महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, असोज १०
शब्द , धुन, र ध्वनीमा मन्त्र साधना र लोक हितका लागी मन्त्रको उपासनागर्दै अन्न ब्रम्हको खोजीमा लाग्ने ऋषि परम्परा कृषि प्रणालीसँग अनन्य रुपमा जोडिएको छ । यस्तो ऋषि र कृषि परम्पराको कडीको रुपमा रहेका उपासना क्षेत्रहरु ऋषिका अनुसन्धान क्षेत्रका रुपमा विकास भएका र हाल धार्मीक पर्यटनका रुपमा तीर्थाटन हुनेगरेका स्थानहरु गण्डकी प्रदेशमा विशेषरुपमा पाइन्छन् ।
पर्वत र स्याङजाको सीमानामा रहेको डहरे देउराली लेकलाई यस्तै ऋषि र कृषि परम्पराको अनुसन्धान क्षेत्रका रुपमा रुपमा विकास गराउन आवश्यक रहेको स्थानीयहरुले माग गरेका छन । कालिगण्डकीले परिक्रमा गरेको पञ्चासेको सामिप्यमा रहेको एैतिहाँसिक तपस्थलीको रुपमा रहेको यस क्षेत्र पर्या—पर्यटनको लागि पनि महत्वपुर्ण गन्तव्य रहेको छ । पर्वतको फलेवास नगर पालिका, स्याङजाको अर्जुन चौपारी र आँधिखोला गाउँ पालिकाका सीमाना जोडीएको यस क्षेत्रको अग्लो लेक डहरेलाई पैदल मार्ग सँगै धार्मीक क्षेत्रको रुपमा प्रचार र विकास गर्न आवश्यक रहेको छ ।
२२ सय ५९ मिटरको उचाईमा रहेको निलगिरी पहाडमा डहरा नाम भएका ऋषिले तपश्या गरी बसेको र पछि तीनै ऋषिको नामले प्रशिद्धी पाएको यस क्षेत्रको वर्णन स्कन्द पुराणमा गरीएको बताइन्छ । श्रवण कुमारले आफ्ना अन्धाअन्धी बावुआमालाई तिर्थाटन गराउन ल्याएका किम्बदन्ती अनुसारको अन्धाअन्धी क्षेत्र पनि यसै क्षेत्रमा पर्दछ । डहरा ऋषि र स्कन्द पुराणको महीमा रहेको क्षेत्र भएपनि आवश्यक प्रसार प्रसार नहुँदा ओभेलमा पर्दै आएको डहरे देउरालीका मूल पुजारी पशुपति आनन्द गिरीले बताएका छन् ।
निलकण्ठ पर्वत शिदेश्वर महादेव र कालिशक्तीको विषेश पुजा आराधना हुने षेत्र हो । यस क्षेत्रमा वडा दशैंका नवरात्र, र नव वर्ष मागेसंक्रान्ती , वाला चतुदर्शी जस्ता पर्वहरुमा मेला लाग्ने गर्दछ । हिन्दु धर्मको चार धाम मध्ये मुक्ती क्षेत्र मुक्तीनाथ यात्राको प्रारम्भ गर्ने स्थानको रुपमा रहेको डहरे लेकलाई सुनाखरीको लेकको रुपमा पनि चिनिने गरीन्छ । पर्वतको कार्कीनेटा, थापाथाना र स्याङजाको पञ्चमुल , आरुचौर लगायका वडाहरुमा फैलिएको डहरे क्षेत्रबाट पर्वत स्याङजा र कास्कीका रमणीय दृश्यावलोकन गर्न सकीन्छ । विगत वि स १९९७ मा तत्कालीक पाँच ग्राम पञ्चायत बाट यज्ञ यज्ञादी हुँदै आएको अभिलेख रहेको भएपनि पछिल्ला सरकारहरुको चासो यस क्षेत्रमा पर्न नसकेको पुजारी गीरीको भनाई छ ।
पर्वत र स्याङजा दुवै जिल्लाबाट डहरे पुग्न सकीने गरी सडक पैदल मार्ग बनेको भएपनि मन्दीर व्यवस्थापनमा स्थानीय सरकारको चासो बढाउन आवश्यक छ । धार्मीक देखी पर्यावरणीय र जलधार क्षेत्रको विकास र प्रबर्धन गर्न सकेमा यहाँ ऋषि कृषि परम्परा अध्ययन क्षेत्रको रुपमा समेत विकास हुने सम्भावना रहेको छ ।