कृषक परिचय पत्रका लागि आवेदन आव्हान
पोखराको शानितवनमा रहेको थोक कृषि उपज बजारमा कृषक सेडमा बसी आफ्नै स्थानीय कृषि उपज ,तरकारी तथा फलफुल विक्रिी गर्ने कास्की जिल्ला भित्रका कृषकहरुलाई परिचय पत्र वितरण गर्ने निर्णय भएको हुँदा तपशिलका कागजातहरु सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा आवेदन दिनुहुन जानकारी गराइन्छ ।
आवश्यक कागजातहरु
१. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपीः क) जग्गाधनीसँगको नाता प्रमाणित प्रतिलिपी
ख) जग्गा भाडामा लिएको भए जग्गा सम्झौता पत्रको प्रतिलिपी र सो जग्गाको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी
२. कृषक समूह वा कृषि सहकारीको सिफारीस पत्रको प्रतिलिपी
३. सम्बन्धीत वडा कार्यालयको सिफारिस पत्रको प्रतिलिपी
४. पासपोर्ट साइजको फोटो २ प्रति