• Aarsee Times
Thursday, March 26, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

काउरो, कोइरालो, निउरो र सिप्लीकानः वसन्त ऋतुको वन्यतरकारी शहरी भान्सामा रोजाइ

आरसी टाइम्स by आरसी टाइम्स
९ चैत्र २०८२, सोमबार १६:५३
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
काउरो, कोइरालो, निउरो र सिप्लीकानः          वसन्त ऋतुको वन्यतरकारी शहरी भान्सामा रोजाइ
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

विजया आचार्य
पोखरा, चैत्र,९
बसन्त ऋतुको सिमसिमे झरीसँगै बन पाखामा पलाउने वन्य तरकारी मानव बस्तीको सघन बसाइ—सराइसँगै शहरी भान्साहरुमा पस्न थालेका छन् । चैतका महिनाहरुमा उपयोगका साइत बन्ने वन्य तरकारी: काउरो, कोइरालो, निउरो र सिप्लीकानहरु पहाडी ग्रामीण भान्सामा मात्र सीमित नरही अहिले शहरी उपभोक्ताको ‘हेल्दी डाइट’ बन्न पुगेका छन् । ग्रामीण जीवन पातलिँदै र शहरी जनघनत्व बाक्लिँदै गएको हुनाले यी मौसमी वनस्पतिहरु आर्थिक बजारको सम्भावना बोकेर शहरी कृषि बजारमा प्रवेश गरेका हुन् ।

वसन्त ऋतुमा वनस्पतिहरूले नयाँ पालुवा फेर्ने क्रममा कलिला पात, कोपिला र फूलहरू खानयोग्य हुन्छन् । यसैकारण चैत—बैशाखलाई पहाडी समुदायमा ‘वन्य तरकारीको सिजन’ मानिन्छ ।
तर अहिले यो परम्परा गाउँबाट शहर सरेको छ । शहरी उपभोक्ताहरूमा मौसमी र पौष्टिक खानेकुराप्रति बढेको चासोले गर्दा यी ‘जंगली’ तरकारीहरू कृषि बजारका उच्च मुल्यका प्रिमियम ‘सगुन’ बनेका छन् । चैतको दोस्रो सातामा यी तरकारीहरू किलोको २०० रुपैयाँमा कारोबार भइरहेको पोखराका कृषि उपज बजारका व्यवसायी सुरेन्द्र पौडेलले जनाएका छन् ।

आकाशे वर्षाको पात्रोअनुसार उम्रने यिनीहरूमा ऋतु अनुकूलनका वन्य तरकारीहरु विशेष खाद्यतत्व ः भिटामिन र खनिज प्राकृतिक रूपमा समावेश हुने मानिन्छन् ।
यो सिजनका चार वन्य तरकारी चार फरक स्वाद, चार फरक गुणका मानिन्छन् । काउरोका पालुवा र हरियाली टुसाहरूमा आइरन र भिटामिन एको स्रोत मानिन्छ । यो तरकारीलाई स्थानीय रूपमा ‘भुटन’ वा दालसँग मिसाएर पकाइन्छ। पोखराका होटलहरूमा अहिले ‘काउरो पकौडा’ पनि मेनुमा पाइन्छ । यसैगरि कोइरालोको गुलाबी फूलभन्दा कलिला पात र कोपीला बढी माग हुने गर्दछन् । चिल्लो हटाउन दूध हालेर पकाइने यसलाई गुरुङ समुदायमा मासुसँग मिसाएर झोल बनाउने गरिन्छ । बेसार र जीरामा छर्किने यसको स्वाद मीठो र हल्का टर्रो हुन्छ ।

