आरसी टाइम्स व्युरो
पोखरा, श्रावण ७
सुन्तला उत्पादन र बजारिकरणमा पोखरामा पहिचान जोगाएको कृस्तिी नाच्नेचौरको काफलबोटेमा सुन्तला बगानमा कत्ले किराको व्यापक समस्या देखिएर सुन्तला बगैचा नै कालो देखिएको छ ।
विगत एक महिनाबाट बगान नै कालो भएको स्थानीय सुन्तला किसान उमानाथ सुवेदीले बताएका छन् । समस्याका बारेमा पोखरा महानगरका प्राविधिकबाट स्थलगत अवलोकन भई समस्या पहिचान भएको जनाइएको छ ।
महानगरका कृषि महाशाखाका प्रविधिकहरुले व्यवस्थापन उपाय सहित सर्बोऔषधी तेल छर्कने सल्लाह दिएको महानगर कृषि प्रविधिक अगुवा मनहर कडरीयाले जनाएका छन् ।
तस्वीर सौजन्य: उमानाथ सुवेदी