• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सुपरजोन कृषि परियोजना गाउँकेन्द्रीत गर्न पालिकाहरुको दवाव

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०८०, सोमबार १८:३६
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
सुपरजोन कृषि परियोजना गाउँकेन्द्रीत गर्न पालिकाहरुको दवाव
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज ८ ,
कास्कीमा संचालनमा रहेको सुपरजोन कृषि परियोजनाका लक्षित क्रियाकलापहरु गाउँपालिका केन्द्रित गर्न कास्कीका गाउँपालिका प्रमुखहरुले दवाव दिएका छन्  ।
हालै पोखरामा जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा भएको एक समारोहमा रुपा गाउँपालिका प्रमुखनवराज ओझा र अन्नपूर्ण गाउापालिका प्रमुख विष्णु केसीले कृषि उत्पादन मैत्रि समुदाय शहरको तुलनामा गाउँमा बढी भएकाले परियोजनाको लाभान्वीत सहभागीहरुमा गाउँपालिकाका किसानहरु भएकाले परियोजनाले गाउँपालिकाका किसानलाई लक्षित समुहका रुपमा हेर्न र सोहि मुताविक योजना बनाउन दवाव दिएका छन  । हरेक योजना शहर केन्द्रित गर्ने हो भने र महानगर मानै दोहोरोपन गर्ने हो भने परियोजनाको नाम र कार्यक्षेत्र बदल्नु भन्दै नाम अनुसारको कर्म गर्नका लागि गाउँका किसानका लागि लक्षित योजनामा ग्रामीण किसानको सहभागीता बढाउन उनिहरुले आग्रह गरेका छन्  ।
जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको एक समारोहमा परियोजना कास्कीका प्रमुख रोशन अधिकारीले चालु वर्षका लागि प्रस्तावित कायृक्रमहरु सार्वजनिक गरे  । परियोजनाको मोडल र बजेट योजना नियकित बदलीरहेकाले अघिल्लो महिना काम सूरुगर्न नसकिएको बताउँदै असोज महिनाबाट किसानहरका प्रस्तावहरु संकलन र अनुदानका छनौट प्रकृयाका क्रियाकलाप संचालन गरिने अधिकारीले जनाएका छन्  । परियोजनाले कास्कीमा तरकारीको सुपरजोन र अलैचीको जोन तहका क्रियाकलापमा सहजीकरण गरिरहेको छ  । कास्कीमा ५ पालिकामा ६ वालीका क्रियाकलाप रहेको, तरकारी , अलैची, बंगुर, अदुवा, गाइ÷भैसी र बाख्रामा क्रियाकलाप लक्षित गरेको अधिकारीले जनाएका छन्  । चालुवर्षका कार्यक्रम सार्वजनिकरण गर्ने समारोहलाई प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, समन्वय अधिकारी नवराज बराल, व्यापारसंघका प्रतिनिधि गोकर्ण कार्की, अलैची किसान दिपक पौडेल, तरकारी किसान इन्दीरा आचार्य , कृषि ज्ञान केन्द्र कास्कीका निवर्तमान प्रमुख शालिकराम अधिकारीले पनि सम्बोधन गरेका थिए  ।

Previous Post

बागवानी दिवसमा स्याउ किसान र कर्मी सम्मान

Next Post

पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु

पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In