अर्जुनदेव ज्ञावली
कृषि जैविक विविधता भन्नाले कृषि क्षेत्रमा भएका सम्पूर्ण जाति, प्रजातिहरु (वालीविरुवा र पशुपंक्षी) बिचको अनुवांशिक विविधता भन्ने बुझिन्छ । जैविक विविधताले सम्पूर्ण जिवित वस्तुहरु विचको संख्या, सापेक्षित प्रशस्तता, संरचना एवम तालमेललाई बुझांउछ । यसले कृषि क्षेत्रसगं सम्बन्धित सम्पूर्ण बालीविरुवा, थल—जलप्राणी, सुक्ष्मजीव, जडिबुटी—बुट्यान, वनपैदावारहरु इत्यादि बिचको समष्टिगत स्वरुपलाई बुझाउँछ । जैविक विविधतालाई प्रजातिय, वंशाणुगत र पारिस्थतिक प्रणालीको विविधता गरी तिन वर्गमा बाडिएको छ । कृषि जैविक विविधता, जैविक विविधताको एक उप—समुह हो भन्दा फरक पर्दैन । जैविक विविधता खाद्यान्न, पशुवस्तुको आहार, ईन्धन–उर्जा, जडिबुटी ईत्यादीको प्रमुख श्रोत हुन् । जसलाई मानिसले संरक्षण र पालनपोषण गर्दछ र सट्टामा मानिस संरक्षित र पोषित हुन्छ ।
कृषि जैविक विविधतालाई मुख्य दुई भागमा बाड्न सकिन्छ । पहिलो, कृषिमा प्रयोग गरिदैं आएका र किसानद्वारा व्यवस्थित गरिएका बालीबिरुवा, वस्तुभाउ र तिनीहरु बिचको विविधतालाई लिन सकिन्छ । दोश्रोमा, तिनै बालीबिरुवा र वस्तुभाउसंग सम्बन्धित वस्तुहरु बिचको विविधितालाई लिन सकिन्छ, जस्तै माटोमा पाईने सुक्ष्मजीवहरु, झारपात–जडिबुटी, शाकाहरी र माशांहारी वस्तुहरु, जसले कुनै न कुनै रुपमा कृषि उत्पादनलाई प्रभाव पारेका हुन्छन् । कृषिको जैविक विविधताले निम्न पक्षहरुलाई समेटेको हुन्छ ।
— फसल लिइने खालका बालीबिरुवा र तिनका जातहरु जस्तै खाद्यान्न बाली, वस्तुभाउ, जलप्राणी साथमा जगंली रुपमा थल र जलमा पाईने अन्य जीवहरु, जस्तै वनमा पाईने च्याउ, जडिबुटी आदि ।
— फसल नलिईने प्रकारका जीवहरु जसबाट प्रत्यक्ष रुपमा नभई अप्रत्यक्ष रुपमा त्यसबाट प्राप्त हुने सेवाको उपभोग गरिन्छ । जस्तै परागसेचन गर्ने किरा÷पुतली÷चराहरु, माटोमा पाईने सुक्ष्म जीवहरु आदि ।
— फसल नलिईने प्रकारका जीवहरु र तिनीहरुसगं सम्बन्धित पारस्थितिक प्रणाली, जस्तै खेतबारी, चरन÷खर्क, वनजगंल, जलमा पाईने प्रणाली । जसले वातावरण सन्तुलन राख्नुका साथै कृषि उत्पादन बृद्धिमा सहयोग गरेको हुन्छ ।
