आरसी टाइम्स व्युरो
मुस्ताङ्ग, जेष्ठ ८
स्याउ खेतिबाट उच्च बजार मुल्य आर्जन गर्न सकिने उद्येश्यले गण्डकी प्रदेशका चार हिमाली जिल्लाहरुमा किसानहरुले विगत केही वर्ष देखि उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेति गर्दै आएका छन् । सरकारले गण्डकीका म्याग्दी, मुस्ताङ्ग, मनाङ्ग र गोरखा जिल्लाका हिमाली क्षेत्रमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतिलाई प्रवद्र्धन गर्न विभिन्न सहजकिरणका क्रियाकलाप गर्दै आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले जेठ ४ देखि ६ गते सम्म मुस्ताङको जोमसोममा उच्च घनत्व प्रविधिमा आधारित स्याउ उत्पादन तथा ब्यवस्थापन तालिम उपलब्ध गराउँदै किसानलाई अभिमुखकिरण गरेको छ । तालिममा मुस्ताङ र बाग्लुङका उच्च घनत्व स्याउ खेतिमा आवद्ध कृषकहरूको सहभागिता रहेको थियो । सहभागिलाई पद्म आत्रेय र हरि प्रसाद नेउपानेले प्रशिक्षित गरेका थिए ।