• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सीतायण वहस: पितृपक्षको तर्पण र पिण्डदान गर्न कालीगण्डकी जल क्षेत्र किन उत्तम ?

आरसी टाइम्स by आरसी टाइम्स
२७ भाद्र २०७९, सोमबार २१:३७
in ऋषिकृषि, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
0
सीतायण वहस: पितृपक्षको तर्पण र पिण्डदान गर्न कालीगण्डकी जल क्षेत्र किन उत्तम ?
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे

हिजोे देखि पार्वणश्राद्ध अर्थात सोह्रश्राद्ध सुरु भइरहेको छ  । नवरात्रव्रतको पूर्वसन्ध्यामा सम्पन्न गरीने यो कर्मको निमित्त घरलाई तीर्थ मान्नुको अलावा पायक अनुसार गया देखि कागवेनीसम्म र वद्रिनाथमा पवित्रजलले पितृलाई तर्पण तथा पिण्डदान अर्पण गरीन्छ  । तर्पण तथा पिण्डदानको महत्त्व के छ ? तथा पितृपक्षको अनुशासन के हो ? भन्ने गहन विषयमा यो लेखले प्रवेश गर्न चाँहदैन  । यस्को चर्चा गर्ने योग्यता त कर्मकाण्डका विज्ञसंग हुन्छ ।
यस लेखले श्रीकृष्णागण्डकी प्रस्रवणलाई पार्वणश्राद्धको निमित्त अत्यन्त पवित्रक्षेत्र किन मानेको हो ? र कहाँ कहाँ के के को पिण्डदान गर्ने प्रचलन रहेको छ भन्ने मनन गरेर चर्चा गर्ने प्रयास गर्ने छ ।

घरमा होस् वा तीर्थमा, पितृ तर्पणको निमित्त जलको शुद्धता प्रथम आवस्यकता रहेछ भन्ने तथ्य घरमा श्राद्ध गर्दा कर्मपात्र तयार गर्ने क्रममा अवलम्वन गर्ने विधिले संकेत गरेको हुन्छ  । कृष्णागण्डकीमा श्रीहरिविष्णुको नित्य बास हुने भएकोले त्याहाँको जल तर्पणको निमित्त अत्यन्त शुद्ध मानिन्छ  । घरैमा गर्ने तर्पणको कर्मपात्रमा तीर्थस्थलको पानी पनि मिसाइन्छ  । त्यसमाथी कृष्णागण्डकीमा अन्य नदीले बनाउने वेणी र त्रिवेणीको त वर्णन गरेर साध्य हुँदैन  । शङ्खमा पानी राखेर शालिग्राम अभिषेक गरेर क्षारसमुन्द्र र दामोदर हिमालको संगम बनाउने मानसिक पूजाले वेणी तथा त्रिवेणीको महत्त्व दर्शाएका हुन्छन्  । श्राद्धकर्ममा दामोदर हिमाल स्रोतबाट वग्ने कृष्णागण्डकीमा मुक्तिनाथको निकाश झोंगगण्डकी, दुवैमा शालिग्रामको प्रचुरता भएकोले कागवेणीलाई पार्वण श्राद्धको निमित्त उपयुक्त स्थानको शिखरमा राखेर पितृपक्षमा श्राद्ध गर्नेको घुइचो नै हुन्छ ।

कागभुसुण्डीले गरुडलाई सर्वप्रथम रामायणको कथा सुनाएर तारकमन्त्र दिएको विश्वास गरीने यो वेणीमा श्राद्धको पिण्ड खान लडेका काग पानीमा चोपलिदा राजहंस भएर निस्किएका किम्वदन्ति सुन्न पाईन्छ  । पद्मपुराणमा उल्लेखित श्रीरामको अश्वमेधयज्ञको निमित्त छोडीएको श्वेतकर्ण घोडालाई रक्षा गर्दै गएका शत्रुध्नले देखेको नीलगिरी पर्वत र पुरुषोत्तम् जगदिश्वर र अन्नपूर्णा माताको दिव्यकथा लेख विस्तार होला भन्ने भयले थाति राखिएको छ ।
यस विषयमा आगामी दिनमा वहस गरौला  । पिण्ड उपरको वहसलाई विषयान्तर गर्न यो लेखले चाहँदैन  । यो लेख पनि सीतायन वहस भित्रकै भएकोले हामी पिण्डमा प्रयोग भएका सामाग्रीमा केन्द्रित भएर विवेचना गर्ने छौ  । कागवेणीको श्राद्धले हुने आत्मिक उन्नयनको विवेचना गर्ने जिम्मा कर्मकाण्डका विज्ञहरूकै जिम्मामा छोडेका छौ ।