वसन्त ऋतुको वन्य तरकारीमा लोकप्रिय रहेको निउरोमा भिटामिन के, आइरन र म्याग्नेसियम प्रचुर हुने बताइन्छ । वसन्तमा टिपिएका कलिला नीउरोका मुन्टाहरुलाई बेसार र आलुसँग मिसाएर झोल वा भुटन बनाउने गरिन्छ । रक्तअल्पता र जोर्नी दुखेकालाई यसले राहत दिने आयुर्वेदिक मान्यता छ ।
वसन्ते वन्य तरकारीमा रोजाइको परिकारका रुपमा चिनिएको सिप्लीकान पहाडी खेतबारी र वनको सीमामा प्रशस्त पाइन्छ । सामान्यतया तीतो(मीठो स्वादको यसलाई साग वा चामलसँग मिसाएर खिचडी बनाउन प्रयोग गरिन्छ । तराइबाट आउने ‘सितलचिनी’ सँग प्रतिस्पर्धा गर्दै पहाडी सिप्लीकानले पनि शहरी बजारमा स्थान बनाएको छ ।

तनहुँको ऋषिङ्ग घिरिङ्ग र नवलपुरको देवचुलीमा सिप्लीकानको व्यापारिक संकलन गर्ने पहिले प्रचलनमा थियो। तर अहिले आयुर्वेदिक औषधि बनाउने व्यवसायीहरूले जरो र बोक्रा किन्न थालेपछि स्थानीय किसानहरूले हिउँदमै बोट काट्न थालेको देवचुलीका हिमलाल बरालमगरले जनाएका छन् । ‘यसले तरकारीका लागि भएको सिप्लीकान पनि सखाप हुने खतरा बढेको’ उनले बताए ।
कास्कीको रुपा गाउँपालिकाले भने सिप्लीकानको दिगो व्यावसायिक खेति गर्न प्रोत्साहन गर्दै विरुवा अनुदान दिइरहेको छ । पोखराको लेखनाथ चुइनेमुढाका कबिराज खनालले सिप्लीकान वीउ संकलन, बेर्ना उत्पादन र व्यावसायिक विरुवा वितरण गर्दै आएका छन् ।

‘बाँदरले धान—मकै सखाप पारेका पाखो बारीमा सिप्लीकान खेति गरेर साग र गुन्द्रुरुकको व्यावसायिक उत्पादन गर्न सकिने सम्भावनाले अभियानमुखी उत्पादनमा लागेको’ खनालले बताए । उनले विभिन्न गाउँपालिका र किसान समूहका लागि सिप्लीकानको विरुवा उत्पादन अभियान नै चलाएका छन् ।
वन्य तरकारीको बजार मुल्य प्रति किलो २०० रुपैयाँसम्म पुग्नुले यसको आर्थिक सम्भावना देखाएको छ । तर वनको दिगो संकलन र व्यावसायिक खेतिबीच सन्तुलन आवश्यक देखिएको छ । यी वसन्ते वन्य तरकारीहरू पहाडी जैविक विविधताको जीवन्त सम्पत्ति पनि हुन् । बजारका लागि अन्धाधुन्ध संकलन र जरा उखेलेर बेच्ने प्रवृत्तिले यो विरासत नै सङ्कटमा पार्न सक्छ । तसर्थ, वन्य तरकारीलाई दिगो व्यवसाय बनाउन स्थानीय तहले नीति बनाउन र किसानहरूले बेर्ना रोपणमा आधारित खेति अपनाउन जरूरी छ ।
यिनको औषधीय महत्व थाहा पाएपछि शहरी बजारमा उपभोक्ताको माग बढेको हो। तर यी वनस्पतिको औषधीय गुण बिरुवाको उमेर, संकलन समय र भूगोलमा भरपर्ने जानकारहरु बताउँछन् । यिनको औषधीय प्रयोग र व्यावसायिक उपयोगबीच सन्तुलन कायम राख्नु जरूरी छ । अन्धाधुन्ध संकलनले जैविक विविधता सङ्कटमा पार्ने भएकाले, यिनको दिगो संरक्षण र वैज्ञानिक खेति नै भविष्यको एकमात्र विकल्प हो ।

Previous Post

राजमार्ग नजिकै कागती खेती फस्टाउँदै 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In