ने कुरा नै भएन  । रामायणको अध्ययन गर्दा हाम्रो मनोदशा पनि विश्वामित्र र वसिष्ठ विचको समन्वयात्मक अभ्यास जस्तै हुन आवस्यक हुन्थ्यो  । त्यस्तो समन्वय गर्ने ब्रह्म तत्त्व भनेको सीताआमाको छायाँ स्वरुप थियो  । त्यसैले सीताआमाको मायारुपको व्याख्या गर्ने कार्य सन्तसमाजलाई छाडेर छायासीताको शितल तापेका थियौं  ।

विश्वमा रामायणको संख्या हजारको आसपास छन् भन्ने अनुमान छ । संस्कृत भाषामा लेखिएको वाल्मिकीको रामायणलाई तुलसीदाशले अवधी भाषामा उल्था गरेपछि धेरैले आआप्mनो भाषामा लेख्न सुरु गरे  । त्यसै क्रममा भानुभक्तले नेपाली भाषामा उल्था गर्नु भयो । कतिपय हकमा स्थानीय भूगोललाई दृष्टान्त दिएर पनि लेखियो । त्यसैले हरेक रामायणले समाजमा स्थापित गर्न चाहेको सन्देश अलग अलग जस्तो लाग्छ  । रामायणलाई स्थानीय भाषामा उल्था गर्ने प्राय कवीजीहरुले तत् तत् देशका आदिकवीको मान्यता पाए  । स्थानीय भाषाका अलिखित रामायणको त संख्या गनेर पनि साध्य लाग्दैन  ।

सय करोड श्लोकमा विस्तारित रामायण छोटो र मिठो बनाउन स्थानीय परिवेश अनुसार कतिपय सर्ग हटाईएका छन् भने कहि थपीएका पनि छन् भनिन्छ  । वाल्मिकीय रामायणका संस्कृत श्लोकलाई उल्था गर्दा आआप्mनो लक्षित वर्गको मनोदशालाई सम्वोधन हुने गरेर गरीएको छ  । त्यसैले कुनै एक रामायण सुनेको भरमा कथाले दिन खोजेको सारसन्देश बुभ्mन सकिदैन  । जगदगुरु रामानुजजी महाराजलाई समेत भेउ पाउन मुस्किल रामायण, हामीले बुभ्mन सक्ने सम्भावना कमजोर हुन्छ नै  । यस्तै रनभुल्लमा हामी पनि परेका थियौं  । त्यसैले सीतायण वहसमा हामीले उठाएका तर्क दिगो कृषि प्रसारको उद्देश्यसंग मात्र सम्बन्ध राख्छ  । रामायणको आध्यात्मिक विवेचना गर्ने सामर्थता हामी संग रहदैन । जगद्गुरु रामानुज महाराजले समेत १८ पटक पढनु परेको रामायणको सन्देश हामीले ठोकुवा लगाउन सक्दैनौ । त्यसैले विगतका वहसहरुमा हामीले जिज्ञासा राख्ने मात्र काम गरेका थियौ  ।

