महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, श्रावण २३
मध्य बर्खामा तालिम सञ्चालन गर्दा किसानको सहभागिता नभएपछि पर्वतको कुश्मा नगर पालिका पशु सेवा शाखाले नयाँ जुक्ती निकालेको छ । किसानहरु खेती वालीमा व्यस्त रहनु परेका कारण व्यवसायिक किसान तालिममा सहभागि नभएपछि नगर पालिकाले आँफनै कर्मचारीलाई व्यवसायिक कुखुरा पालन तालिममा पठाएको जनाएको छ ।
भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतले आयोजना गरेको तीन दिवषीय तालिममा कुश्मा नगर पालिका पशु सेवा शाखाले किसानको सटटा शाखाकै कर्मचारीलाई तालिममा सहभागि गराएको जनाएको छ । किसानहरुलाई खवर गर्दा किसानको सहभागिता भएपछि कर्मचारीलाई नै तालिममा पठाएको नगर पशु सेवा शाखाले स्वीकारेको छ । शाखा प्रमुख मित्रलाल सापकोटाले तालिममा सहभागिता गराउने किसानको अपुग भएपछि शाखाको कर्मचारी तालिममा पठाएको बताए ।
तालिम आवास सेवा सहीतको २५ जनाको सहभागिता माग गरिएको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतले जनाएको छ । जिल्लाका सात वटै पालिकाबाट व्यवसायिक रुपका कुखुरा पालन गरीरहेका किसानको माग सहीत पत्र पठाएको मा स्थानीय तहले छनौट गरेर किसान पठाउनु पर्ने केन्द्रले बताएको हो । केन्द्रका प्राविधिक प्रकास परियाले स्थानीय तहले छनौट गरेर जिल्ला स्तरीय तालिममा पठाएपछि आँफुहरुले सहभागी गराएको बताए ।
सय देखी पाँच सय कुखुरा पालन गरीरहेका किसानहरुलाई तालिममा सहभागि गराउन आह्वान गरिएकोे थियो । तालिमममा कुखुरामा लाग्ने गम्बारो रोग, रानीखेत रोग ,उडुस रोग भ्यक्सीन र लालन पालनमा देखीने समस्या र समाधानका बारेमा किसानहरुलाई प्रशिक्षीत गरिएकोे छ । सात स्थानीय तह रहेको पर्वतमा स्थानीय तहले छनौट गरेर पठाएका २२ किसानको सहभागिता रहेको छ ।