पोखरा क्षेत्रबाट कृषि मूलक पत्रकारिताको १६ औ वर्ष अभ्यासमा रहेको हाम्रो यात्रा डिजिटल माध्यम ‘आरसी टाइम्स डट कम डट एनपी’ मा रुपान्तरण भएको छ । गतवर्षको कोरोना कहर र स्वास्थ्य संकटकालमा नागरिक जीवनमा सक्रिय र प्रभावकारी रुपमा अवलम्बन भएको अनलाइन पत्रकारिताको शिक्षाबाट पाठ सिक्दै हामी पनि डिजिटल यात्रामा अगाडी बढेका छौं ।
गण्डकी प्रदेशका साना किसानहरुको साथ र प्रेरणाबाट सुरु भएको आरसी टाइम्सको कृषि पत्रकारिता अभ्यास अब डिजिटल माध्यमबाट ठूला कृषि उद्यमी र प्रविधिमा रुपान्तरण हुन चाहने नव कृषि उद्यमी एवं परदेशबाट फर्केर प्रविधिमा पहुँच राख्न चाहने किसानहरुको साझा चौतारीका रुपमा रुपान्तरण हुने छ भन्ने हामीले विश्वास लिएका छौं ।
कृषि पत्रकारिताका माध्यमबाट ऋषि कृषि पद्दतीको पैरवी गर्दै आएको आरसी टाइम्सले प्रादेशिक कृषि नीतिका विभिन्न आयामहरुमा बहसमूलक पृष्ठपोषण गर्दै योगदान पुर्याएको छ । यो पहिचानलाई अझ विस्तारित गर्नमा डिजिटल संस्करणले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
विद्यालय शिक्षामा कृषिमूलक उद्यमका आधारमा समृद्धिको यात्रा तयार गर्नमा निरन्तर पैरवी गर्दै आएको र ग्रामीण पुस्तकालयहरुमा कृषि प्रविधिको शिक्षाको माग सिर्जनामा हाम्रो १६ वर्षे यात्राले जुन पहिचान र अपनत्व निर्माण गरेको छ, कोरोना कहर पछि स्थानीय रैथाने खाद्य संस्कृतिको संरक्षण र संवद्र्धनमा हाम्रो सिर्जनात्मक पहल रहने छ । बीस वर्ष पहिलेबाट विकास हुँदै आएको माटो , जीव तथा वनस्पतिको सामूहिक हितका लागि ‘एक विश्व एक स्वास्थ्य’को मान्यतालाई आफ्नो पत्रकारिताको पैरवी धार बनाउँदै लैजान हामी निरन्तर लागिरहेका छौं ।
हाम्रो सम्पादकीय नीति अनुसार राजनीति र अन्य विषयलाई बेवास्ता गर्दै कृषिलाई मूल प्रेरणाको केन्द्रमा राखेर जनसामान्यको जीविका सुधार र सकारात्मक उद्यमशील विचार प्रवाह गर्ने हाम्रो पत्रकारिता अभ्यासको मूल मान्यता हुनेछ ।
Kulraj Ji, Ram Chandra Ji and the wider RC Times Family:
Congratulations on the occasion of your new phase and entry into the digital age!!!
This will definitely improve access and visibility to wider audience.
Pramod Parajuli, Ph.D.
Founder, Annapurna Pluriversities
याे कृषि प्रसारकाे माध्यम भन्दा अभियान हाे । प्रथम याेजनाकाल देखि नियमित प्राथमिकतामा परेकाे याे क्षेत्रमा भएकाे खर्चलाई खाध्यान्न आयातकाे आँकडाले गिज्याएकाे छ । बसाई सराईकाे आँकडाले एकातिर खेति याेग्य जमिन खण्डिकरण भएकाे छ भने गाउमा श्रमिक अभावले बाँझाे रहेकाे छ । त्यसैले हामीले कृषि प्रविधिलाई भन्दा धेरै कृषिनीति र कृषि समाजशास्त्रलाई प्राथमिकता दिने लक्ष राखेका छाै । विदेशमा कृषि अर्थशास्त्रमा अध्ययन अनुसन्धान गर्नु भएका विज्ञहरूले अनुसन्धान निष्कर्ष पठाएर सहयाेग गर्नु हुनेछ भन्ने अपेक्षा छ ।
हामी संगसगै छाै । तपाईहरूकाे निमित्त बनेकाे प्लेटफर्म हाे । अनुसन्धान निष्कर्ष पठाउनु हाेला । हामी कृषि वैज्ञानिकहरूलाई किसानसंग जाेडने प्रयासमा हुन्छाै ।