महेन्द्र जिसी/आरसी टाइम्स
पर्वत, पौष २८
कृषि विकास कार्यलय पर्वतले किसानहरुको बगैचामा पुगेर सुन्तलामा देखीएका समस्या सुल्झाउन प्राविधिक पृष्ठपोषण कार्यक्रमको आयोजना गरेको छ । कृषि अनुसन्धान केन्द्र लुम्ले , वालि विज्ञान प्रयोगशाला कास्की र कृषि विकास कार्यलय पर्वतको टोलीले किसानहरुका बगैचामा पुगेर रोग लागेका बोट पहिचान र उपचार ल्याव परिक्षण गराएको हो । कार्यलयले समस्या ग्रस्त बगैचा सुन्तलाको बोटमा पुगेर रोगी पात, काण्डको पिसीआर परिक्षण समेत गरेको छ ।
किसानहरुसँग अन्तकृया गरेर किसानले औल्याएका समस्या र बोटको उपचार परिक्षण र मलखाद दिने तथा सिचाईको प्रबन्ध मिलाउने तौर तरीका सीकाइएको छ । किसानहरुले विगतमा राम्रो उत्पादन दिने बोटमा सुक्दै जाने पात पयाँलो हुने काण्डमा ढुसी पलाउने गरेको गुनासो राखेका थिए ।
सम्मुनती कृषि फर्म फलेवास १० कुर्घा युधीष्टीर शर्माले र अर्का किसान उमाकान्त शर्माले विरुवाको स्याहार सुसार गर्दा पनि पछिल्ला वर्षहरुमा रोग किराको समस्या बढदै जान थालेको गुनासो गरे । उनिहरुले सून्तलाको विरुपा पहेलो हुने काण्डमा ढुसी लाग्ने र बोट मर्ने समस्या भएको बताए ।
टोलिले फलेवास नगर पालिका ८ ठनामौला फलेवास ७ लिमिठाना र वडा न १० कुर्घाका सुन्तला किसानका बगैचामा पुगेर समस्या पहीचान सँगै किसानहरुलाई बगैचा स्याहार सुसार र सरसफाई गर्ने, मलखद र सिचाई दिने विधि सीएकाईएको हो । बगैचामा पुगेर समस्या पहिचान पृष्ठ पोषण गर्ने कार्यक्रम अन्तर्गत फलफुल वालीको अनुसन्धान देखी ल्याव परिक्षण सहीतका एकिकृत कार्यक्रम गरीएको कृषि विकास कार्यलय पर्वतका प्रमुख गोपाल लामीछानले बताए ।
रोग लागेका वोटको काँट छाँट र समस्या ग्रस्त बोटको पहीचान र उपचारको लागी पात काण्ड र फलको पिसीआर परिक्षण गर्न लागीएको वालि विज्ञान प्रयोगशाला कास्कीका प्रविधिक सन्तोस अधिकारीले जानकारी दिए ।
टोलीले आगौटे सुन्ततला जाती र पछौटो सुन्ताला जातीमा समेत अनुसन्धान थालेको छ । किसानहरुको बगैचामा पुगेर सुन्तला बोटको काँटछाँछ देखी रेख देख विधि सिकाईएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि नगर पालिकाका कृषि प्राविधिक लगायतको सहभागिता रहेको थियो ।
पर्वतमा फलेवास नगर पालिकाका विभिन्न वडा , जलजला गाउँ पालिकाकाका विभिन्न वडा र मोदी गाउँ पालिकाका विभिन्न वडामा व्यवसायीक सुन्तला खेती हुँदै आएको छ ।