 

कागवेणीसंग सम्बन्धित कागभुसुण्डीले तपस्याको निमित्त कागवेनी रोज्नुमा शालिग्रामको स्पर्शबाट पवित्र बनेका नदीहरूको संगम मात्र नभएर उचाईको प्रभाव स्वरूप वायुप्रदुषणको स्तर कम हुनु पनि हुनसक्ने सन्दर्भमा खोज अनुसन्धान विस्तारै हुनेछ  । हाम्रो सस्कृतिले पानीको गुणस्तर अक्षांश भन्दा उचाईको आधारमा मापन गरेको हुन्छ  । लंङ्काको पानीमा हुने लवणासुर जोखिमलाई मध्यनजर राखेर सीतामाताले अशोकबाटिकामा अन्नजल त्याग गरेर बस्नुभएको थियो  । त्याहाँ प्रयोग भएको दृष्य समुन्द्रको सतह नजिकको अन्नजलको गुणस्तर व्यक्त गर्न थियो  । त्याहाको पानी जीवनरक्षाको निमित्त अनुकुल छैन भन्ने भन्दा रावण गुणको विकास हुने जोखिम भएकोले पितृतर्पणको निमित्त योग्य भए नभएको बारेमा त्यो घटनाले संका व्यक्त गरेको थियो  । पानीको गुणस्तर सम्बद्ध जोखिम घटाउन त्याहा नरीवलको पानीलाई पूजामा अर्पण गर्ने चलनले त्यस्तै संकेत गरेको छ  ।

कागवेणी त प्रतिकात्मक स्थान हो ।
हिमाल उद्गम भएका नदीको पानीमा नै शुद्धता रहेने भएकोले पितृतर्पणको निमित्त उचाईका तीर्थस्थलहरू सवै योग्य मानिएको हो ।
पानीको गुणस्तरले, अन्नको गुणस्तर निर्धारण गर्छ  । अन्नले मानवको मन, स्वभाव र कृयाकलापलाई निर्धारण गर्छ  । पिण्डको आकार भन्दा गन्ध ग्रहण गर्ने पितृदेवताहरू बास्ना नआउने र अशुद्ध अन्नको पिण्ड ग्रहण गर्दैनन्  । बाध्यतावस् ग्रहण गर्न परेमा पनि खुसी हुँदैनन् र आशिर्वाद दिदैनन्  । पिण्डदानमा मुर्हुतको कति महत्त्व हुन्छ भन्ने तथ्य गयातीर्थकालमा सीतामाताले स्वर्गीय ससुरालाई वालुवाको पिण्ड दिन बाध्य भएको घटनाले प्रष्ट हुन्छ  । आनन्दरामायणको यात्राकाण्डमा गयातीर्थको राम्रो दृष्टान्त उल्लेख भएको छ  ।

