आरसी टाइम्स व्युरो
पोखरा, बैशाख ४
पोेखराको शान्तीवन बाटीकाममा संचालनमा रहेको कृषि उपज थोक बजारले हालै आफ्नो स्थापनाको २५ औ वर्ष कार्यक्रम गर्दै विभिन्न योगदान कर्तालाई सम्मान गरेको छ ।
पोखराको शान्ती वन बाटीका निकट ४६ रोपनि जग्गामा फैलिएको कृषि बजारमा १५० व्यवसायिक स्टलले कृषि जन्य कारोबार गर्दै आइरहेका छन् । पोखरा नगर विकास समितिको जग्गामा २०५७ सालमा नेपाल सरकारको बृषि विभाग अन्तरगत बजार विकास निर्देशनालयको अगुवाई र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा निर्माण गरिएको उक्त बजार २ करोड ७६ लाख लगानीमा निर्माण गरिएको बजार संचालक समितिका अध्यक्ष नवराज दुवाडीले जनाएका छन् ।
२५ वर्ष पूर्व स्थापना गरिएको कृषि बजारमा हाल १५० सटर स्टल मध्ये फलफुल कारोबारका ६२ वटा, तरकारी कारोबारका ६३ वटा , आलु प्याज कारोबारका र किसान स्टल ११ वटा रहेका छन् । यसै गरि किसानहरुका लागि बनाइएको सामुहिक बारोवार स्थलमा ७३ वटा स्टल संचालनमा छन् ।
बजारमा १० जना कर्मचारी कार्यरत रहेको र हरेक महिनाको अन्तीम शनिबार बजार बन्द रहदै आएको छ ।
बजारमा हरेक दिन करिव १ हजार देखि १ हजार २ सय सम्मले कारोवार गर्दै आएको बजारमा कृषि उपजको आपुर्तिको सबालमा आन्तरिक ४० प्रतिशतले धानेको र ६० प्रतिशत बाह्य आपुर्तिको निर्भर हुनु परेको बजारका अध्यक्ष दुवाडीले जनाएका छन् ।
बजार स्थापनाको २५ वर्षको अवसरमा पुर्व अध्यक्ष, किसान र व्यवसायीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरेका छन् । यसरी सम्मान पाउने पुर्व अध्यक्ष छेवाङ तामाङ , कमल पौडेल , रामकृष्ण दवाडी , जिबन घिमिरे , दयाराम नेउपाने, कर्ण गिरि (मरणोपरान्त) , रुद्र खनाल (मरणोपरान्त) रहेका छन् । यसै गरि सम्मानीत हुने किसानहरुमा उजिर ब बुढाथोकी , पदमराज पौडेल र मिना पराजुली रहेका छन् । बजारले व्यवसायी तर्फका ३ जना निर्मल कुमार बास्तोला , राधिका थापा, दुर्गाप्रसाद श्रेष्ठलाई पनि सम्मान गरेको छ । बजारको २५ वर्षे सेवामा निरन्तर रहेका कर्मचारी द्धय मनोज कुमार ढुंगाना र रुपा कुमारी दाहाललाई पनि सम्मान गरेको छ ।
बजारको स्थपना दिवसमा कृषि विभागको बजार विकास निर्देशनालयका प्रतिनिधि, प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कास्की तथा पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका छन् ।