कृषिमा पाईने विविधता कृषिको विकाससगैं किसानद्धारा छनौट र व्यवस्थित गरिदैं आएका हुन् । यस्ता खालका विविधताहरुको अस्तित्व मानव जातिको संरक्षण र सम्बद्र्धन बिना संकटमा पर्न जान्छ । प्राचिन समयमा खेतीपातीको शुरुवात आज भन्दा कम्तीमा १०,००० वर्ष अगाडि भएको मानिन्छ । समयको विकास सगैं मान्छेले आफ्नो आवश्यकता अनुरुपका बाली र तिनका जातहरु छनैट, संरक्षण र सम्वर्दन गर्दै ढुङ्गे युगको कृषिलाई आधुनिकता सम्म ल्याई र्पुयाएको छ । हाल कृषिमा प्रयोग भएका सम्पूर्ण बालीनाली र यिनका जाति–प्रजातिहरु सबै जगंली स्वरुपबाट सुधार गर्दै गर्दै अहिलेको अवस्थामा ल्याइएका हुन् । खेतीपातीको क्रममा सर्वप्रथम प्रयोगमा ल्याइएको बालीहरुमा गँहु, जौ, केराउ, मुसुरो आदि पर्दछन् भने धानको प्रयोग सर्वप्रथम चिन बाट ईसा पूर्व ८००० भएको पाइन्छ ।
नेपालमा कुल खेती योग्य जमिनको करिव २१ प्रतिशत जमिनमा कृषि कर्म गरिन्छ । नेपालका मुख्य बालीहरु धान, मकै, गँहु, कोदो, आलु, उँखु, जुट आदि हुन्,जसमा धेरै विविधता पाउन सकिन्छ । नेपाल देश आफैंमा जैविक विविधतामा विश्वमै धनी मानिएको देश
हो । यहाँ जैविक विविधताका कुल ६५०० प्रजातिहरु पाइन्छन् ।
Credit : slow food international/slow Europe आवश्यकता र महत्व
जैविक विविधताको क्षेत्र जति फराकिलो
छ, त्यति नै फराकिलो रुपमा यसको आवश्यकता र महत्वहरु छन् । यसर्थमा यसको महत्व फरक फरक ढंगबाट हेर्न÷बुझ्न सकिन्छ । जसमध्ये केहि तल उल्लेख गरिएको छ ।
सिधै प्रयोगमा आउने
यस अन्तर्गत मानिसले आफ्नो आवश्यकता परिपूर्ति गर्नका लागि सोझै उपयोग गर्न सकिने वस्तु÷सेवाहरु पर्दछन् । खाद्यान्न बाली, जडिबुटी, वनपैदावारहरु आदि यसका उदाहरणहरु हुन् । मानिसले आफ्नो दैनिक उपभोगका लागि प्रयोगमा ल्याउने वस्तुहरुलाई यस अन्तर्गत लिन सकिन्छ ।
अप्रत्यक्ष रुपमा प्रयोगमा आउने
यस अन्तर्गत जैविक विविधताबाट अप्रत्यक्ष रुपमा प्राप्त हुने सेवा÷सुविधाहरु पर्दछन् । जसबाट मानिसका आवश्यकताहरुका साथै वातावरण सन्तुलनमा पनि सघाउ पुगेको हुन्छ । परागशेचन क्रिया, माटोको पोषण चक्र, माटो संरक्षण, रोगकिराहरुको प्राकृतिक निदान, जलवायु चक्र, अध्ययन अनुसन्धानको विषय, रितिरिवाज चालचलन, धार्मिक आस्था, सौन्दर्य तथा पर्यटनजस्ता विषयलाई जैविक विविधताको अप्रत्यक्ष महत्वका रुपमा लिन सकिन्छ । यसैगरी जलवायु परिवर्तनको असरलाई थेग्न सक्ने क्षमताको विकास, भु(क्षय रोकथाम, स्वच्छ हावा पानीको उपलब्धता, उर्वर भुमि र वातावरणीय फोहोरलाई स्थीरिकरण गर्न सघाउ पु¥याउने कुरामा पनि जैविक विविधताको योगदान उल्लेखनीय रहेको हुन्छ ।
तत्काल प्रयोगमा नआउने
यस अन्तर्गत भावी प्रयोजनमा ल्याउन सकिने, सन्ततिका लागि प्रयोगमा ल्याउन सकिने अथवा वातावरण सन्तुलनको हिसाबले आवश्यक पर्ने महत्वलाई बुझांउछ ।
जैविक विविधिता किन आवश्यक ?
