महेन्द्र जीसी, पर्वत, असोज ८
गण्डकी प्रदेश उद्योग वन तथा पर्यटन मन्त्रालयको एक करोड बजेटमा पुन निर्माण गरीएको पर्वतको ठुलीपोखरीमा पानी जम्मा हुन नसकेर मध्ये वर्खामै सुकेको स्थानीयहरुले गुनासो गरेका छन् । पुर्ननिर्माण अघि सम्म पानीले भरीभराउ हुने पोखरी पुर्ननिर्माण पछि झन सुख्खा भएको बारेमा स्थानीयहरुले गुनासो गरेका छन् ।
पर्वतको कुश्मा नगर पालिका १२ मा रहेको करीव ४ रोपनीमा फैलिएको पोखरीको पुनःनिर्माण पछि सुख्खा भएको जनाइएको छ । भु तथा जलाधार कार्यालय पर्वतको प्राविधिक सहयोग गरीएको भएपनि पोखरीमा पानी नअडीएको स्थानीय युगनाथ पौडेलले बताए । मध्य वर्खामा सुख्खा बनेकोे पोखरीको ईतिहाँस सरकारी निकाय बाटै नामेट गर्ने काम भईरहेको पौडेलले बताए ।
१९ सय सालमा निर्माण भएको ईतीहाँस बोकेको पोखरी तत्कालीन समयमा पानीको मुल स्रोतको रुपमा समेत रहको स्थानीयले बताएका छन । पुन निर्माणमा निर्माण सामाग्री प्रयोग वातावरण मैत्री नहुँदा र डोजर प्रयोगले पोखरीको मुल नै हराएपछि अहीले पोखरी सुख्खा बनेको स्थानीयहरुको भनाइ छ ।
हाल पोखरीमा स्कुले विद्याथी खेल खेल्ने र दशैमा पिङ बनाएर खेल्ने गरेका छन । पोखरीमा पानी नअडीएपछि तत्कालीन गाविसको नाम र वडाको नाम रहेको ठुलीपोखरीको पहीचान नै गुम्ने खतरामा रहेको वडा कार्यलयले जनाएको छ । वडा अध्यक्ष झलक प्रसाद रिमालले एैतिहाँसिक पोखरीलाई जोगाउन सबै पक्षको ध्यान जान पर्ने बताउँदै पुन बजेट छुटाएर पोखरीका पानी अडाउने गरी निर्माण गर्नु पर्ने खाँचो रहेको बताए ।
जिल्ला कै ठुलो क्षेत्रफलमा फैलिएको पोखरीमा पुर्न निर्माण पछि पानी नअडीएको भन्दै स्थानीयले समेत पटक पटक गुनासो गर्दै आएका छन । एैतिहासिक र ठुलो क्षत्रफलमा फैलिएको पोखरी रहेको हुँदा यस क्षेत्रको ठुली पोखरी नामाकरण गरीएका थियो ।