• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सुन्तलाबाट अरव बढी आम्दानी भित्रिदै

आरसी टाइम्स by आरसी टाइम्स
२५ पुष २०७९, सोमबार ००:५८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
सुन्तलाबाट अरव बढी आम्दानी भित्रिदै
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

सालिकराम पोख्रेल/आरसी टाइम्स
स्याङ्गजा, पौष २५
यती वेला स्याङजाका सुन्तला वगैचामा सुन्ताला पकेर लटरम्मै देखीएका छन् भने सुन्तला बगैचाले राम्रो उत्पादन दिन थाले पछि सुन्तला किसानहरु खुसी भएका छन्  । स्याङजामा गत वर्ष भन्दा यो वर्ष सुन्तलाको उत्पादन बृद्धी हुदा यहाका किसानहरु १ अरव भन्दा वढी आम्दानी गर्न सफल भएका छन्  । स्याङजाका ४५ सय भन्दा वढी कृषकले अन्य खेती छाडेर ब्यवसायीक सुन्तला खेतीमा लागेका छन्  । यहाका किसानहरु सुन्तला खेतीवाट वार्षिक १ लाख देखि ३५ लाख सम्म आम्दानी गदै आएको पुतलीबजार १ कालाखोलाका किसान झम्कनाथ पौडेलले बताए  । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरे पछि उनीहरुको जिवनस्तरमा समेत परिवर्तन आएको छ  । स्याङजामा अघिल्ला वर्ष भन्दा यस वर्ष सुन्तलाको उत्पादन दोब्वर भएकोे सुन्तला किसान पौडेलले बताए  ।
स्याङजाका अधिकाशं भुभागहरु सुन्तला खेतीका लागि उपयुक्त छन्  । सुन्तलाको विजु विरुवा रोपेका ५ वर्षमा र कलमी विरुवा २ वर्षमा नै फल दिने हुदा यहाका किसानहरु ब्यवसायीक सुन्तला खेतीमा आक्रसित देखिएका हुन  । स्याङजामा यस वर्ष सुन्तलाको उत्पादन वढे संगै खुसी भएका यहाका किसानहरु सुन्तलाले सोचे जस्तो मुल्य नपाउदा भने निरास बनेका छन  । स्याङजामा सुन्तला बगैचावाट पोहोर यो समयमा प्रति केजी १ सय रुपैयाका दरले विक्री भई रहेको थियो भने अहीले सुन्तला वगैचावाट प्रति केजी ८० देखि ८५ रुपैया सम्म कारोवार भईरहेको छ  । यो वर्ष सुन्तलाको उत्पादन दोब्वर भयो तर मुल्य भने कम भएकोले किसान मर्कामा परेको पुतलीवजार ७ नेवारीवारीका सुन्तला किसान रामकाजी रानाले वताए  । स्याङजामा सुन्तलाको उत्पादन यो वर्ष राम्रो भए पनी सुन्तलामा लाग्ने रोग किराहरुको उन्मुलन समय मै नगर्ने हो भने अर्को वर्षवाट सुन्तलाको उत्पादन बढाउन नसकिने सुन्तला किसान रानाको भनाई छ  । उनका अनुसार सुन्तला सुपरजोन स्याङजाले किसानलाई रोकथामका केही उपाय दिएको भए पनी स्याङजाको सुन्तलामा झरुवा लाग्ने, सुन्तलाको दानामा काले टिका वस्ने र सुन्तलाको पुष्ट तथा राम्रो दान नदेखिएका कारण ग्रहाकले राम्रो मुल्य दिन हिचकिचाएकोे रानाले वताए ।
स्याङजाको पुतलीबजार ११ जैसीडाडामा यसै वर्ष देखि १३ सय मेटीक टन क्षमताको कोल्ड स्टोर संचालनका आएको छ  । सुन्तलाको राम्रो मुल्य पाउन नसकेका यहाँ किसानहरु कोल्डस्टोर संचालनमा आए संगै भने केही राहत महसुस गरेका छन्  । सुन्तला वोट मै राखै भने बाँदरले केही राख्दैन वेचौ भने राम्रो मूल्य छैन सुन्तलाको वजार मुल्य कम भए पछि अहिले भन्दा पछि राम्रो मुल्य पार्न सकिन्छ कि भन्ने उदेश्यले कोल्ड स्टोरमा सुन्तला ल्याएर राखिएको पुतलीबजार ११ जैसीडाडा की किसान ऋषि कुमारी अर्यालले बताइन  । सरकारले इन्डीयाको सुन्तला नेपाल आउन नदिएको खण्डमा यहाको सुन्तलाले मुल्य पाउने र किसानलाई राहत हुने अर्यालको भनाई छ  ।
स्याङजामा झण्डै २ हजार हेक्टर क्षेत्रफलमा सुन्तलला खेती हुदै आएको छ  । त्यो मध्ये १३ सय हेक्टर उत्पादन सिल छ भने ७ सय जती नयाँ फल्दै गरेका बगैचाहरु छन  । सुन्तला सुपरजोन स्याङजाले दिएको आकडा अनुसार स्याङजामा झण्डै १७ मेटिक टन प्रति हेक्टरका दरले उत्पादन हुदा स्याङजामा २२ हजार टन सुन्तला उत्पादन हुने देखिन्छ  । स्याङजामा गत वर्ष भन्दा ६० देखि ७० प्रतिसत सुन्तला उत्पादन भएको सुन्तला सुपरजोन स्याङजाले जनाएको छ  । अहिले औसध बजार मुल्य ६० रुपैया केजीमा विक्री हुदा यस वर्ष स्याङजामा १ अरव भन्दा वढीको सुन्ताला निर्यात हुदा सो रकम किसानको हातमा पुग्ने सुन्तला सुपरजोन परियोजना स्याङजाका प्रमुख माधव लम्सालले बताए । स्याङजाको उत्पादीत सुन्तला
अली अली अन्तरीक रुपमा खपत हुदै आएको छ भने अरु सवै जिल्ला बाहिर विक्री हुने गरेको प्रमुख लम्सालको जानकारी दिए ।
स्याङजामा उत्पादीत सुन्तला पोखरा वुटवल, नारनघाट र काठमाण्डौ निकासी हुने गर्दछ  । स्याङजाका ५ नगरपालीका र ६ गाउँपालीका मध्य ३ नगरपालिका र दुई गाउपालिकामा सुन्तला उत्पादन हुदै आएको छ  । पुतलीबजारका अधिकांश वडा, वालीङ नगरपालीका, भिरकोट नगरपालीका, अर्जुनचौपारी गाउँपालिका र विरुवा गाउँपालिका सुन्तला खेतीका पकेट क्षेत्र हुन  ।

Previous Post

तीनसय रोपनीमा सामुहिक आलुखेती

Next Post

माघे संक्रान्तिमा कृषि जैविक मेलामा निम्तो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

माघे संक्रान्तिमा कृषि जैविक मेलामा निम्तो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In