जैविक विविधता नै कृषि विकासको आधारशिला हो । जैविक विविधता भनेपछि कृषि उत्पादनका लागि आवश्यक पर्ने बालीबिरुवाको आनुवांशिकता पर्दछ । जसबाट राम्रो गुण भएका बालीनालीको विकास गरिन्छ । यदि यस्ता गुण भएका जैविक विविधता हराएमा÷लोप भएमा बाली विकास÷सुधारका लागि आवश्यक पर्ने आधार पनि हराएर जान्छन् । बालीबिरुवामा रोग÷किरा प्रतिरोधात्मक क्षमता, प्रतिकुल हावापानी, माटो आदि सहन गर्ने क्षमता जस्ता गुणहरुको विकास÷सुधारका लागि जैविक विविधताले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
जैविक विविधताको महत्वलाई खाद्य र पोषण सुरक्षाका दृष्टिले पनि हेर्न सकिन्छ । भिन्न भिन्न थरीका खानेकुराहरुको श्रोत भनेको जैविक विविधता नै हो । खाने कुरामा जति धेरै विविधता हुन्छ त्यति नै धेरै थरीका शरीरलाई चाहिने पोषण तत्वहरु प्राप्त हुन्छन् । फलस्वरुप मानिसको खाद्य तथा पोषण सम्बन्धि कमिलाई सुधारी खाद्य तथा पोषण सुरक्षा कायम गर्न सकिन्छ । नेपाल जस्तो देश जहां बर्षेनि कैयौं जनसंख्या कुपोषणको शिकार हुन्छन् ्, त्यसका लागि यो उत्तम विकल्प हुन सक्छ । यसका साथै विभिन्न रोगहरुको निदान र उपचारका लागि चाहिने जडिबुटी तथा औषधीका लागि चाहिने कच्चा पदार्थहरुको प्रमुख श्रोत भनेको जैविक विविधता नै हो । जसले मानिसको स्वास्थ्य जस्तो महत्वपूर्ण कुरालाई बचाइराख्न मद्दत गरेको हुन्छ ।
बालीबिरुवामा लाग्ने रोग÷किरा नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि जैविक विविधता महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष हुने गरेको कृषि उत्पादन नोक्सानमा, रोग÷किराले उत्पादनको झण्डै एक तिहाई देखि आधा सम्म नोक्सान गरेको तथ्यहरु पाईन्छ । बजारमा पाईने महगों विषादीको प्रयोगले एकातिर उत्पादन खर्च बढाउदै लगेको छ भने अर्कातिर मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा कम लागतमै बाली संरक्षणका लागि स्थानिय श्रोत साधन र उपलब्ध विविधताहरुको उचित प्रयोग गर्नु बुद्धिमत्ता हुन्छ । उदाहरणका लागि बाली व्यवस्थापनमा मिश्रित खेती अपनाउदारोग÷किरा व्यवस्थापन गर्न सकिनुका साथै उत्पादनमा पनि विविधिकरणता ल्याउन सकिन्छ । बाली उत्पादनमा विविधिकरणता अपनाउनाले रोग÷किराको प्राकृतिक शत्रुहरुको बृद्धि हुन गई रोग÷किरा व्यवस्थापनमा मद्दत मिल्नुका साथै परागसेचनमा सहयोग गर्ने जीवहरुको संख्यामा उल्लेखनीय बृद्धि हुन गई उत्पादन बढ्छ ।
कृषिमा प्रयोग हुने बालीबिरुवा, पशुपक्षीं, यिनका जातहरु त्यसबाट प्राप्त हुने उत्पादन विभिन्न कुराहरुमा निर्भर गर्दछ । जसमध्ये मानिसको नियन्त्रण भन्दा बाहिर रहेको कुरा हो मौसम तथा जलवायु । प्रतिकुल मौसमका असरले बर्षेनि थुप्रो मात्रामा कृषि उत्पादन नोक्सान भईरहेको छ । यस समस्यालाई समाधान गर्न बाली उत्पादनमा विविधिकरण, मौसम अनुसार उपयुक्त जातको छनैट, छिटो÷ढिलो पाक्ने जातको प्रयोग, सुख्खा, बढि पानी सहने खालका जातहरु लगाउनु बेश मानिन्छ । यहाँ उल्लेखित कुरा बाली विविधता प्रशस्तभएको अवस्थामा मात्र सम्भव हुने हुदां जैविक विविधता आवश्यक छ ।