तीर्थश्राद्धको निमित्त गुणस्तरीय सामाग्रीको जोहो गर्न गाउँ पस्नु भएका राम र लक्ष्मण शुभ मुर्हुतसम्म आउन नसक्दा सीतामाताले लक्ष्मीपूजाको निमित्त बनाउनु भएको वालुवाको १०८ पिण्ड स्वर्गीय दशरथले खिचेर लिनुभयो  । समय गुज्रे पछि श्रीरामले दिनु भएको गुणस्तरीय अन्नको पिण्ड ग्रहण गर्न दशरथ तयार हुनुभएन  । सीतामाताले नचाहदा पनि दशरथले वालुवाको पिण्ड दिनुलाई पितृयज्ञमा विघ्नबाधा भएको भनेर विवाद हुदा सीतामाताले फाल्गुनदी, गाई, बिरालो, आँप, पीपल, पुरोहित ब्राह्मण तथा सूर्यलाई साक्षी गवाही दिन अनुरोध गर्न परेको थियो  । त्यस बखत सूर्यले बाहेक अन्य साक्षीले मुख नखोल्दा माताको श्राप पाउनु परेको थियो  । सूर्यले साक्षी गवाही दिएपछि दशरथ स्वयं प्रकट भएर जानकीले दिएको पिण्डबाट आँफु अत्यन्त तृप्त भएको भनेपछि गयामा पितृपक्षको श्राद्ध गर्दा वालुवाको पिण्ड दिने प्रचलन चलेको हो  । त्यो कथाले थप प्रश्न उठाएको छ  । रामायणले उक्त प्रश्नको उत्तर दिएको छैन ।

 

प्रश्नहरूः
–वालुवाको पिण्ड नै किन ?
–महाज्ञानी राम र लक्षणले यथासमयमा गुणस्तरीय पिण्ड सामाग्री जुटाउन किन सक्नु भएन ?
–महिलाले पीण्डदान गर्न हुन्छ कि हुँदैन ?

 

सम्भावित उत्तरः
पिण्डदानमा सामाग्री भन्दा धेरै समयको महत्त्व हुन्छ  । उपल्लो तटीयक्षेत्रको पाप बोक्नु परेको हुनाले तल्लो तटीयक्षेत्रको अन्न पनि पिण्डको निमित्त गुणस्तरीय मानिदैनन्  । शुद्धअन्न नपाएको अवस्थामा तत्काल उपलब्ध अन्नबाट पिण्ड बनाउनु अलग विषय हो  । प्रदुषित पानी नलागेको अन्न खोज्दा मुर्हुत गुज्रन सक्छ  । त्यसैले जुन ठाउँमा जे पाईन्छ, त्यसैको पिण्ड बनाएर यथासमयमा नै पिण्डदान गर्नुपर्छ  । गयाक्षेत्रमा उब्जाहुने अन्न पितृपोषणको निमित्त वालुवा बरावर कै हुन्छन्  । वालुवा पेलेर तेल निस्कदैन भन्ने उखान याहाँ भुल्न सकिदैन  । पिण्डदान गर्न पुरुष नै चाहिन्छ भन्ने पनि हुदैन रहेछ  । पिण्डदानको निमित्त पुरोहित, मन्त्र र निश्चित विधि नै चाहिन्छ भन्ने पनि नहुने रहेछ  । भाव शुद्ध भयो भने पितृले जस्तोसुकै पिण्ड र तर्पण पनि ग्रहण गर्नु हुने रहेछ  । भाव शुद्ध भयो भने उपलब्ध साधन मध्य उच्च गुणस्तरको र बास्नादार साधन खोज्न त्यत्तिकै तयार भइन्छ  । माहेश्वरीपूजाको निमित्त बटारेको पिण्ड दशरथ आफैले तानेर लिनुले यो तर्कमा विचार गर्न बाध्य बनाएको छ  । त्यसले छोरी मात्रै भएका बाबुआमालाई निकाश दिएको जस्तो लाग्छ  । देवताले आशिर्वाद दिदा पनि पितृ खुसी रहेनन् भने देवताले दिएको आशिर्वाद पाउन सकिदैन भन्ने मान्यता बोकेको हाम्रो समाजमा कुमार्गमा लागेका पति भएपनि अगाडी सार्नु पर्ने र उनिहरूको कारणले कतिपय तिथिमा श्राद्धकर्म गर्न नसकेका र एकल महिलालाई पनि पिण्डदान गर्न दिनु पर्ने तर्क यो घटनाले संकेत गरेको छ  । मिथिलाका पुरोहित ब्राह्मणले सीतामाताको कुलगोत्र स्पष्ट नभएकोले जातकर्म गर्न पनि विरोध गरेका थिए  ।
कर्मकाण्डको विधि उल्लेख भएका शास्त्रमा निर्भर शास्त्रज्ञले यस्तो विरोध गर्नु स्वभाविक थियो  ।
कुलगोत्रको एकिन नभएकी भूमिसूताको जातकर्मसमस्याको समाधान अहिताग्नी पुरोहित सभाले प्रतिपादन गरेको थियो  । शास्त्रमा लेखिएका विधि सवै ठाउँमा सवै कर्ममा अक्षरस पालन गर्न सकिदैन  । त्यस्तो अवस्थामा पुरोहितसभामा गहन छलफल गरेर विकल्प पहिचान गर्न सकिन्छ  । श्राद्धकर्मको मूल उद्देश्य पितृपक्षमा यथामुर्हुतमा पिण्डदान गर्नु हो, विधि होइन भन्ने सन्देश माथिको लिलाकथाले संकेत गरेको छ ।

