• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सूर्यनारायण उदाउदैनन्: दिगो कृषिउद्यमको सूत्र

कृषिवित्त साक्षरता वहस

आरसी टाइम्स by आरसी टाइम्स
१३ कार्तिक २०८०, सोमबार १६:०५
in कृषि बजार, गण्डकी गौरव, फिचर, विचार
0
सूर्यनारायण उदाउदैनन्: दिगो कृषिउद्यमको सूत्र
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे

तिव्रगतिमा सातवटा घोडाले तानेको रथमा निरन्तर गतिमान सूर्यनारायणलाई हामीले नवग्रहको शिर्षस्थानमा सम्मान गरेका हुन्छौ  । दिनमानको गणना गर्दा सूर्याेदय र सूर्यास्तको आधारमा गणना गर्छाै  । हामीले विश्वास गरेको ज्योतिषशास्त्रमा दिनमान गणनामा खोट भएको भए सूर्य र चन्द्र ग्रहणको भविष्यवाणी मिल्ने थिएन  । त्यसैको आधारमा हाम्रो ज्योतिषशास्त्र कालजयी भएका छन्  । ज्योतिषशास्त्र खगोलविज्ञानको गहिराईमा भएको भएपनि स्थिर, धीर र दीप्तिमान सूर्यलाई गतिमान सूर्य भनेर व्याख्या गर्ने हाम्रो शिक्षाप्रणालीमा खोट छ  । शास्त्रहरूको मूलसन्दर्भस्रोत वेद हुन्  । वेदमा खोट भएकोभए ज्योतिषविद्यामा शुद्धता हुने थिएन  । खोट त वेद तथा उपनिषद्को व्याख्या गर्ने भाष्यकारमा हुन्छ  । सूर्यको गतिसंगै गतिमान भएर हनुमानले शिक्षा लिनुभएको तथा कुरुक्षेत्रको युद्धमा सूयास्त अगाडी जयन्द्रथको वध गर्ने अर्जुनको प्रतिज्ञा सत्य सावित गर्न भगवान् श्रीकृष्णले सूर्यको गति रोक्नुभएको दृष्टान्त समाजको आधा हिस्साले पत्याएपनि सूर्यनारायणलाई पाँच ग्रह र उपग्रह चन्द्रमाले परिक्रमा गरेको खगोलविज्ञानको शिक्षा प्राप्त गरेको हिस्साले पत्याउन कठिन हुन्छ  । पृथ्वी र हामीले ठेगाना भनेर प्रयोग गरेको स्वस्थानी भूगोललाई स्थिर र सूर्यलाई चलायमान मानेर देखीयको दृष्यलाई सत्य मान्ने र त्यस्ता दृष्यलाई प्रमाण मानेर गर्ने निर्णयमा खोट हुन्छ  । त्यही खोटको कारणले हामीले भूतकालको पुस्तौली अनुभवको गणना मात्र ठिक मान्ने गरेका छौ  ।


