• Aarsee Times
Tuesday, December 16, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कफी खेतिमा बायो–डाइनामिक प्रविधिको चासो

आरसी टाइम्स by आरसी टाइम्स
१ पुष २०८२, मंगलवार ००:१८
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
कफी खेतिमा बायो–डाइनामिक प्रविधिको चासो
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, मंसीर २९
पछिल्ला दिनमा बजारमुखी स्वस्थकर कृषि उत्पादनको खोजिको मात्रा बढीरहेका बेला बायो डाइनामिक कृषि प्रविधि तर्फ चासो बढीरहेको छ भने कफी खेतिमा पनि बायो डाइनामिक प्रविधिको उपयोगका बारेमा सहजिकरण हुन थालेका छन्  । हालै चिया तथा कफि विकास बोर्डको क्षेत्रिय कार्यालय पोखरामा कफी किसानहरुलाई बायो—डाइनामिक प्रविधिका बारेमा अभिमुखीकरण गरिएको जनाइएको छ  ।

रासायनिक मल र विषादीको प्रयोग घटाउँदै माटोको जैविक उर्वराशक्ति, जैविक विविधता र प्राकृतिक चक्रलाई सुदृढ बनाउने उद्देश्यले विकसित गरिएको बायोडाइनामिक कृषि प्रविधि हाल स्वस्थ खाद्य उत्पादन र वातावरणमैत्री खेती प्रणालीका रूपमा चिनिन थालेको छ  । कफी खेतीमा यस प्रविधिको प्रयोगले उत्पादनको गुणस्तर वृद्धि हुनुका साथै बजारमा मूल्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ  ।

कृषकहरूलाई माटो व्यवस्थापन, जैविक कम्पोस्ट, वनस्पति र खनिजबाट तयार गरिने बायोडाइनामिक तयारीहरू तथा चन्द्रमास र प्राकृतिक चक्रअनुसार गरिने कृषि अभ्यासबारे जानकारी गराउँदै सहजिकरण कार्यक्रमहरू सञ्चालन हुन थालेका छन्  । यस्ता अभ्यासहरूले कफी खेतीलाई दिगो, पर्यावरणमैत्री र आर्थिक रूपमा लाभदायक बनाउने विश्वास लिइएको छ  ।

विशेषगरी निर्यातमुखी कफी उत्पादनमा अन्तर्राष्ट्रिय बजारले जैविक र बायोडाइनामिक प्रमाणीकरणलाई प्राथमिकता दिन थालेको वर्तमान अवस्थामा नेपालका कफी कृषकहरूका लागि पनि यो प्रविधि दीर्घकालीन अवसरका रूपमा देखिन थालेको छ  ।
चिया तथा कफी विकास बोर्डले गत वर्षपनि यसबारेमा कार्यशाला संचालन गरेको तथा यतिबेला त्यसैको निरन्तरता र सिकाई विस्तारको पहल गरिएको बोर्डका क्षेत्रिय कार्यलय प्रमुख चन्द्र पूरीले जनाएका छन्  ।
तनहुँ दुले गौडाका महेन्द्र कुमार श्रेष्ठ लगायतले तालिमको क्रममा विभिन्न विधिको प्रयोग गर्न सिकाउने, जैविक मल , औषधी बनाउने, सेतो गवारो नियन्त्रणका लागि गाइको गोवको पेस्ट बनाएर लगाउने, माटोमा रहेका सुक्ष्म जीवको मात्रा बढाउन सहयोग पुर्याउन सहजिकरण गरिएको चिया—कफी प्राविधिक नगेन्द्र सुवेदीले जनाएका छन्  । बायो—डाइनामिक प्रविधिले विरुवाको रोगप्रतिरोधात्मक क्षमता (इमयुनीटि) बढाउने षमता राख्ने प्रविधिका रुपमा चिनिएको अस्ट्रेलियाबाट आएका पीटर क्रेल्भीले आफ्नो ३० वर्षदेखिको अनुभव पनि सुनाएका थिए  ।

कसैलाई पनि हानी नपुर्याइकन पर्यावरणीय मित्रुजीवहरुमा हार्मोनीपूर्ण सम्बन्ध निर्माण गर्ने प्रयासका लागि बायोडाइनामिक प्रविधि परिचित मानिएको र कफी खेतिमा बायोडाइनामिक प्रविधि प्रयोग प्रमाणित भएका विश्वबजारमा अर्गानिक उत्पादन भन्दा पनि उपल्लो तहको बजार मुल्य पाउने सम्भावना रहेको पनि बताइएको छ  । तालिममा कास्की,स्याङ्गजा, गोर्खा, लमजुङ्ग, काठमाण्डौंबाट आएका ५० जना सहभागी रहेको जनाइएको छ  ।

Previous Post

हामी बिसौं वर्षमा

Next Post

गड्यौली मलमा ‘प्रेरणाको पहल’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गड्यौली मलमा ‘प्रेरणाको पहल’

गड्यौली मलमा ‘प्रेरणाको पहल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In