महेन्द्र जीसी
पर्वत, फाल्गुण २८
व्यावसायीक तथा सीप विकास तालिमकेन्द्र पर्वत र फलेवास नगर पालिकाको सहकार्यमा मिनिटिलर मर्मत तालिम दिईएको छ । नगर पालिकाका ११ वटै वडाका किसानहरुलाई तालिम दिईएको हो । पछिल्ला वर्षहरुमा कृषि यान्त्रीकरण अन्तर्गत गाउँ—गाउँमा मिनिटिलर हलो अनुदानमा वितरण भएपनि मर्मतमा किसानको मागलाई सम्बोधन गर्दै तालिम दिइएको हो ।
प्रत्येक वडालाई दुई टोलमा विभाजन गरेर प्रती वडाका दुइ जनालाई गरी २२ जनालाई तालिम दिइएको हो । १५ दिन सम्म सञ्चालनमा रहेको तालिममा किसानहरुले सामान्य मर्मत गर्न पनि सदरमुकाम धाउनु पर्ने महङ्गो शुल्क तिर्नु पर्ने किसानको समस्या हल गरेको बताए । किसानहरुले मिनिटिलरमा मोवील फेर्न , पल्ग फेर्न तथा समान्य मर्मत गर्न पनि सदरमुकामका मर्मत केन्द्रमा लानुपर्नेमा तालिममा आँफुहरुलाई राहत पुगेको बताए ।
१५ दिन सम्म सञ्चालन रहेको तालिममा कृषि यान्त्रीकरणको लागि प्रयोग हुने मिनि टिलर हलो मर्मत गर्न , खरावी आएमा समस्या ,पत्तालाउन सक्ने खरावी भएको पाट पुर्जा निकाल्न र नयाँ जडान गर्न सक्ने भएका हुन । मिनि टेलर विग्रीएर पुन गोरु पाल्न पर्ने बाध्यता भएका किसान र गाउँमा खेती गर्दै गर्दा सामान्य खरावीले पनि खेती लगाउने समयमा किसानले पाएको दुखलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरीएको उप प्रमुख शोभा कुमारी क्षेत्री र व्यवसायीक सीप विकास तालिम केन्द्र प्रमुख मोहनचन्द्र सुवेदीले बताए ।
गाउँ नै गाउँ रहेको नगर पालिकामा अधिकाँश मानीस कृषि पेशामा रहेको हुँदा किसानहरुका माग अनुसार वडाबाट छनौट गरेर तालिम दिइएको हो । तालिममा फलेवास नगर पालिकाका कुर्घा पाङराङ, भंगारा , लिमिठाना , ठानामौला , मुडीकुवा, थापाठाना , कार्कीनेटा , देवीस्थान गरी सवै वडाका प्रतिनिधि मुलक किसानको सहभागिता रहको छ ।