• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हिमाली पशुपालनमा पूर्णखोपको प्रभाव :

अभिलेखन र परजीवी नियन्त्रणमा सफलता

आरसी टाइम्स by आरसी टाइम्स
२६ फाल्गुन २०८१, सोमबार १४:३६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो
0
हिमाली पशुपालनमा पूर्णखोपको प्रभाव :
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
रामचन्द्र बराल/आरसी टाइम्स 
 मुस्ताङ्गबाट फर्केर, फाल्गुण २६
  गण्डकी प्रदेशका भेटेरीनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुले अभियानमुलक रुपमा संचालन गर्दै आएको पूर्णखोप कार्यक्रमले हिमाली पशुपालन समुदायमा सकारात्मक प्रभाव पारेको पाइएको छ  ।  गत ४ वर्ष पहिले नमुना प्रयोगका लागि म्याग्दी जिल्लाबाट सूरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रम हाल गण्डकी प्रदेशका सबै ११ जिल्लामा सञ्चालनमा आएको जनाइएको छ  ।   म्याग्दीको अनुभवलाई पँुजिकरण गर्दे गण्डकी प्रदेश सरकारले सबै पशुसेवा विज्ञ केन्द्रहरुबाट यो कार्यक्रम सञ्चालन गर्न बजेटरी व्यवस्था गर्दै पशुरोग नियन्त्रणका लागि खोपहरु खरिद गरेर जिल्लाका स्थानीय गाउँ पालिकाका पशुसेवा प्राविधिक समेत परिचालन गरीएको थियो  ।
मूस्ताङ्ग जिल्लाका पालिकाहरुमा हरेक वडामा पशुसेवा प्रविधिकहरु समेत उपलब्ध रहेकाले जिल्ला पशुसेवा विज्ञ केन्द्रका प्राविधिकहरुको समन्वयमा जिल्लाका ५ वटै पालिकाका २५ वडाका ६७ हजार पशुमा पूर्णखोप अभियान सार्थक पारिएको जिल्ला पशुसेवा विज्ञ केन्द्रका प्रमुख लालमणि अर्यालले बताएका छन्  ।
हिउँ प्रणालीमा आएको परिवर्तनका कारण प्रकट भएका कतिपय मिचाहा वनस्पतिहरुका साथै नयाँ रोग  र परजिवि किराहरुले दुख दिन थालेको , मान्छेमा आएको कोरोना जस्तै पशुमा लम्पी स्कीन भनिने गीर्खे रोगले हैरान पारेकोले किसानहरु पशुसेवा कार्यालयको सम्पर्कमा आएर पुर्ण खोप लगाउन उत्सुक रहेको झोङ्ग चरन खर्क मुक्तिक्षेत्रका च्याङ्गरा पालक किसान छेवाङ्ग रिन्जीन गुरुङ्गले जनाएका छन्  । 
जलवायु परिवर्तनसँगै पहिले नआउको रोग पनि हिमाली बस्तीमा देखिा थालेको र याक नाकमा भ्याकुते रोग , खोरेत रोग तथा किर्ना र जुम्राले दुख दिएको अवस्था बारेमा पशु स्वस्थ्य कर्मीलाई रिपोर्टीङ्ग गरिसकेपछि पुर्ण खोप लगाउन किसानलाई पनि उत्प्रेरित गरेकोले गोठ र खर्क चााहर्दै खोप लगाउने अभियान नै चलेको धौलागीरी हिमालको सेकोङ्ग चरन क्षेत्रका याक पालक किसान तथा याक नेटवर्क नेपालका महासचिव सोजन हिराचनले बताए  ।
धौलागीरी हिमालकाँखमा चारबटा चरन खर्कमा २३ वटा चौरीगोठ व्यवस्थापन गर्दै आएका किसानहरुले पुर्णखोप अभियानले चौपाया पशुधनको रोग नियन्त्रणमा टेवा पुगेको र पशुधनमा आन्तरिक तथा वाह्य परजिवि नियन्त्रणमा सजिलो हुन पुगेका, आफ्ना पशु चौपायाको स्वास्थ्य स्थितिबारे प्रोफायल ने किसानलाई दिने व्यवस्था भएकाले पशुरोग नियनत्रण र पोषण व्यवस्थापनमा किसानहरुलाई नयाँ रणनिति बनाउन सघाएको हिराचनले  बताए  ।  पूर्ण खोपका अभियानमा स्थानीय गाउँपालिकाका जनप्रतिनिधिहरु समेत मार्फत स्थानीय जनतालाई मोटिभेसन गरेका कारण पनि जनसहभागिता विस्तारमा सहज हुँदै गएको मुक्तिक्षेत्र गाउपालिकाकी पशुस्वास्थ्यकर्मी मिना ओलिले बताइन्  ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, केन्द्र मुस्ताङले समुदाय स्तरमा पूर्णखोप अभियान संचालन गर्दा किसानबाट चौपाया विवरण फारम भराउने र खोपको आवस्यक मात्राको अभिलेखन गराउन थालेकाले जिल्लाका कुन किसानसँग कस्ता चौपायाधन रहेका छन् र तिनिहरुको स्वास्थ्य प्रोफाइल के छ भन्ने आँकलन गर्न सजिलो भएको पशुसेवा विज्ञि केन्द्र मुस्ताङ्गका प्रमुख लालमणि अर्यालले जनाएका छन्  ।  अर्यालका अनुसार खोप अभियानमा समेटिएका चौपायाहरुमा गाई ६हजार ६८६ वटा, भैसी २०६ वटा, बाख्रा १२७० वटा, बंगुर ९२ वटा कुकुर ५०२ वटा रहेका छन्  ।  यसैगरि याक चौरीहरु ४ हजार ५०७ वटा, भेडा ४ हजार २९८ वटा रहेका छन् भने च्याङ्गराहरु ४९ हजार ७६९ वटा समेत गरि मुस्ताङ्गमा ६७ हजार ३३३ वटा चौपाया रहेको जिल्ला पू्रर्णखोप अभिलेखले जनाएको छ  ।
किसान सूचीकरण मोडलमा पशुधन प्रोफाइल कायम गर्न सक्ने हो भने मुस्ताङ्गका हरेक वडाका पशुधन प्रोफाइललाई किसानगत रुपमा अभिलेखन गर्ने डाटा पूर्वाधार विकास भएको पाइएको छ  ।
Previous Post

हिमाली चरन खर्कहरुमा  विषाक्त घाँसले किसान चिन्तीत

Next Post

मध्यविन्दुको रैथाने खाना महोत्सवका सिकाइहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मध्यविन्दुको रैथाने खाना महोत्सवका सिकाइहरु

मध्यविन्दुको रैथाने खाना महोत्सवका सिकाइहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In