• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै

आरसी टाइम्स by आरसी टाइम्स
१३ चैत्र २०७९, सोमबार १२:५९
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३
विश्वव्यापी रुपमा माटो र बालीमा मिसिएका रासायनिक विषादीका कारण मानव र अन्य घरपालुवा जीव समेतका स्वास्थ्यमा गम्भीर प्रकृतिका समस्याहरु देखिन थालेकाले मानवीय प्रयासमै विस्तारित भएको विषादी नियन्त्रण गर्न सरकारी तवरमा नै एक साताब्यापी प्रचार सप्ताह मनाइएको छ ।

विश्वव्यापीरुपमा एक विस्व एक स्वास्थ्यको अभ्यासका लागि माटो, वाली, पशु र मानवस्वास्थ्यको सरोकार राख्नेहरुले एकिकृत रुपमा विषादी मुक्त कृषि अभ्यासका लागि पहल थाल्ने प्रतिबद्धता जनाउँदै आलि देखि थालीसम्म बिषादी रहित बाली खोजौ र रोजौ भन्दै अभियान चलाएका छन् । यसै अभियानका सन्दर्भमा पोखराका कृषक महिलाहरुले विषादी मुक्त कृषि अभ्यासको पालना गर्ने सडक नाटक पनि देखाएका छन् ।

आलि देखि थालीसम्म बिषादी रहित बालीका लागि प्रतिवद्द बनौ भन्दै सन्चालन भएको बिषादी प्रयोगमुक्त सप्ताह अन्तर्गत किसान बजार बिरौटामा बिषादीको दुरुपयोग, असर र न्युनिकरण उपाय सम्बन्धी सन्देशमुलक सडक नाटक प्रदर्शनी गरेका छन् । पोखरा २६ आइपीएम कृषक समूहका रुपमा संगठित भएका देविमाया ढुंगानाको २३ जना महिलाहरुको समूहले सडक नाटक मञ्चन गर्दै किसानहरुको वाली व्यवस्थापन प्रकृयामा विषादीको प्रयोगले किसानहरुलाई कसरि प्रभाव पारेको छ र विषादी मुक्त अभ्यास किसानकै लागि कति जरुरी छ भन्ने सन्देश प्रवाह गरेका छन् । गाउघरमा विषादी प्रयोगको नकारात्मक असरले मानिसको स्वास्थ्यमा खरावी आएपछि पनि अस्पताले पहुँचमा आएर उपचार गर्नूभन्दा गाउँकै धामी फुक्ने बानीले गर्दा समयमै उपचारको अभाव हुने र किसानको स्वास्थ्यमै संकट आउने सबाल पनि महिला समुहले नाटकमा उजागर गरेका छन् ।

बालीसंरक्षण प्रयोगशाला पोखराको समन्वयमा भएको विषादी मुक्त कृषि अभ्यासको साताव्यापी अभियानमा पोखरा क्षेत्रमा आइपीएम कृषि अभ्यास र वकालत गर्दै आएका कृषक समुह तथा गैससहरुको पनि सहभागीता रहेको प्रयोगशाली प्रमुख शुष्मा मरहट्ठाले जनाएकी छन् । किसानहरुको सडक नाटक मञ्चन पछि पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरीया, कृषि विकास निर्देशनालयका प्रमुख बासुदेव रेग्मी तथा कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले सम्बोधन गर्दै विषादी मुक्त कृषि अभ्यासका लागि समाजका सबै तप्काले समन्वयात्मक भूमिका खेल्नु पर्ने तथा माटो र वाली चोखो राख्न असल कृषि अभ्यास अपनाउनु जरुरी रहेको बताए ।

किसानहरुमा विषादी मुक्त कृषि अभ्यासका लागि अइपिएम कृषि पाठशालाले सहजकिरण गर्ने भएकाले आजभोलि विभिन्न पालिकाहरुमा कृषि शाखाहरुको सक्रियतामा कृषक पाठशाला संचालनको लहर नै चलेकोले माटो र वाली संरक्षाका लागि कृषक पाठशाला परिचालन रणनिति प्रभावकारी देखिएको छ ।

अधिकांश घरेलु करेसाबारी र खेतका कृषि कर्ममा महिला सहभागीता बढी देखिने भएकाले स्थानीय सरकारका प्रयासमा भएका आइपीएम कृषि पाठशालामा महिला सहभागीता उच्च हुन थालेको छ । महिलाहरुकै सहभागतिामा विषादी नियनत्रण अभियान चलाउँन सकेमा माटो र बाली सँगै भान्छाको खानाको थाली समेत शुद्ध हुने विश्वासले महिलाहरुलाई आइपीएम कृषि पाठशालामा सहभागीता र विषादी नियन्त्रण तथा स्वस्थ कृषि अभ्याासमा जोड दिन थालेको पाइन्छ  ।

Previous Post

पोखरा विरौटामा डमरु कृषक बजार संचालन

Next Post

‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’

‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In