सूर्यनारायण उदाउँदैनन् , न त अस्ताउँछन्  । उनि त स्थिर, धीर र दीप्तिमान छन्  । तिनको प्रभाव देशान्तर अनुसार भिन्न छ  । त्यसैले कुनै एकदेशमा गरीएको अनुभव देशान्तरको निमित्त सर्वस्वीकार्य हुनुपर्छ भन्ने हुँदैन  । विश्वका धर्म संस्कृतिमा विविधता हुनुको मूलकारण त्यही हो  । त्यसै सत्यतामा परधर्ममा हानी र स्वधर्मपालनमा पूण्यको वकालत गरीयको हुन्छ  । त्याहाँ धर्मको अर्थ अन्य जीवजगत लगायत मानव समाजलाई प्रतिकुल असर नपर्ने गरेर आप्mनो परीवारको आधारभूत आवस्यकता पूरागर्न प्राकृतिक स्रोतको सदुपयोग गर्नुलाई धर्म भनिएको हो  । सूर्यलाई गतिमान र भूमिलाई स्थिर मानेर लेखीयका भाष्यलाई सत्य मानेर त्यस्ता भाष्यको आधारमा गरीने प्रवचनलाई भक्तिभावका साथ श्रवण गर्नु धर्म होइनन्  । आधारभूत आवस्यकतामा आहाराको व्यवस्थापन प्रथम हो  । अन्न भएन भने जीवन हुँदैन  । जीवको निमित्त सूर्यबाट प्राप्त गर्ने उर्जा संग्रह गर्ने माध्यम नै अन्न हो  । यस मानेमा कृषक सही मानेका धर्मात्मा हुन्  । उनिहरूले आप्mनो भूगोलको निमित्त उपयुक्त प्रविधि आप्mनै माटोसंग सोध्ने हो  । उपयुक्त कृषि प्रविधि सन्दर्भमा आप्mनै पुर्खासंग अनुभव साटने हो  । देशान्तरको अनुभवबाट प्रमाणित प्रविधि हाम्रो भूगोलको निमित्त परधर्म जस्तै हुन्छ  । त्यसले हानी गर्न सक्छ  । त्यसैले कृषि उद्यमको पहिचान गर्दा स्थानीय नश्लको बीउ, माटोको पुकार र परम्परागत प्रविधिको सहारामा उत्पादन हुने अन्नको गुणस्तर पहिचान गर्न आवस्यक हुन्छ  । विदेशीले विकास गरेको पाठ्यक्रममा दिक्षित कृषिशास्त्रीले पनि स्थानीय जलवायुमा उपयुक्त कृषि प्रविधि पहिचान गर्ने प्रारम्भिक सूचनाको स्रोत स्थानीय कृषक नै हुन्  ।
अन्न औषधि हो  । औषधिको स्रोत चन्द्रमाले परिष्करण सहित परिवर्तित् गरेको सूर्यको किरण हो  । औषधि गुणस्तरको त्यस्तो उर्जा ग्रहण गर्ने पानीको गुणस्तर पनि औषधि गुणस्तरको हुनुपर्छ  । आकाशबाट वर्षिने त्यस्तो पानीले प्रदुषण रहित भूमिमा वगेर खनिज मिसीयको हुनुपर्छ  । नेपालको भूगोल त्यस अनुकुलको छ  । पानी चोखो छ  । माटो प्रदुषण रहित छ  । गाउँमा अहिले पनि स्थानीय नश्लको बीउ पाउने सम्भावना छ  । खेतबारीमा गएर परिश्रम गर्न नसक्ने भएपनि आप्mनो भूगोलको कुनाकुनासंग परिचित जेष्ठनागरीक अहिले पनि पिंडी कुरेर बसेकाछन्  । पैसा खर्च गरेर किनेको प्रविधि भन्दा उनिहरूले संगालेको अनुभवबाट परिस्कृत प्रविधि तपाईको निमित्त उत्पादक सिद्ध हुन सक्छन्  । कृषिको व्यापार भनेकै प्रविधिको व्यापार हो  । मल, बीउ, पानी र गुणस्तरीय कृषि उत्पादन हुने रसायन मध्य कुनै एकको विश्वव्यापी व्यापार गर्न सकियो भने पनि मूनाफामूलक हुनसक्छ  । नेपाल प्रवेश गरेका बीउ, बीरुवा, मल, औषधि त्यही सूत्रमा भित्रीयका हुन्  । हामीले त्यही सूत्र प्रविधि निर्यातमा उपयोग गर्न सक्छौ  ।
देशान्तरको कृषि बजारमा प्रवेश गर्ने ढोका, त्यहीका कृषि वैज्ञानिक हुन्  । उनिहरूको परिक्षणस्थलमा हाम्रा अन्नवंश र प्रविधिले प्रवेश पायो भने मात्र पनि अन्न व्यापार सन्तुलनमा ठूलो योगदान हुन्छ  । त्यसको निमित्त बृद्धअवस्थामा पुगेका कृषकको भूमिका हुन्छ  । कृषि उत्पादनमा प्राकृतिक प्रविधिको अनुभव संगालेका जेष्ठनागरीक धेरै बाँच्दैनन्  । शरीरसंगै उनिहरूले संगालेको अनुभव पनि चितामा खरानी भयो भने हामी पूर्णरूपमा परधर्ममा निर्भर हुन पुग्छौ  । कृषि उद्यमीले सर्वप्रथम परम्परागत प्रविधिको सूत्र व्यावशायिक गोप्यताको साथमा भण्डारण गर्ने क्षेत्रमा लगानी गर्ने बेला अहिले नै हो  । हाईब्रिड बीउको सूत्र लुकायर व्यापारमा पल्केका कृषि उद्यमीसंग प्रतिस्पर्धा गर्ने उपयुक्त रणनीति लोपोन्मुख कृषि प्रविधिको सूत्र संकलन गरेर गोप्य राख्नु हुनसक्छ  । दुनीया सूर्य उदाउने र अस्ताउने भ्रममा छन्  । वास्तविक कृषि उद्यमीले सूर्य स्थिर, धीर र दीप्तिमान् छन्, गतिमान त पृथ्वी हो भन्ने बुभ्mनु पर्छ  ।
पृथ्वीको सवै कुना समान उचाईका छैनन्  । सूर्यको कीरण समानकोणमा सवै ठाउँमा पुग्दैन  । याहाँको माटो सवारीसाधनको सहारामा स्थानान्तरण गरेपनि गुणस्तर स्थानान्तरण हुन सक्दैन  । गुणस्तरीय कीरण र गुणस्तरीय पानीलाई औषधि गुणस्तरको अन्नमा बन्द गरेर उच्च बजारमूल्यमा बेच्नु नै वास्तविक बचत हो  । बचत पैसाको मात्र हुँदैन, पुस्तौली अनुभवबाट प्रमाणित भएको परम्परागत कृषिज्ञानको बचत पनि सहि मानेको बचत हुन्छ  । विदेशको प्रविधि आयात गरेर आप्mनै दाजुभाईको बचत खिच्ने उद्यमलाई वास्तविक कृषि उद्यम मान्न सकिदैन  । कृषि उद्यमीले त स्वदेशी उत्पादनको वैदेशिक व्यापार गर्ने सपना पाल्नु पर्छ  । डिजिटल कृषि उद्यममा समेत उपयुक्त यो सिद्धान्त विदेशीले सिकाउदैनन्  ।

Previous Post

चाडवाडको बेलामा मासुको परिकार सेवन गर्दा कम्तिमा पनि निम्नानुसारका कुराहरुमा ध्यान दिनुहुन अनुरोध

Next Post

निवुवाको चुक अमिलो घरेलु उद्यमबाट लाख बढी आम्दानी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
निवुवाको चुक अमिलो घरेलु उद्यमबाट लाख बढी आम्दानी

निवुवाको चुक अमिलो घरेलु उद्यमबाट लाख बढी आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In