थप प्रश्नः
कागवेणीमा जौको काचो पिठोको पिण्ड, गयामा वालुवाको पिण्ड र घरमा श्राद्ध गर्दा गाईको दुधमा तिल र मह मिसाएर वास्नादार झिनुवाको चामलको पायस बनाएर पिण्डदान गर्ने चलन छ  । पिण्डमा विविधता गर्ने आधार के हो ? शास्त्रले ब्रह्मचारी व्रत धारण गरेकालाई पनि वृक्षारोपण गरेर फलेको फल चरा वा वन्यजन्तुले खाएमा पनि ब्राह्मण भोजनको फल पाईन्छ  । जलासयमा खसेका हरेक फलमा पिण्डदानको फल पाइन्छ भनेको रहेछ  । पञ्चपल्लवको पातबाट तप्किने हरेक थोपा पानीले तर्पणको विकल्प दिन्छ भन्ने रहेछ  । यो विकल्पलाई परिवार विहिन मानिसले उपयोग गर्न सक्छ कि सक्दैन  । आप्mनो काजक्रिया गरेर वैतरनी तर्ने विकल्प आफैले बनाउन सकिने भन्ने पनि सुनियो  । शालिग्रामी कृष्णागण्डकीको किनारमा पक्षीजगतलाई पालन गर्ने पञ्चपल्लव लगाउदा वैतरनी पार गर्ने मार्ग खुल्छ कि खुल्दैन ?

कृष्णागण्डकी प्रस्रवणमा आँपका वगैचा कुन उद्देश्यले लगाइएको हो ? त्यसबाट स्वश्राद्धलाभ लिन सकिन्छ कि सकिदैन ? यजुर्वेदका विज्ञहरूले पिण्डदानको निमित्त उत्कृष्ट अन्न र पिण्डदानको बारेमा शास्त्र सम्मत विकल्प सहित आप्mनो विचार पस्किदिनु भए दुविधा हट्थ्यो  । हामीलाई त शालिग्रामको नित्य स्पर्शमा रहेको कृष्णागण्डकीको पानी तर्पणको निमित्त सर्वाेत्तम जस्तै लाग्छ  । त्यो पानीले सिचित भूमिमा फलेको हरेक दाना अन्नमा पिण्डको फल पाईन्छ जस्तो लाग्छ  । हामीलाई लागेर मात्र हुदैन  । तपाईले नभनेसम्म यजमानले मान्दैनन्  । त्यसैले हातले लेखेर भएपनि एक दुई पाना विचार लेखेर वहसमा सहभागी भैदिनुहुन कर्मकाण्डका विज्ञहरू समक्ष विनम्र अनुरोध छ  ।

Previous Post

कृषि सचिवलाई स्वागत गर्दै चुनौतिका पोको सुम्पीए

Next Post

बाग्लुङ्गका पशुपालक किसानहरुका लागि सहकार्यको अवसर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाग्लुङ्गका पशुपालक किसानहरुका लागि सहकार्यको अवसर

बाग्लुङ्गका पशुपालक किसानहरुका लागि सहकार्यको अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In