रामबहादुर केसी
फूल नफुल्ने उन्यु प्रजातिका बिरुवाहरुको धेरै पुरानो इतिहाँस छ । यिनीहरुको अस्तित्व ६० लाख वर्ष पहिले देखिनै रहेको छ । हाल आएर त फूल फुल्ने प्रजतिकै विश्वमा बोलवाला छ । नेपालमा ५८० प्रजातिका उन्यु र यसै संग मिल्ने प्रजाति पाइएको रिपोट छ । यिनको अध्ययनमा ब्रिटिश, जापानिज, भारतीय, र नेपाली वनस्पति विज्ञहरूको निकै पसिना बगेको छ । निउरो नेपाली भान्सामा औधि रुचाइने जंगली तरकरीमै पर्दछ । तराई देखि उच्च पाहाड सम्म नै धेरै प्रकारका निउरोहरू पाइन्छन ।
निउरोको तरकारी अचार बनाएर खाने प्रचलन छ । काली निउरो र कुथुर्के निउरो , मसिनो निउरो, पानी निउरो , चिप्ले निउरो , डन्ठे निउरो ः जसलाई कतै डउणे कतै लाखुटो पनि भनिन्छ , साउने निउरो आदि नेपाली पहाडी लेकहरुमा पाइने निउरोका प्रकार हुन् ।
पश्चिम तराईमा थारुहरु निउरोलाई कोचिया र मिथिला क्षेत्र तिर निगुर भन्ने पनि गरिन्छ ।
काठमाडौँ को बजारमा चैत्र देखिने असोज कार्तिक सम्म निउरो पाइन्छ । यो जंगली प्रांगारिक तरकारीनै हो । उच्च बजार मुल्य पाइने भएकाले आज भोलि कतै कतै बजारमा छिटो छिटो आपूर्ति गर्न पाखा तिर नै रासायनिक मल राखेर उत्पादन लिएको पनि सुनिन आएको छ ।
निउरोका औषधीय गुण र फाइदाहरु पनि छन् । निउरोको सेवनले धेरै फाइदा पुग्दछ ।
यो औषधीय गुण र पोषणयुक्त तरकारी हो । यसमा एन्टीअक्सीडेण्ट गुण छ,्र भिटामिन ए, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, ओमेगा (३, ओमेगा (६ बिटा क्यारोटिन, खनिज पदार्थ, आदि धेरै मानव शरीरका लागि उपयोगी तत्वहरु पाइन्छन । यसको तरकारी सेवनले क्यान्सरका बिरामी, भाइरल खोकी र चिसो लाग्दा , फोक्सोका बिरामी लाई निकै फाइदा पुग्दछ ।
काली निउरोको जरा थिचेर रगत्मासी, कब्जियेत, रक्त निर्माणका लागि, अनिमियत महिनावारी, पेटमा जुका पर्दा, जन्डिस, घाटी दुख्दा, प्रयोग गरिन्छ । तर ख्याल गर्नु पर्ने कुरा सबै उन्यु प्रजाति सेवन गर्नु हुदैन । केहि त अत्यन्त विषालु पनि हुन्छन । परापूर्व देखि खादै आएका चिनिएका नै खानु पर्दछ । जैविक विविधतालाई वातारणीय सन्तुलन, खाद्य सुरक्षा, रोजगारीको सिर्जना, आम्दानीको श्रोत आदिका रुपमा लिन सकिन्छ । तर एउटा चिन्ता र चासोको बिषय यिनीहरू पनि मासिदै छन् ।
कारणहरुमा भूक्षय, बन फडानी, वन डढेलो, अनावस्यक सडक निर्माण, पशु चौपएको अधिक चरण, विश्वव्यापी वातारणीय परिवर्तन, बढ्दो प्रदुषण, बढ्दो मानवीय चापले संरक्षणमा ध्यान नदिई संकलन मात्र गर्ने प्रवृती र पिराहा,वनमारा प्रजातिका वनस्पतिको अतिक्रमणका कारण क्षति भइरहेका छन् ।
यो लेख अत्यन्त ग्यान्बर्धक र सबै कुरा समेटिएको र छोटो पद्धा कौतुहल जगाउने पढौ पढौ लाग्ने र अत्यन्त उपयोगी लाग्यो।अहिले बजार्मा अत्यस्धिक रासायनिक बिशादी प्रयोग गरिएको तरकारी को दबदबा भएको समयमा प्राङ्गारिक औशधिय गुण भएको प्रसस्त पौस्टिक गुण भएको यो तरकारी नेपाली भन्छामा उत्तम बिकल्प हुनेछ । यो लेख हामिलाइ उपलन्ध गराउने नार्कका सेवानोबृत मुख्य वैग्यानिक श्री राम के सी सर्लाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।