हिन्दुसमाज वैष्णव, शैव र शाक्त सम्प्रदायमा विभक्त भएको मात्र नभई गुरुशिष्य परम्पराले गर्दा उपसम्प्रदायमा पनि विभक्त छ । समाजमा हिन्दु मात्र छैनन् । हिन्दुको अतिरिक्त अन्य धर्मावलम्बी पनि हुन्छन् । सवैको आआफ्नो मान्यता हुन्छ  । त्यो भन्दा धेरै भगवान्को अस्तित्व नै नमान्ने नास्तिकको जमात ठूलो छ । उनिहरुलाई वैज्ञानिक तर्क चाहिन्छ  । त्यो वर्गलाई रावणको अनुयायी भने पनि हुन्छ । विज्ञानको उपयोग गरेर धन आर्जन तथा भोग गर्नेलाई अनुचित भन्न पनि त सकिदैन  । यो आलेखले रावण मतलाई स्वीकार नगरेको हुँदा चर्चा गर्दैन । वैष्णव रामायणले सीताआमालाई राम भन्दा भिन्न त देख्दैन, तर श्रीरामलाई प्रमुखपात्र बनाएर सीताआमालाई एउटा पतिव्रता आदर्श नारीमा सिमित राख्ने प्रयास गर्छ  । त्यस्तो पक्षपात यो वहसले गर्दैन  । शैवमतको रामायणले हनुमानलाई रामभक्त भनिकन रामायणको निर्णायक योद्धा प्रमाणित हुने गरेर दृष्टान्त प्रस्तुत गर्छ  । शाक्त रामायणले शतानन् भनिने महिरावण, अहिरावणको तर्क अगाडी सारेर सीताआमालाई आह्लादिनी ब्रह्मशक्ति भनेर थप दृष्टान्त दिन्छन्  । कतै उमा, कतै लक्ष्मी, कतै महाकाली अनि कतै अनन्तकोटि ब्रह्माण्डात्मक प्रपञ्चको अधिष्ठानभूता, सचिदानन्दमयी, पराम्वा भगवतीको दर्जा दिन्छन् । कवीको मान्यता अनुसार दृष्टान्त चयन गरेर प्रमुख पात्र प्रस्तुत गर्दा हामी सर्वसाधारणलाई स्वतः भ्रम उत्पन्न हुन्छ । त्यस्तो भ्रम निवारण गर्न उपलब्ध भएसम्मका रामायणहरु संकलन गरेर साझा सन्देश खोज्न आवस्यक हुन्छ  । वैष्णव, शैव र शाक्तमतका रामायण जम्मा गरेर समन्वयात्मक भावमा अध्ययन गर्ने हो भने सीताआमालाई नै केन्द्रिय भूमिकामा देख्न सकिन्छ  ।

भौतिक र अभौतिक संसारको समन्वय मात्र नभई अग्नि र सोमको समन्वय विन्दु सीताआमा देखिनु हुन्छ  । श्रीरामको शक्ति अनन्त छ, तरपनि सीताआमाको अनुपस्थितिमा सुसुप्त रहनुहुन्छ  । उमारशक्ति भएको जौको वीउमा श्रीराम रहनुहुन्छ भने त्यै वीउलाई पानीमा भिजाए पछि अंकुराएको जमरामा सीताआमा रहनुहुन्छ  । अर्काे शब्दमा सुसुप्त वीउलाई जागृत गर्ने शक्तिलाई नै सीतातत्व भनिन्छ  । विज्ञानको भाषामा भन्नु पर्दा सुसुप्त वीउ (राम), जागृत वीउ (सीता) र अंकुरीत वीउ वढने क्रममा विरुवाले उपभोग गर्ने प्राणवायु (हनुमान) को संयुक्त र समन्वयात्मक परिणाम नै अन्न (सीता) भएकोले ऋग्वेद ४ः५७ः७ र अथर्ववेद ३ः४ः२ः९ मा सीतातत्वलाई धन ऐश्वर्य एवं दुग्ध अन्नादी दिने देवी भनेर स्तुति गरिएको छ  । स्वामी रामानन्द कृत वैष्णवमताब्जभाष्करमा श्रीरामको कृपा पाउन हनुमान र सीताआमाको आराधना गर्दा सिघ्र फल प्राप्त हुन्छ भनिएको पनि छ  ।

जगतको उत्पत्ति, स्थिति र लयको कारण तत्त्वको अन्वेषण गरेर अन्नब्रह्मलाई बुभ्mने अर्थात सृष्टिलाई अन्वेषण गरेर स्रष्टालाई व्याख्या गर्ने प्रयास सीतायण वहस हो । यही नै हामीले छानेको भार्गवी वारुणी विद्या हो  ।

Previous Post

आलु खेति विउमा स्थानीय पालिकाले पनि टेवा

Next Post

भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In