जैविक विविधता मानिसको रितिरिवाज, मुल्य मान्यता, धर्म र संस्कृति जस्ता कुरासगं जोडिएको हुन्छ । आ—आफ्नो कला संस्कृति अनुरुप विभिन्न बालीबिरुवा र वस्तुभाउको सरंक्षणमा जोड दिइएको हुन्छ र त्यस्ता कुरामा उक्त जात(जाति, धर्म, संस्कृतिको मुल्य मान्यता झल्किएको हुन्छ । जस्तैः नेपालको चेपाङ समुदायमा प्रचलित चिउरीको बोट, जुन उक्त समुदायको वैवाहिक कार्यसँग सम्बन्धित छ । यस उदाहरणमा उल्लेख भएको चिउरीसँग चेपाङ समुदायको संस्कृतिका साथ साथै चिउरीको आर्थिक, सामाजिक र वातावरणीय महत्व समेत जोडिएको छ । यसरी जैविक विविधताले मानिसको मुल्य मान्यतालाई झल्काउनका साथै कायम राख्नमा मद्दत गर्दछ ।
आर्थिक हिसाबका दृष्टिले जैविक विविधता पुजींको प्राकृतिक श्रोत हो र यसबाट प्राप्त हुने वस्तुलाई यसको ब्याजका रुपमा हेर्न सकिन्छ । नेपाल जस्तो देशका लागि उर्जाको प्रमुख श्रोत भनेको वनजंगल हो । यसैगरी खेतबारी र पशुपालनका लागि आवश्यक पर्ने घाँस, स्याउला, सोत्तर देखि लिएर विभिन्न औद्योगिक कच्चा पदार्थ, निर्माण समाग्री लगायतको राम्रो श्रोत भनेको वनजंगल नै हो । तसर्थ उद्योग धन्दाहरु स्थापना गरी रोजगारीका प्रशस्त बाटोहरु खोल्न सकिन्छ । साथै अन्य फाइदाहरुमा वातावरण सन्तुलन, जैविकताको संरक्षण, जल—जमिनको संरक्षण आदि पर्दछन् ।
विभिन्न अध्ययन अनुसन्धानहरुले बताए अनुसार जैविक विविधताको उपयोगितालाई सार–सक्षेंपमा निम्नानुसार लिन सकिन्छ ।
—कृषि उत्पादन र उत्पादकत्व बढाई खाद्य–पोषण सुरक्षा तथा आर्थिक विकासका लागि
–कृषि भुमिमा जनसंख्याको बढ्दो चापलाई मध्यनजर गरी सीमान्त, भिरालो जग्गा तथा वनजंगलमा स्वास्थ्य, वातावरणीय र आर्थिक दृष्टिले महत्वपूर्ण मानिएका बालीबिरुवा र जडिबुटीको उत्पादनका लागि
–बालीबिरुवाका रोग तथा किराहरुको प्राकृतिक तवरमा निदान तथा उपचारका लागि
–भू—संरक्षण तथा माटोको उर्वराशक्ति बढाई स्वस्थ बाली उत्पादनका लागि
–उत्पादन विविधकरण र आयआर्जनको श्रोतका लागि
– कृषिमा हुने जोखिम न्यनिकरणका (रोगकिरा, जलवायु परिवर्तनको असर आदि) लागि
– न्युन लागतमा उपलब्ध श्रोत र साधनको सहि सदुपयोग गरी पर्यावरण जोगाईराख्न
– बाह्य उत्पादन सामाग्रीमा भएको परनिर्भरता कम गर्न
– मानिसको खाद्य—पोषण तथा आवश्यक औषधी—उपचार उपलब्ध गराउन
– समग्रमा, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग गरी, आर्थिक, सामाजिक र वातावरणीय अस्तित्व बचाईराख्न जैविक विविधता सदैव आवश्यक पर्दछ ।
तर बढ्दो जनसंख्याको कृषि भुमिमा परेको चाप, कृषि योग्य भुमि आवासका लागि प्रयोगमा ल्याईनु, प्राकृतिक श्रोत साधनको जथावाभी प्रयोग, वन फडानी, डढेलो, अति चरन, रोग÷किरा जस्ता कारणहरुले जैविक विविधताको अस्तित्व सकंटमा पारेको छ । जैविक विविधता ह्रास आउनुका विभिन्न कारणहरु मध्ये जनसंख्या बृद्धि भएसगैं खानपान र अन्य आवश्यकतामा हुने जाने बृद्धिलाई व्यवस्थित गर्न उहि जमिनमा उन्नत तथा वर्णशंकर जातका बालीको सघन खेती अपनाईनु प्रमुख कारण हो भन्दा फरक नपर्ला । खाद्यान्नको चर्को माग पुरा गर्नकै लागि सघन खेतीमा एकल बाली प्रणाली अपनाइदा, स्थानिय स्तरका राम्रा गुण भएका जातहरु लोप भई गएका छन् र कतिपय लोपोन्मुख अवस्थामा छन् । हरित क्रान्ति पश्चात कृषिको विकासमा आधुनिक मेसिनरी, कृषि सामाग्री (रसायनिक मल, बिषादी) साथै वर्णशंकर विउको अत्याधिक प्रयोग गर्नाले महत्वपूर्ण गुण भएका स्थानिय जातहरु लोप भएर गएका छन् । जसको असरले बालीबिरुवामा रोगकिराको प्रकोप बढ्नु सगैं, नयां प्रकारका प्रतिरोधात्मक क्षमता बढि भएका रोगकिराहरु पनि देखा पर्दै गए । स्थानीय बालीका जातहरु जसमा रोगकिरा प्रतिरोधात्मक क्षमता हुनुका साथै जलवायु परिवर्तनको असर सगं जुध्न सक्ने गुण भएका जातहरु लोप भएमा नयां जातको बाली विकासमा समेत बाधा पर्न जान्छ ।
जनसंख्या बृद्धि संग–संगै मान्छेको आवश्यकतामा हुने बृद्धिलाई परिपूर्ति गर्न प्राकृतिक श्रोतहरुको दुरुपयोग संगै विनाश हुन जान्छ, फलस्वरुप वातावरणीय असन्तुलन हुन गई जैविक विविधताको अस्तित्व संकटमा पर्न जान्छ । जसको सिधा असर कृषिमा पर्दछ । विकसित देशहरुले यस्तो असर न्यूनीकरणका लागि प्रविधि र पूजींको प्रयोग गरिने केहि हदसम्म प्राकृतिक श्रोतमा भएको कमिलाई प्रतिस्थापन गर्न सक्छन् तर नेपाल जस्तो मुलुकका लागि उक्त कुरा त्यति सम्भव देखिदैंन ।
जैविक विविधता नै कृषिको आधारशिला हो । हामीले प्रयोग गर्दै आएका विभिन्न बालीबिरुवा, पशुपक्षीं र तिनका जाति(प्रजातिहरु सबैको मुलरश्रोत भनेको जैविक विविधिता नै हो । जैविक विविधता र कृषिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ, यी दुईलाई एकअर्काको परिपूरक मान्न सकिन्छ । जैविक विविधता, कृषि विकासका लागि र कृषि, जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण रहेका छन् । कृषि उत्पादन र विकासलाई दिगो र स्थायी गराईराख्न जैविक विविधताको संरक्षण, सम्बद्र्धन र सदुपयोग अनिवार्य छ । जैविक विविधताको संरक्षण, संम्वद्र्धन र सदुपयोग मानिसद्धारा नै गरिने र जैविक विविधताले पनि मानिसलाई आवश्यकता अनुरुपका वस्तुहरु उपलब्ध गराउने हुनाले मान्छे र जैविक विविधताको सम्बन्ध अत्यान्तै प्रगाढ रहेको पुष्टि हुन्छ ।
जैविक विविधता संरक्षण, सम्बद्र्धनका निम्ति यस सम्बन्धि अध्ययन अनुसन्धान, निति, नियमको व्यवस्था र कार्यान्वयन साथै जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । स्थानीय स्तरमा जैविक विविधता संरक्षणका लागि विविधताको अभिलेख राख्ने, सामुदायिक बीउ अथवा जीन बैंकको स्थापना गर्ने, सहभागितामुलक बाली प्रजनन र विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरी राम्रा गुण भएका बालीहरुको सुधार र विकास गर्न सकिन्छ । यसै गरी कम महत्व दिइएका तर पोषण र आयआर्जनका दृष्टिले राम्रा मानिएका बालीहरुको प्रशोधन, ग्रेडिङ, प्याकिङ्ग द्धारा मुल्य अभिबृद्धि गरी प्रयोगमा ल्याउन सकेमा आयआर्जनको राम्रो श्रोत समेत हुनसक्छ । जैविक विविधता संरक्षण र सम्बद्र्धनमा सरकारी, गैह्र—सरकारी, स्थानीय जनसमुदाय सबैको ध्यान जानु जरुरी छ ।