• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘हरियो सुन’ फलाउँदै छन् बेगनास जलाधारमा लामिछाने

आरसी टाइम्स by आरसी टाइम्स
४ पुष २०७९, सोमबार १७:०९
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
‘हरियो सुन’ फलाउँदै छन्  बेगनास जलाधारमा लामिछाने
0
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स ,पोखरा, पौष ४ .

पोखराको खेरा गइरहेको खेतियोग्य कृषि भूमिमा हुन सक्ने विकल्पका उपायहरु अपनाएर आर्जन बढाउने सरकारी नीतिलाई सम्मान गर्दै पोखराको बेगनास क्षेत्रका एक किसानले व्यवसायिक कागती खेति थालेर नमुना पहिचान निर्माण गर्दै छन्  । दैनिक जसो भोजनालयमा खोजी हुने कागतीको दाना शहरी उपभोक्ताहरु जती मुल्य परेपनि किनीरहने ‘हरियो सुन’का रुपमा लिने गर्दछन्  ।
बेगनास ताल जलाधार क्षेत्रको स्याङ्गखुदीमा २६ रोपनी जमिनमा ७०० कागतीका बेर्ना रोपेर पाँचौ वर्ष देखि उत्पादनको लाभ लिन थालेको किसान टुकाराम लामिछानेले व्युरोलाई जनाएका छन्  । सोना १ र सोना २ जातका कागती खेति गरिरहेका कृषक लामिछानेले बगैचाको प्रारम्भीक समयमा १ वर्ष तरुल खेति र अर्को बर्ष अकबरे खुर्सानी खेति गरेर अन्तरबाली लाभ लिएको जनाएका छन्  । उनले चौथो वर्षबाट तरुल र खुर्सानी हटाएर कागतीलाई नै मूख्य बालीका रुपमा मौका दिएको बताए  ।

हिउँदे समयमा बगैचाको काँटछाँट, गोडमेल र माटो तथा बोटको उपचार कार्यको थालनी गरिहरेका लामिछानेले बगानको चौथो वर्षमा १०० किलो उत्पादन लिएकोमा पाँचौ वर्षमा ६०० किलो फसल टिप्न पाइएको र आगामी वर्ष तुलनात्मक रुपमा ६ गुणा बढी उत्पादन लिन सकिने अनुमान रहेको बताएका छन्  ।

कोरोना कहर भन्दा अगिल्लो वर्ष पोखरामा भएको कन्दमुल प्रतियोगितामा पुरस्कृत समेत भएका किसान लामिछानेले कन्दमुल भन्दा कागतीबाट सदाबहार लाभ लिन सकिने देखेपछि कागती बगान विस्तार गर्दै तरुलका बगान कटौति गरेको बताए  ।
पोखराको पर्यटकीय उपभोक्ता बजारमा दैनिक जसो खपत हुने कागती बजारमा कागती उपलब्ध गराएर स्थानीय कृषि रोजगार बढाउने र भारतीय बजारमा कागतीका लागि जाने मुद्रा रोक्ने जुक्ती सोचेर लामीछानेले लामिछाने अर्गानिक कृषि फार्मका रुपमा व्यवसायिक कृषि बगान सूरु गरेका हुन्  । बगानमा पहिलो वर्ष धनकुटाको पाख्रीबास बाट ५०० वटा सोना १ जातको कागती रोपेका लामिछानेले दोश्रो वर्षमा २०० विरुवा थपेको बताए ।

उक्त २०० विरुवा सुन कागती नै भनेर रोपीएकोमा तेश्रो वर्षमा नै फल ठुला लागेर टिप्ने बेलामा सुन कागती नभइ अकै जातको देखिन आएको पनि बताए  । यसैपालीको तिहारमा पोखरा बजारमा कागती भनेर किसानले किन्न नमाने पछि विमिरो भनेर तिहारमा केहि विक्रि भएको र कागती चाहने उपभोक्ताले नरुचाएकोले २०० विरुवामा धोका खाएको पनि किसान लामिछानेले बताए  ।

किसानलाई मर्का परेको कुरा मिडियामा आएपछि प्रादेशिक कृषि निर्देशनालय गण्डकीले ‘घटनाबाट पाठ सिकेको ’ जनाउदै नर्सरी व्यवस्थापन निर्देशिका बनाएर फलफुल नर्सरीको गुणस्तर नियनत्रण तथा जातिय सुद्धताको सुनिश्चितता गर्न पहल गर्ने जनाएको छ  । निर्देशनालयले हालै प्रदेशका ११ जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुखहरुको सहभागितामा नर्सरी व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार पार्दै प्रदेश सरकारको मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको पनि जनाएको छ  ।

कृषक लामिछानेले बागती बगैचाबाट लाभ बढाउनका लागि हिउँदे मौसममा सिचाइको सुविधाका लागि थोपा सिंचाइको उपाय लगाउने सोच बनाएर सहयोगी निकाय खोजीरहेको पनि बताएका छन्  । महानगरीय पहिचानको पोखरामा वडा स्तरीय कृषि प्राविधिकको पहुँच हुन नसकेको र किसानको फोन सूचनाका भरमा प्राविधिक आउने अभ्यास नभएकाले गर्जो परेको बेला सरकारी प्राविधिकहरुको पहुँच पाउन नसकेको जनाएका छन्  । पोखराको थोक तरकारी बजारमा बजारियाले तोकेको मुल्यमा कागती दिनु पर्ने अभ्यास भइहेकोमा अबका दिनमा पर्यटन बजारका सेवा प्रदायकहरुसँगको समन्वयमा कागती बजार विस्तार गर्ने जुक्तिको खोजीमा रहेको पनि लामिछानेले जनाएका छन्  ।

 

Previous Post

‘माटो—पानीका मलामीहरु’

Next Post

काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि

काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In